अस्पतालको विज्ञप्ती |
युवराज पारसबारे ताजा अपडेट
फागुन १२÷ ह्दयघात भई थाइल्याण्डको बैंककमा उपचार गरारहेका पूर्व युवराज पारसं शाहको शीघ्र स्वास्थ्य लाभको कामना सहित पूजा–आजा गर्न वीरगंजस्थित माइस्थान मन्दिरमा तछाड मछाड भएको छ ।
हजारौंको संख्यामा रहेका वीरगंजवासी एवं विभिन्न राष्ट्रवादी संघ–संस्थाका प्रतिनिधिहरूले संयुक्त रुपमा पूजा गर्न लाग्दा यसरी तछाड मछाड भएको हो ।
भिन्न राष्ट्रवादी समूहको संयुक्त संयोजनमा भएको पूजा अर्चना कार्यक्रममा सर्वसाधारणका साथै
राष्ट्रवादी संगठनका स्थानीय नेता तथा कार्यकर्ताले पारसको शीघ्र स्वास्थ्यलाभाक र दीर्घायुको कामना गरेका हुन् । हृदयघातका कारण गम्भीर बिरामी परेका पूर्व यूवराज पारश अहिले थाइल्याण्डमा उपचार गराइ रहेका छन् । राज संस्था पुनःस्थापना संघर्ष समिति, राष्ट्रिय सरोकार मञ्च नेपाल, नेपाल राष्ट्रवाद संघ पर्सा, देशभक्त राजभक्त समूह, मुस्कान सेना नेपाल, राष्ट्रवादी संयुक्त मोर्चालगायतका संघसंस्थाले शीघ्र स्वास्थ्य लाभको कामना गरेका हुन् ।
पूजामा संघर्ष समितीका केन्द्रि अध्यक्ष गणेश साह, उपाध्यक्ष राजकिशोर चौबे, मञ्चका अञ्चल संयोजक नन्दकिशोर गोयल, समूहका पशुपति रौनियार, मुस्कान सेनाका हेमन्त केसी, संयुक्त मोर्चाका अनु राना, राष्ट्रवाद संघका जनकलाल साह, अर्जुन घिमिरे, क्राइम चेक साप्ताहिकका प्रकाशक सम्पादक सन्तोष मिश्र, प्रतिनिधिहरु राकेश चौरसिया, उमेश साह कानु, लगायतको उपस्थिती रहेको थियो ।
यसैबीच थाइल्याण्डबाट भर्खरै प्राप्त खबर अनुसार पूर्व युवराज पारसको स्वास्थ्य अवस्था झन नाजुक जटिल भएको छ ।
उहाँले उपचार गराई रहेको समिततभेज अस्पतालका अनुसार पूर्व युवराज पारसको पेटमा रक्तश्राव भएको छ ।
उहाँको इण्डोस्कोपी गरिएको र आवश्यक उपचार पनि भइरहेको अस्पतालले शनिवार बेलुकी निकालेको विज्ञप्तिमा उल्लेख छ ।