मधेस अन्दोलनका गम्भिर घाइते मन्सी पटेललाइ आर्थिक सहयोग

वीरगंज,फागुन २८
जारी मधेस आन्दोलनका गम्भिर घाइते मन्सी पटेललाई आज बिभिन्न व्यक्ति एवं संघ संस्थाहरुले आर्थिक सहयोग गरेका छन् । नारायणी उपक्षेत्रिय अस्पतालमै पुगेर मन्सीलाई वीरगंज आर्दशनगर निवासी बिकास सर्राफ ५ हजार एक सय , मिनाबजार निवासी संतोष सर्राफ २ हजार एक सय,मधेसी युवा समाजका केन्द्रिय अध्यक्ष अशोक यादव १ हजार एक सय ,आर्दशनगर निवासी बिक्की सर्राफ १ हजार एक सय सहयोग गरेको बगही निवासी गेनालाल पटेलले बताए ।
यसैगरी श्री ब्रम्ह्स्थान नेपाल राष्ट्रिय प्राथमिक बिद्यालय लहावथकरी सात सय,श्री हरीराज प्राथमिक बिद्यालय खेस्राहा ६ सय, श्री नेपाल राष्ट्रिय प्राथमिक बिद्यालय धोविया टोला पाँस सय सहयोग गरेको बिद्यालय प्राधानाध्याप अशोक कुमारले बताए । पर्सा जिलला बगही निवासी मन्सीलाई नेपालको संबिधान २०७२ घोषना गरेको दिन अर्थात असोज ३ गते प्रहरी र प्रर्दशनकारी बिच झडप हुदाँ वीरगंज गीतामन्दिर रोडमा गोली लागेको थियो । सोही दिन देखि गम्भिर घाईते भएका पटेलको काठमाडौंमा उपचार गराई हाल वीरगंजको नारायणीमा उपचार गराइरहेका छन् । आर्थिक अभावका कारण काठमाडौंबाट उनलाई वीरगंज पठाइएको परिवारीक श्रोतले जनाएको छ । पटेललाई पुर्णरुपमा निको हुन भारतको दिल्ली लैजान नारायणी उपक्षेत्रिय अस्पतालका चिकित्सकहरुले बताएका छन् । मन्सीको आफनो एकधुर जग्गा समेत नरहेको र अरुको जग्गामा सुकुम्बासी जिवन बिताउदै आएका छन् ।


SHARE THIS

Author:

Facebook Comment