![]() |
| Latest Medical Report |
वीरगंज, फाल्गुन १३ । पाँच दिनअघि बैंककमा हृदयघात भई उपचारत पूर्व युवराज पारस शाहको स्वास्थ्य अवस्थामा सामान्य सुधार भएको अस्पतालले जनाएको छ । बैंककको समितिभेज अस्पतालका चिकित्सकहरुले पूर्व युवराज पारसको पेटमा बगेको रक्तश्राव रोक्न सफल भएका छन् ।
अस्पतालले आज जारी गरेको विज्ञप्तिमा चिकित्सकहरुले पेटमा बगेको रक्तश्राव रोक्न सफल भएको जनाइएको छ ।
त्यसैगरी अस्पतालले उच्च रक्तचाप पनि नियन्त्रणमा आएको जनाएको छ । तथापी उनको अवस्था भने स्थीर र गम्भीर नै रहेको बताइएको छ ।
नेपालमा पूर्व युवराज पारसलाई शीघ्र स्वास्थ्य लाभ गर्नेहरुको संख्या दिनानुदिन बढ्दै गएको र बैंककमा चिकित्सकहरुले विशेष तरिकाबाट उपचार गरिरहेका कारण उनको स्वास्थ्यमा क्रमिक सुधार देखिन थालिएको हो ।
क्राइमचेक साप्ताहिक परिवार उनको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ ।

Nepalese Rupee Exchange Rate