काठकाण्डौ÷जानकी मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीहरुले तीन महिनादेखि बन्द कलेज बन्द हुँदा आफूहरुको भविष्य संकटमा परेको भन्दै तत्काल क्याम्पस नखोलिए आमरण अनसन बस्ने चेतावनी दिएका छन् । विगत ६ महिनादेखि कलेजका कर्मचारीहरुले तलब नपाएको कारण देखाउँदै कलेजका सम्पूर्ण शैक्षिक तथा प्रशासनिक इकाई बन्द हुँदा विद्यार्थीहरुको भविश्य अनिश्चित दिशातिर धकेलिएको भन्दै प्रशानले तत्कालै कलेज सुचारु नगरे आमरण असनमा बस्ने चेतावनी दिएका हुन् ।
कलेजमा अध्ययनरत ५० जना विद्यार्थीहरुले बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै नेपाल मेडिकल काउन्सिल र इन्च्युट अफ मेडिसिनले समेत कलेजमा अध्ययनरत ६ सय विद्यार्थीहरुको भविश्यमा खेलवाड गरेको आरोप लगाए । उनीहरुले एमविविएस, विएस्सी, विएन र पिसिएल नर्सिङ मा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरुले पढाईबाट बञ्चित हुनुपरेको भन्दै सरोकारवाला कलेज प्रशासन, सिडियो कार्यालय, एसपी कार्यालय र जिल्ला शिक्षा कार्यालयसमेतलाई जानकारी गर्दा कुनै सुनुवाई नभएकोले आपूmहरु बाध्य भएर आन्दोलन जानुपरेको जानकारी दिए ।
पत्रकार सम्मेलनमा मनोज रजकले सम्बन्धित निकाय मौन बस्नाले भविश्य अन्यौल भएको बताए । उनले भने( केन्द्रमा आवद्ध सम्बन्धित निकाय डिनको कार्यालय, एनएमसीका चिफसमेतलाई भेटदा कुनै सुनुवाई नभएकाले बाध्य भएर पत्रकार सम्मेलन गर्नुपरेको हो ।
डा. दिपेन्द्रले कलेज व्यवस्थापनले नक्कली विरामी र पटनाबाट ल्याइएका भाडाका डाक्टर देखाई अनुगमन निकायमा खटिएका टोलीलाईसमेत मोटो रकम दिएको आरोप लगाए । (रिपोटर्सक्लव नेपालबाट)