संवेदनामा सेल्फीको सहवास किन....?

–प्रशान्त महासागर

नेपालमा नेपाली समाजको सोच देखेर मरेको मान्छे पनि आत्तिएको अवस्था छ । र सुख सुविधामा रम्ने प्रयासरत जमातहरु देख्दा मरे भने पनि नेपाल मै जन्मिन पाउँ भन्ने निवेदनहरु यमजीमा पेश भएको सुनिंदा आखिर नेपालमा के छ भनि स्वयम् यमजी पनि खोजमा निस्केको छ भन्ने सन्दर्भका कुराहरु मनमा खेलिंदा जोकोहीलाई मृत्युबाट डर लाग्नु स्वाभाविक नै हो । हुन त मृत्यु मुक्ति हो तैपनि काम, क्रोध, रिस, राग आदीसँग कोही पनि छुट्टिन नचाहेकै अवस्था नेपालमा हुनुलाई पूरै सृष्टि चकित हुनु नै हो । जन्म छ त मृत्यु त्यसको शुरुवातको कार्य हो बुझ्नु नितान्त आवश्यक रहेकोमा सबैले बिर्सिनु नै जाति ठानेका छन् र नेपालमा नेपालीहरुले नयाँ नयाँ पाप उत्पादन त नभनौं भोग चलनमा चाहिं अवश्य ल्याएका छन् जसमा एक सेल्फी त अर्को विचार जसको सन्दर्भ हिजोको दिनसँग जोड्न म चाहन्छु ।

जहाँ एक सन्त मानिने प्रधानमन्त्रीज्यूको दाह संस्कार हुँदै थियो त मलामी उपस्थिति मान्यजन प्राणीहरु सेल्फी खिच्नमा व्यस्त थिए भने फोटो पत्रकारीता चल्नु कुनै ठूलो कुरा होईन जुन कसैको पेशा हुन् भने कसैको रहरवाजी पनि हुन् । प्रविधिले मनुष्यको जीवन सुखमय होस् भन्नुको अर्थ कुनै संवेदनासँग नै सहवास गरी आफ्नो तृप्तता पूरा गर्नु कहाँसम्मको न्यायोचित तर्क हो जुन मैले बुझ्न सकिरहेको छैन । हुन त मनुष्य चेतनशील प्राणी पनि हुन भनी व्याख्या र विश्लेषणहरु धेरै ठाउँमा गरिएका छन् तैपनि किन हो भन्ने प्रश्नहरु मनुष्यमै आएर अड्किने देखिंदा एउटा शंका मलाई आफुमाथि पनि लाग्ने गरेको मैले महशुस गरेको छु के म साँच्चिकै मनुष्यहुँ र ? त्यस्तो मनुष्य हुन के साँच्चिकै सेल्फी खिच्नु नै पर्ने थियो र ? कुरा साधारण छ तर विचारवानले त्यसलाई कुलो पनि बनाउँछन् भन्ने सुनेको छु शायद सेल्फीको पनि यो जमानामा यस्तै अर्थ पो निस्किने हो कि...? हुन त सेल्फी नेपालले बनाएको होईन मात्र प्रयोग माल्याएका हुन् साँच्चिकै बनाउने सक्ने अवस्था नेपालीहरु रहेको खण्डमा शायद सेल्फीको अर्थ पनि अर्कै हुने हो कि...?

