–स्वयम्भुनाथ कार्की
मधेश अन्दोलनले श्रृजना गरेको आपुर्ति व्यवस्थाको अवरोधको कारक तत्वको विवेचन गर्ने यो आलेखको प्रयोजन हैन । यदि गरियो भने देखाईएको कुरा भन्दा अलग धेरै आश्चर्यजनक तथ्यहरु उजागर हुन्छन । राष्ट्रवाद र राष्ट्रिय भावनाको भावनात्मक शोषण यति धेरै मात्रामा भएको छ कि त्यसलाई ‘बलात्कार’ नाम दिंदा पनि अझ अपुग हुनसक्छ ।
त्यसैले त्यो दुरुह र विवादस्पद विषमा प्रवेश नगरी सरकारी प्रायोजनको ‘भारतिय अघोषित नाकावन्दी’ नै मानेर हेर्दा पनि एक यक्षप्रश्न उपस्थित हुन्छ , के नेपालले विगतको अनुभवबाट कुनै पाठ सिकेन ? २०२७ सालमा नाकावन्दी भोगि सकेपछि भुपरिवेष्टित मुलुकको नियति र त्यससंग लड्ने कुनै प्रयत्न भयो कि भएन ?
यो प्रश्नको उत्तर धेरै चेतनशिल, अगुवा आदि वर्तमानमा महत्व पाई रहेकाहरुको निमित्त तिखो हुन सक्छ । राजा महेन्द्रको नाम नै अपच हुने र पञ्चायतको तीसवर्ष कुनै काम नै नभएर केवल ‘दरवार र दरवारका आसेपासे’ को स्वार्थ साधनमात्र भयो भन्नेहरुलाई यो कुरा पचाउन गाह्रो हुन्छ ।
तर वास्तविकता भने त्यसको ठिक विपरित छ । त्यो कालखण्डमा आत्मनिर्भरता र स्वाभिमानको निमित्त जति कार्य भए त्यो कुनै पनि मुलुकले त्यति कालखण्डमा गर्न असंभवप्राय थियो । मध्ययुगिन राज्य व्यवस्थाबट भर्खर मुक्त भएको र त्यो मुक्तिले उन्मत्त भएको नेपाली जनमानसलाई सम्हालेर नयाँ गोरेटोमा लैजाने चुनौती चानचुने हैन ।
सत्रसाल पुष १ गते शासन हातमा लिई सकेपछि राजा महेन्द्रले मृत्युपर्यान्त कहिल्यै पनि ‘संक्रमण काल’को सुविधा लिएनन । नेपालमाथी वक्रदृष्टि पर्न सक्छ भनेर उनी हमेशा सचेत थिए । उनले त्यस परिस्थितिको सामना गर्न आवश्यक पर्ने सचेतना, संरचना र साधन खडा गर्दे गए ।
त्रिभूवन राजपथको निर्माण संगै जस्तो कोदारी राजमार्ग त्यसवखत अनावश्यक देखिएको थियो । तर दशकौ पछि वर्तमानमा त्यहि कोदारी राजमार्ग र तातोपानी नाका नै नेपालीको त्राणको एकमात्र बिन्दु भएको जस्तो लाग्छ । त्रिभुवन राजपथ पहिरोले क्षतिग्रस्त हुँदा मर्मत गरिदिने भारतिय प्रस्ताव भद्रतापुर्वक अस्विकार गरेर नेपाली सेनाबाट त्यो कार्य पुरा गराउनुको पछिको भावनालाई अनुभूति गर्न आवश्यक छ ।
छिमेकीको व्यवहार ठिक रहोस भन्नको निमित्त मित्रहरु बढनु आवश्यक हुन्छ । उनले वैदेशिक सम्वन्ध विस्तारमात्र गरेनन नेपाललाई अन्तराष्ट्रिय मामिलामा ठोस भूमिका निर्वाह गर्न सक्ने मुलकको रुपमा पनि स्थापित गराए ।
