गणतन्त्रका उपलब्धीहरु

–जनकमान डंगोल

सयौं वर्षको अँग्रेजको गुलामीबाट मुक्त भएर स्वतन्त्र भारत बने पछी भारतबाट नेपालमा अहिले सम्म जति पनि राजदुतहरु नियुक्ति भएर आए ती सबैले नेपालको हितमा भन्दा पश्चिमाहरुको हितमा काम गरेका छन् ।

भारतलाई स्वतन्त्रता दिलाउन धेरै भारतीय नागरिकहरूले बलिदानी दिए । स्वतन्त्रताको आन्दोलनामा लागेपछि धेरै व्यक्तिहरू नेता बनेर उदाए । त्यसैमध्येका भारतको काँग्रेस पार्टीका नेताहरु मध्ये नेहरु र गान्धीले पनि देशको हितमा नभएर पश्चिमाको ईसारामा काम गर्छन् भन्ने कुरा तिनीहरुद्वारा उक्त समयमा गरिएको कामबाट बाट नै पुष्टि भएको छ ।

पण्डित जवाहरलाल नेहरु तथा महात्मा गान्धी भनिने मोहनदास करम चन्द गान्धी सच्चा देशभक्त भारतीय नेता थिए भने तिनले अंग्रेजको ईशारामा किन देश टुक्रयाए ? यस्ता प्रश्न भारतीय नागरिकहरुले कहिले पनि गर्दैनन् । दु:खको कुरा छिमेकी भारतीय जनताहरुले आज सम्म पनि तिनै राष्ट्रघाती नेताहरुहरुलाई ईज्जतको साथ बापू (गान्धी) र चाचा चौधरी (नेहरु) भनेर शिर झुकाउँछन ।

हरेक कुराको नक्कल गर्नमा वीर गोर्खालीको देश भनेर संसार सामु चिनिएका हाम्रो देश नेपालका नेताहरुदेखि जनताहरु सम्म माहिर छन् । छिमेकी भारतलाई हिन्दुस्तानबाट भारत बनाउनेहरुको संगतमा परेको भएर होला नेपालका नेता तथा तिनका चाटुकाररुपी कार्यकर्ताहरु देखि तिनले भर्ना गरेका तर नाम मात्रको राष्ट्रसेवक भन्ने कर्मचारीहरुले देशलाई आज सिक्किम बनाउने मोडमा पुर्‍याई सकेका छन् । यस्तो देख्दादेख्दै पनि हामीहरु भने छिमेकी भारतीय नागरिकहरुले नेहरु र गान्धीलाई पुजे जस्तै विभिन्न पार्टीका नेताहरुलाई पुज्दैछौ । यसरी पुज्नु नै थियो भने २००७ सालमा राणा, २०४६ सालमा पंचायत र २०६४ सालमा राजतन्त्रको विरुद्धमा आन्दोलन गरेर शासन ब्यबस्था किन फाल्यौ र नयाँ स्थापित शासन व्यवस्थाले देश र जनतालाई के दियो ?

हामी जनताहरु पार्टीका नेताहरुको बहकाउमा लागेर कतिसम्म अन्धो भईसकेका छौ भने आफ्नै जमिनलाई जनताको तिरोले पालिएका नापी विभागका प्राविधिक सर्वेक्षक तथा अमिनहरुले नेपाल भारत संयुक्त नापीको नाउँमा भारतको भूभागमा पार्दा पनि एक शव्द बोल्न समेत सक्दैनौं ।

छाती फुलाएर दक्षिणी सीमापारिका भारतीय ट्रकहरु आएर हाम्रा चुरे पहाडका खनिज पदार्थहरु दोहन गरेर लैजान्छन, सीमाको दसगजामा बाँध बाँधेर नेपाली भूमिलाई डुबानमा पारि दिन्छन् तर पनि एक शव्द आवाज निकाल्न सक्दैनौं किन थाहा छ ?

आज नेपालमा नेपालीहरु हैन विदेशीको ईशारामा नाच्ने जसलाई नेपाली भाकामा “कठपुतली” भनिन्छ हो त्यस्ता चरित्रका नेताहरुले हाँक्ने विभिन्न राजनीतिक पार्टीका नेता तथा विभिन्न पार्टीका कार्यकर्ताहरु र तिनले कज्याएको मतदाताहरु बस्छन् ।

प्राकृतिक प्रकोप महाभूकम्प देखि बाढी पहिरोले थिलथिलो भएको मुलुकमा विदेशीको ईसारामा महिनौ महिना सम्म सिमा थुन्न आदेश दिने तराईबासी नेता र तिनका आदेशमा हिंसात्मक गतिविधि गरेर सिमा थुन्ने हाम्रा तराईबासी नेपालीहरु बस्ने देश हो नेपाल ।

वर्तमान प्रधानमन्त्री वली खरो बोल्ने, कडा टिप्पणी गर्ने व्यक्तिमा पर्छन् । प्रधानमन्त्री वलीले धेरै वर्षपछि देशहितको विषयमा केहि राम्रा कामहरु गरे । चिन भ्रमणमा गरिएको सन्धि सम्झौताले त्यस्तै देखाउँछ ।

नेपालको हितमा गरिएको कामलाई पाच्य नभएर छिमेकी भारतका राजदूतले प्रधानमन्त्री हटाउने देखि ताल परेको खण्डमा सिंगो नेपाल नै आफ्नो देशमा गाभ्ने योजनाको साथ देसको हितमा भन्दा छिमेकी भारतको हितमा काम गर्ने तराईबासी नेताहरुलाई आफ्नो दुताबासमा डाकेर “अब हुने आन्दोलन के कसरि गर्ने” भन्ने बिषयमा छलफल गर्दा समेत वर्तमान सरकार मुक दर्शक भएर बस्नु के त्यो ठिक हो ?

छिमेकी मित्रराष्ट्र चिनमा भारतीय राजदुतले यस्तै प्रकारका चिन विरोधी गतिबिधि गरेको भए २४ घन्टामा भित्रमा देश छाडेर जाने आदेश पाउथ्यो । राष्ट्रहितको विरुद्धमा काम गर्ने नागरिकहरुलाई मृत्युदण्डको सजाय सुनाईन्थ्यो तर देशको अस्मितामा छिमेकी भारतले खुल्ला धावा बोल्दा पनि पार्टीका नेता देखि तिनका कार्यकर्ता एवम हामी जनताहरु समेत मुकदर्शक भएर बस्न आज बाध्य छौं किनभने विदेशीको ईशारामा राजतन्त्र फालेर जनतालाई थाहा पत्तै नदिई रातारात भित्र्याइएको कथित गणतन्त्रले दिने परिणाम र नतिजा यस्तै हुन्छ । विदेशीको ईशाराम नाच्ने विभिन्न नामधारी पार्टीका कठपुतली नेताहरुको आव्हानमा गरिएको समय समयको आन्दोलनमा ज्यू ज्यान फालेर लाग्ने पनि तपाई हामी नेपाली जनताहरु नै हैनौं र ?

लौ अब भन्नुस् नेपाली जनताहरु २०४६ सालमा स्थापना गरिएको प्रजातन्त्र देखि २०६४ सालमा लादिएको गणतन्त्रले देश र जनतालाई के दियो ? गणतन्त्रको उपलब्धी के ?

प्रकाशन मितिः २०७२ चैत्र १८ गते बिहीवार

SHARE THIS

Author:

Facebook Comment