–पंकज कुमार
गणतन्त्र नेपालका प्रथम रास्ट्रपति डा. रामवरण यादव अहिले मिडियामा खुबै highlighted छन् । राम्रो संविधान निर्माणका कारण नभई सरकारले उनको घरभाडा तिर्न अनाकानी गरेका कारण । तपाईं हामी उनको यो विबादास्पद कुरामा फस्नु भन्दा पहिले एउटा कथा सुनौं ।
गणतन्त्र भारतका प्रथम रास्ट्रपति डा. राजेन्द्रप्रसाद को कथा भन्ने हाम्रो रास्ट्रपति भन्दा भने बिल्कुलै फरक छ । सन् १९५० देखि सन् १९६२ सम्म १२ बर्षको लागि रास्ट्रपति बनेका राजेन्द्रप्रसाद अवकाश पछि भारतको बिहार प्रान्तको पटना नजिक एक आश्रम सदाकत आश्रममा बस्नु भयो । यहिँ 28
फ़रवरी 1963 सन् मा उनको निधन भयो ।
हाम्रो यादव भन्दा फरक उनी सरकार द्वारा दिइएको हरेक सुख सुविधा छोडेर उनी एक आश्रम मै बसे । भारतको संवैधानिक ब्यबस्था अनुसार एक पुर्व रास्ट्रपतिलाई एक बंगला, नीजी सचिव र कार्यालय गरि २५ जना staff र २०० को हराहारीमा सुरक्षागार्ड दिइन्छ । र प्लस तपाईंले भारतभरी चाहेकै ठाउँमा भारत सरकारले घर बनाइ दिने गर्दछन् । तर डा. प्रसाद यी सब आफ्ना देशका गरीब जनताको लागि छोडेर आफू सन्यासी झै आश्रममा बाकी समय बिताए ।
भनिन्छ उनको अवकास पछि एक बृटिश पत्रकार उनको interview को लागि त्यै आश्रममा आए । अन्तरवार्ता समय पुर्व नै आश्रम पुगेका पत्रकार ढोका नीर बसेका एक पाले संग कुरा गर्न थाले । जाडोको मौसम भएको हुनाले उक्त पाले काठ जलाएर आगो तापी रहेका थिए । तर आश्चर्यजनक रुपमा उनी त्यति नै काठको प्रयोग गरिरहेका थिए जतीले उनलाई मात्र पुग्थ्यो । बढिमात्रामा काठको दुरुपयोग उनी गरि रहेका थिएनन् । केही छिन् पछि उक्त पालेले आफ्नोलागी र उसको लागि नि चिया बनाएर दियो । तर एक पालेको हातको चिया उक्त पत्रकारले खान मानेनन् । खैर उनी चिया खादै पत्रकार संग कुरा गरि रहे । निश्चित समयमा पालेले तपाईं बैठक कोठामा बस्दै गर्नु म पुर्व रास्ट्रपति डा. प्रसादलाई बोलाई दिन्छु भनेर पुर्ण आदर सहित बैठक कोठामा बसाएर भित्र गए । र आश्चर्यजनक रूपमा उनी नै डा. प्रसाद भएर फर्किए । उक्त पाले नै भारतका रास्ट्रपति डा. राजेन्द्रप्रसाद थिए । गहभरी आँसु ल्याउदै उक्त पत्रकार उहालाई ढोग्न पुग्यो ।
र तपाईंले मलाई अघि किन भन्नू भएन भनी प्रश्न तेर्साउदा ," तपाईं रास्ट्रपति संग भेट्न आउनु भएको थियो र त्यति बेला म आफ्नो आतिथी सतकार एक आम भारतिय बनेर गरेको थिए" भनेर जबाफ दिए ।
धन्य छ उक्त भारत भुमी जसले यस्ता सपूत जन्माए । धन्य छ त्यो बिहार जहाँका सन्तान डा. राजेन्द्रप्रसाद देशको लागि बाचे र मरे , बिना स्वार्थ राजनीति गरे र देशबाट केही आशा पनि गरेनन् ।
र हाम्रै पुर्व रास्ट्रपति डा. यादव देश भोकभोकै बस्दा र हरेक नेपाली पिरमार्का भोगी रहदा एउटा "घरभाडा" को लागि सरकार संग किचकिच गरेर बसेका छन् । पुर्व रास्ट्रपति ज्यु, अलि उदार बन्नुस् ,अलि इमानदार बन्नुस् , गरीब निमुखा नेपालीको मुख पनि हेर्नुस् । आफ्नो स्वार्थलाई पुर्न बिराम दिदै देशको लागि पनि अलिकति सोच्नुस् । तपाईंले गरेको एउटा स्वार्थले देश माथी करौडोको भार थप्ने छ ।
त्यसो नि देशमा हरेक "मधेसी" लगायत म एक जनकपुरेलाई नि "बिहारी" नै भनिन्छ । उक्त नाउको कमसेकम मर्यादा नि राखी दिनुस् ।
जय नेपाल !!