क्राइमचेक प्रतिनिधि÷
काठमाण्डौ÷नेपाली काँग्रेसकी नेतृ सुजाता कोइरालाले शीर्ष नेताहरुको निरकुंश निर्णयको कारण नेपाली काँग्रेस लोकतन्त्र विरोधी पार्टी बन्न थालेको आरोप लगाउँदै प्रधानन्यायधीशको नेतृत्वमा चुनावी सरकार गठन गर्ने अधिकार केन्द्रीय कार्य समितिले शीर्ष नेताहरुलाई नदिएको दावी गर्नुभएको छ ।
राजधानी काठमाण्डौमा बुधवार आयोजित एक साक्षात्कार कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । नेतृ कोइरालाले साक्षात्कारमा केन्द्रीय कार्य समितिले शीर्ष नेताहरुलाई शक्ति पृथकीकरणको सिद्धान्तको विपरित नहुने गरी सर्वोच्च अदालतको सर्वोच्चता र स्वतन्त्रतामाथि आघात नपुग्ने गरी अन्य विकल्पहरुमा छलफल गर्न स्पष्ट म्याण्डेड दिएको उल्लेख गर्दै उनले शिर्ष नेताहरुले अहिले प्रधानन्यायधीशको नेतृत्व स्विकारेर त्यसको ठाडो उल्लघन गरेको आरोप लगाईन ।
नेतृ कोइरालाले भनिन् “केन्द्रीय कार्य समितिको निर्देशन विरुद्ध जथाभावी गर्ने अधिकार ४ जना नेतालाई छैन । उहाँहरुले अधिकारको दुरुपयोग गर्नु भएको छ । यस्तै काम गर्दै गए उहाँहरु नालायक बन्नु हुन्छ । आफैं सकिनु हुन्छ ।”
प्रधानन्यायधिसको नेतृत्व आफुहरुले नमान्ने स्पष्ट पार्दै एउटै व्यक्तिलाई सबै अधिकार दिएर पार्टीहरुले निरकुंशता उनले विकल्प दलहरुबाटै खोज्नु पर्ने स्पष्ट पार्दै सहमति भए प्रधानमन्त्री डा. बाबुराम भट्टराईकै नेतृत्वमा निर्वाचनमा जानु पर्ने धारणा राखिन् । उनले अहिलेकै अवस्था आउने देखेर आफूले पहिला देखिनै भट्टराई नेतृत्वको सरकारमा जान प्रस्ताव राख्दै आएको स्मरण गराउँदै आफूलाई असक्षम बनाएर प्रधानन्यायधीशलाई अधिकार बुझाउने नेता कस्ता हुन् ? उनले प्रश्न गरिन् ।
प्रधानन्यायधिसलाई प्रधानमन्त्री बनाउनु संविधान विपरित हुने भन्दै प्रधानन्यायधीश आफंै पछि हट्नु पर्ने धारणा कोइरालाले राखिन् । उनले भनिन, “मलाई लाग्छ प्रधानन्यायधीश आफैं पछि हट्नु हुन्छ ।”
उनले महामन्त्री कृष्णप्रसाद सिटौलासहितका केही व्यक्तिहरु मुलुकमा सर्वसत्ताबाद लाद्न उद्यत रहेको आरोप लगाउँदै प्रधानन्याधीशलाई प्रधानमन्त्री बनाउने सहमति आफूहरुले नमान्ने स्पष्ट पारिन् ।