वीरगंज, ७ फागुनः पूर्व श्री ५ बडामहारानी कोमल राज्यलक्ष्मी देवी शाहको शुभ जन्मोत्सव आज विविध कार्यक्रम गरी मनार्इंदै छ । शाहको ६३ औं जन्म दिनका अवसरमा
वीरगन्जमा पनि विभिन्न संघसंस्थाले कार्यक्रम गरी मनाइ रहेका छन् ।
जन्म दिन र प्रजातन्त्र दिवसको संयुक्त अवसरमा नेपाल विद्वत परिषदले विचार गोष्ठीको आयोजना गरेको छ । होटल सम्झनामा राजनीतिक संकट एवम् २०४७ को संविधान निकाश विषयक विचार गोष्ठीको आयोजना गरिएको हो ।
गोष्ठीमा सहभागीहरुलाई मुलुकलाई निकास दिनका लागी २०४७ सालको संविधानलाई नै पुनः सकृय बनाउनुपर्नेमा जोड दिए । राजनीतिक दलहरुले विदेशी शक्तिको इशारामा जन्मभूमी तथा राष्ट्रियतालाई नै धरापमा पार्ने षडयन्त्र गरिरहेकाले अबको निकाश राजासहितको संवैधानिक शासन व्यवस्थाबाट मात्र उचित हुने धारणा व्यक्त गरे । सहभागीहरुले राष्ट्र र राष्ट्रियताप्रति माया हुने सच्चा नेताको नेपालमा खाँचो रहेको औंल्याउँदै यसको आवश्यक्ता पूर्व राजपरिवारबाटै पूर्ती हुन सक्ने दाबी गरेका छन् ।
कार्यक्रममा परिषद्का केन्द्रिय सदस्य तथा अञ्चालधिश प्रजापति कोइराला, नेपाल सरोकार मञ्चका अञ्चल संयोजक नन्दकिशोर गोयल, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका केन्द्रिय सदस्य शम्भू चौरसिया, प्रदीप सुवेदी, समाजसेवी पशुपतिविक्रम शाह, उषा शाह, विद्वत परिषद् पर्साका अध्यक्ष रामनारायण साह, साहित्यकार अरुण विक्रम शाहले २०४७ सालको संविधानको आवश्यक्तामा जोड दिएका थिए ।विचार गोष्ठी कार्यक्रमको सभापतित्व नारायणी अञ्चल संयोजक नरेशराज गिरीले गरेका थिए ।
यसैगरी नेपाल राष्ट्रवाद संघ पर्साले दिवसका अवसरमा बाजागाजासहित वीरगन्जमा जुलुस निकालेको छ । घण्टाघर चोकबाट बाजागाजा सहित निकालिएको जुलुसमा सहभागीहरुले राजा आउ,देश बचाउ भन्दै नारा लगाएका थिए । जुलुस नगर परिक्रमापछि पुनः घण्टाघर चोकमा पुगेर कोण सभामा परिणत भएको थियो । कोण सभालाई संघका जिल्ला अध्यक्ष जनकलाल साहलगायतले सम्बोधन गरेका थिए । जन्द दिनका अवसरमा मुस्कान सेना नेपालले पनि शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको छ ।