– प्रशान्त महासागर
स्वाभीमानी ए ! आम नेपालीहरु हो, तिमीहरुको विचार के हो ? र सुख के हो ? अब मलाई भन्नै पर्छ चाहे म देशद्रोही नै किन नहोस् । तिमीहरुको सरकार कस्तो सरकार र कस्को सरकार अब म देशद्रोही भए पनि भन्नैपर्छ । हुन त म पनि देशकै लागि मर्छु भनेकै हो तैपनि मलाई विद्रोही बनाई आतंककारी बिल्ला भिराएर मार्ने षडयन्त्र किन रच्छौ ? मानवीय संवेदनामाथि कुठाराघाट हुने रणनीतिहरु अपनाए मेरै भाग खोसेर मलाई नै दिन्छु भन्दा नि विश्वास गर्नेहरु हो कहिलेसम्म हुडमा झुण्डिएर स्वाभीमानीको स्वा·मा साथ दिन्छौ ? के अब तिमीहरु साँच्चिकै नेपालीहरु भयौं त ? यदि भयौ भन्छौ भने भोली देखि यो देश नेपालमा अरुले राज्य गरे पनि हुन्छ भन्न म अगाडि आउने छु किनभने कोही नेताले आजसम्म अझ भनौं अहिलेसम्म कोही जनताको बारेमा सोचेकै छैन भने आम नेपालीहरु तिनीहरुकै दासदासी हुन सोची सकेका छन् । यस्तो अवस्थामा म देशको निम्ति बाँच्दा कत्तिको जाति हुन्छ सबैले सोच्नु आवश्यक भएको छ ।
हामी नेपालीहरु कुन अर्थमा नेपाली भनेर गर्व गर्ने ? के छ नेपालमा, के छ नेपालीहरुको ? शायद यी दुई प्रश्न मात्र पनि हामीसँग अरुले सोध्यो भने त्यसको प्रत्युत्तर शुन्य नै छन् । हामी शून्य कालका शुन्य जन्तुहरु भएका छौ जसको एउटै काम हुनेछ सदा खाने । अब खाने पनि कस्तो ? प्रश्न त्यसमा पनि छ र उत्तर शायद पेट भर्ने नै हुनेछन् । अफशोचको कुरा हो, खाना पेट भर्ने मात्र सोच्नु हामी दयनीय दु:खदायी दिनहरु हुन जुन कहिलेसम्म त्यो यथावत राखि हामी हाँस्ने चेष्टा गर्छौ भन्ने लाग्दा नि हामी आम नेपालीहरुले केही नगर्ने अठोट गर्यौ आखिर किन ? के हामीलाई मानव भएर बाँच्ने अधिकार नभएकै हो त ? कि २१ औं शताब्दीमा पनि हामी आम नेपालीहरु राजनैतिक बन्दीहरु नै हौं त ? यहाँ मैले बन्दी भनेर दासत्वलाई भन्न खोजेको हुँ । आफ्नो रगत पसिना बेचेर किनेर खाँदा पनि त हामीलाई राज्यले दास भन्दा माथि सोचिदिएन भने हामीले मात्र राज्यलाई हाम्रो पालक किन सोच्ने ? ऊ शोषक हो । उसले हाम्रो लागि केही गर्छ सोच्नु अबका दिन देखि हाम्रो मूर्खता नै हुनेछ । र हामी भाषामा होईन व्यवहारमा मान्छे बन्न बाँचौं ।
प्रकाशन मितिः२०७२ पौष २३ गते बिहीवार