र अर्को विचारको खेती, शरीर मरेपछि न त्यो प्रधानको हुन्छ न त कुनैको नै । शरीरमा आत्माशक्तिले राज्य गर्न छोडे पछि त्यो कुनै वस्तु भन्दा बेसिं मूल्यवान हुँदैन भनेर शास्त्रहरु चिच्याउँछन् र भनिन्छ पिण्ड दान मन शान्त गर्ने दान मात्र हो त्यसले कुनै पितृको इच्छा पूरा हुँदैन भनेर शास्त्रहरुमा व्याख्या गरिएका छन् जसलाई धेरैले धेरैको माध्यमबाट सुनेका, बुझेका छन् तैपनि मानवीय प्रवृत्ति जसमा धेरै स्वाङ्गहरु देख्न र सुन्न पाईन्छ त्यसकै अनुरुपका कार्यहरु नै हुन् मृत्यु पछिका अनेकौं संस्कारहरु जसमा समय र पैसाको कुनै मूल्य हुँदैन भने अर्को विचारले त्यस मृत्युबाट पैसा कमाउने कार्य गरिरहेका हुन्छन् यो मेरो विरोध होईन दायित्व मनुष्यले बिर्सिदै गएको खण्डमा उठाईएको कुरा मात्र हुन् । मनुष्य मर्छ तर कुरा र अर्थ अर्कै भनी यहाँ व्याख्या हुन्छ आखिर ती त्यस्ता कुराहरु किन ? आज मिति २०७२ साल माघ २८ गतेमा उल्लेख भए अनुसार एकातिर अवसर र उन्नतिका मार्गहरु पहिचानकै आधारमा माग्ने अर्कोतिर बोक्सीको आरोप लगाई मान्छे जलाउने काम किन हुन्छ ? किन सधैं नेपाली समाजमा मानवीय आचरणकै मात्र हत्या हुन्छ ? त्यस्तै उमेरको हिसावले सम्मानीय सन्त प्रधानमन्त्री ज्यू कालगतिले नै मरेको हो भन्ने ठहर हुँदापनि सामान्य कुनै निशानीलाई जुन मृत्यु पछि देखिएको भनेर भ्रम या कुनै स्वार्थबाट हत्या हो भन्न कोही किन अग्रसर हुन्छ र नेपालमा लाश माथि नै राजनीति गर्ने कामहरुमा मिडियाहरु किन लागी परेका छन कि नेपालमा पत्रकारिताको अर्थ नै त्यो हो ? बोली र विचारले गर्ने खेतीहरु त्यस्तै रहिरहन्छन् भने उत्पादनहरु लाशसँगै सेल्फी खिच्ने, संवेदनासँगै सहवासको मनस्थिति नेपालीहरुको रहिरहन्छन् नै । त्यसैले स्वच्छ र सफा राजनीति हुन दिनलाई भएपनि कलम र मसिको अर्थलाई अशुद्ध नपारि दिनहुन सबैमा अनुरोध गर्न चाहन्छु ।

र मृत्यु पछि कसैमाथि दोष थुपार्नु पनि बाँच्नेहरुको कमजोरी या मूर्खता नै हो म भन्न चाहन्छु किनभने जीवनको कार्य अनि दोष मृत्युपछिको यात्रालाई दिएर हामीले हामीसँग भएको क्षमतामा ह्रास खोज्नु नै हो । त्यस्ता कुराहरुले, आलोचनाहरुले कुनै सिन्को पनि भाँचिने छैन भने त्यो सिन्को कुनै केहीमा प्रयोग पनि हुँदैन । त्यसैले कस्ले के गरे नखोजीकन मैले के गरें भने के हुँदै जानेछन त्यो नै सोचौं र हरेक त्यो आत्माशक्तिले जीवनकालको यात्रामा गरिएका, भोगिएका कार्यहरुको परिणाम भोग्नु नै पर्छ चाहे त्यो सन्त होस् चाहे माहात्मा नै किन नहोस् लेखिएको मेटिदैन भन्ने सबैलाई थाहा भएकै कुरा हो भने नेपालमै यमजी खोजकर्ता हुनुको अर्थ जबसम्म रहन्छन् नेपालीहरुले जुनसुकै रणनीति वा भाषा वा व्यवहार लागू गरेर हक र पहिचान लिएपनि कार्यन्वयन बोक्सी भन्दै जलाउनु जस्तै मात्र हुन्छ । आज आम नेपाली सबै बोक्सी भईसकेको अवस्था छ । 

सबैलाई सबैको रगतको गन्ध मिठो हुन थालेको अवस्था छ । यहाँ कसैले चुसि रहेकाछन त कसैले डसि रहेका छन् । त्यसैले कसैको केही खराबीहरुलाई नियाँल्ने छोडि सर्वप्रथम त दक्ष र लक्ष्यसँग बाँच्नु यदि बाँच्न जानिएको खण्डमा मर्न केही गरौं । हुन त नमरेको पल कहाँ नै छ र ? कोही थुक्न निल्न मर्छ त कोही थुक्न पाउँन नै मर्छ आखिरमा दुईटै कुराको लेखा बोली र विचारले दिने कुरा हुन् जसमा शक्ति हुनेको खराब पनि राम्रै हुन्छ भने शक्ति नहुनेको राम्रो पनि खराब नै हुने हो । त्यसैले जीवन र मृत्यु जुन फरक छ भन्ने बुझ्छौ भने आफुलाई हेर्ने फरकताबाट मुक्त हुन नै बाँचौं । मर्न त सजिलै छ । 

प्रस्तुत लेखमा समावेस गरिएको कार्टुन गुगल सर्चबाट लिइएको छ ।

प्रकाशन मितिः २०७२ फागुन ०६ गते बिहीवार


SHARE THIS

Author:

Facebook Comment