वीरगंज, २१ पुस/
इ–पेपरको महत्वबारे प्रकाश पार्दै पर्साका जि.शि.अ. साह |
वीरगंजको स्थानीय एक होटलमा कम्प्युटर एसोशिएसन अफ नेपाल पर्साले आयोजना गरेको "वर्कशप अन इ(एजुकेशन" विषयक एक दिने कार्यशाला गोष्ठीका सहभागी वक्ताहरुले सो कुरामा जोड दिएका हुन् । कार्यक्रममा जिल्ला शिक्षा कार्यालय पर्साका जिल्ला शिक्षा अधिकारी प्रमोद कुमार साहले प्रमुख अतिथिको आसनबाट बोल्नुहुँदै "विकसित देशहरुमा इन्फर्मेसन टेक्नोलोजीको पहुँच
हरेक तप्का र क्ष्ोत्रका व्यक्तिसम्म भएको र ती देशका हरेक नागरिकहरु यस विषयमा जानकारी लिन उत्सुक देखिएका हुन्छन् तर नेपालमा अहिलेसम्म पनि त्यस्तो अवस्था आइसकेको छैन ।" नेपालको शहरी क्ष्ोत्रका केही प्रतिशतमा मात्र सीमित भएको अवस्थामा क्यान पर्साले जिल्लावासीमाझ कम्प्युटर प्रविधिको पहुँचकोलागि कम्प्युटर सम्बन्धी ज्ञान हुनुपर्ने आवश्यकताको महसुश गरि आयोजना गरेकेा कार्यक्रमबाट लाभ लिन सहभागीहरुलार्इ अनुरोध गर्नुभएको थियो ।
कार्यक्रमका जिल्ला विकास समित पर्साका योजना प्रमुख, जिल्ला प्रशासन कार्यलय पर्साका कानुन अधिकृत गोपाल लामिछाने, क्यानका रोमकान्त पाण्डे, महासचिव अमृत पन्त,वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक सुजन जोशी, प्याब्सन पर्साका अध्यक्ष नन्दन यादव, वीरगंज पब्लिक कलेजका प्रमुख डा. दीपक शाक्य, आन्तरिक राजश्व कार्यालय वीरगंजका प्रमुख कर अधिकृत लगायतका वक्ताहरूले र्इ(एजुकेनकोलागि कम्प्युटरको ज्ञान जरुरी हुनुपर्नेमा जोड दिएका थिए । सूचना तथा सञ्चार प्रविधिको विकासलार्इ देश विकासका साथै गरिबी निवारण एवं प्रशासनिक सु(सासनकालागि के कसरी सदुपयोग गर्न सक्न्िछ भन्ने उद्देश्य राखी पर्सा जिल्ला तथा आसपासका क्ष्ोत्रमा सूचना तथा सञ्चार प्रविधि सम्बन्धी विभिन्न व्यक्ति तथा संघसंस्थालार्इ एउटै छातामुनि एकतावद्ध हुन प्रेरित गराउने तथा सूचना तथा सञ्चार प्रविधिको विकास, विस्तार र प्रवर्द्धन गरी सबैको पहुँचमा ल्यार्इ प्रयोग गर्ने उद्देश्यबाट प्रेरित भर्इ गठित कम्प्युटर एशोसिएन अफ नेपाल (क्यान)ले शनिवार वीरगंज तथा आसपास क्ष्ोत्रका शिक्षकहरुलार्इ सहभागि गरार्इ इ(एजुकेशन सम्बन्धी एकदिने कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रम क्यान पर्साका अध्यक्ष विष्णु श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो ।