पूर्व युवराजको अस्वस्थताको खबरले देशवासी चिन्तित


विदेशमा उपचार–स्वदेशमा पूजापाठ सहित स्वास्थ्यलाभको कामना, अवस्था खतरामुक्त

क्राइमचेक प्रतिनिधि÷
वीरगंज÷पूर्व श्री ५ युवराजाधिराज परास शाहलाई ह्दय घात भएको खबर नेपाली सञ्चारमाध्यममा प्रकाशन÷प्रशारण भएपछि लाखौं नेपालीहरू चिन्तित भएर उनको शीघ्र स्वास्थ्यलाभाको कामनासहित देशका विभिन्न स्थानमा पूजापाठ गरिएको समाचारहरू प्राप्त हुन थालेका छन् ।
पूर्व युवराज शाहलाई मंगलवार राती ह्दयघात भई उपचारकालागि बैंककस्थित समित्भेज अस्पतालको आईसीयुमा भर्ना गरिएको भन्ने खबर मंगलवारदेखिनै विभिन्न सञ्चारमाध्यम एवं बुधवारका पत्रपत्रिकाहरूमा आएपछि नेपाली जनताहरू चिन्तित भएका हुन् ।
पूर्व युवराजको अवस्थाबारे चासो र स्वास्थ्य लाभको कामनाले सामाजिक सञ्जालका वालहरू बुधवार दिनभरि भएको पाइयो भने नेपालका विभिन्न ठाउँका जनताहरू उनको स्वास्थ्य लाभको कामना गर्दै मन्दिरमा गई पूजा आर्चना तथा विभिन्न भाकलहरू गरेको खबर प्राप्त भएको छ ।
बुधवार विहानसम्म पूर्व युवराज शाहको स्वास्थ्य स्थितिबारे जानकारी गराउन नचाहने उपचारत अस्पतालका चिकित्सकहरूले सिटी स्क्यान लगायतका परिक्षणपछि दिउँसो उनका निकटवर्तीहरूलाई दिएको जानकारी अनुसार पूर्व युवराजको स्वास्थ्य अवस्था हाल खतरामुक्त हुँदै गएको बताएका छन् ।

यता पूर्व युवराज पारस र युवराज्ञी हिमानीका छोरी कृतिका पनि एपेन्टिसाइटिसका कारण थलिएपछि उनलाई उपचारकालागि काठमाण्डौस्थित नर्भिक अस्पतालमा भर्ना गरि बुधवार विहानै शल्यकृया गरिएको छ ।
पूर्व राजपरिवारका सहयोगी फणिराज पाठकका अनुसार पारसको अवस्था बिस्तारै सुधार हुन थालेको छ । “सरकारको मुटुको शल्यक्रिया गरेर स्टण्ट राखिएको छ, स्वास्थ्य अवस्था बिस्तारै सुधारोन्मुख हुन थालेको छ” । उहाँका अनुसार युवराज र युवराज्ञीकी कान्छी छोरी कृतिकाको राजधानीको थापाथली स्थित नभिर्क अस्पतालमा उपचार भैरहेको छ । सिमरामा रहेको बेला गएराति अकस्मात एपेन्टिसाइटिस भएपछि हतारहतार राजधानी ल्याएर अस्पताल भर्ना गरिएको थियो ।


SHARE THIS

Author:

Facebook Comment