चाहे असंलग्न आन्दोलन होस वा यस्तै अन्य कुनै अन्तराष्ट्रिय मौका आदि सबै स्थानमा नेपालको स्वतन्त्र र अर्थपुर्ण प्रतिनिधित्व रह्यो ।
आत्मनिर्भरता र स्वावलम्वन जनताको जीवनमा समाहित हुन सफल भएकाले आफ्नो औद्योगिक उत्पादन शुन्य सरह भएको वेलामा पनि त्यो नाकावन्दी झेल्न ज्यादा पिडा भएन । यो संभावना आकलन गरेर भएका रोकथामका प्रयत्नका प्रतिफल थिए ।
त्यो नाकवन्दी पछि औषधी लगायतका अत्यावश्यक वस्तुका उत्पादनका प्रवन्ध भए । नेपालको व्यापार धेरै हिस्सा भारत वाहेकका मुलुकहरुसंग विस्तार भयो । नेपाल आयल निगम स्थापना भएर भारतिय कम्पनीका इन्धनका विक्रि डिपो प्रतिस्थापन गरियो ।
इन्धन पनि सिधै उत्पादक मुलुक संग नै खरिद हुन थाल्यो । पेट्रोलियको विकल्पको रुपमा ट्रलीवस भित्र्याईयो । समग्रमा हेर्दा नाकावन्दीको वेलामा नेपाल र नेपालीले पाएको कष्टको ठूलो मूल्य पछि भारतले चुकाउनु पर्यो ।
नुन र सुती कपडा बाहेकका अन्य बस्तुहरुमा भारतिय निर्भरता समाप्त प्राय पारियो । दक्षिण एसियाबाट निर्यात हुने चीयामा भारतको एकलौटी वजार पनि रहेन ।
कपडा, सिमेन्ट, औषधी, छाला जस्ता आधारभूत बस्तुहरुमा आत्मनिर्भर हुने कार्यक्रमहरु कार्यान्वयन भए । भुपरिवेष्टित मुलुकको पारवहान समस्याले पार्ने सिवाय अन्य कुनै असर अत्यन्त न्यून पार्ने कार्य भए ।
राधिकापुरको बाटोबाट बंगलादेशको बन्दरगाह प्रयोग गर्ने माग भुपरिवेष्टित राष्ट्रको अधिकारको रुपमा उठाईयो । सीमा जोडिएको छिमेकीको नाताले चीनीया वन्दरगाह प्रयोग गर्ने तर्फ कार्य बढाईयो ।
४५ सालको नाकावन्दी ताका सरकारी पदमा भएकाहरुले केहि महिना मै भारतिय निर्भरता समाप्त हुने गरेर काम भएको थियो भनेर यसैलाई संकेत गरेका हुन । यी सबै कुराहरु र कदमहरु नेपालले पाठ सिकेको मात्र नभई त्यसको प्रयोग पनि शुरु गरेका केहि उदाहरण हुन ।
४५सालको नाकावन्दीको बीचमा नै व्यवस्था परिवर्तन भयो । कहिले घोषित र कहिले अघोषित गरेर नेपालले लगातार वर्तमानसम्म ‘संक्रमणकाल’ भोग्दै आएको छ ।
त्यस पछिका कुनै सरकार परिवर्तनहरुको प्रभाव व्यवस्था परिवर्तन सरह भएको कुरा त वर्तमानले भोगेकै हो । जानेर होस वा नजानेर इन्धनमा भारतिय एकाधिकार स्विकार गरिएको छ ।
आधारभूत उद्योगको रुपमा स्थापित औषधी, कपडा , छाला कारखाना वन्द नै भएका छन । अन्य कारखानाहरुले पनि सरकारी बक्रदृष्टि खेप्नु परेको छ । वियर र अन्य विलाशिताका सामान उत्पादन गर्ने उद्योगहरु वढेका छन । यसैले वर्तमानमा भनिने गरेको अघोषित नाकावन्दी धेरै कष्टकर भएको छ । यो भुलेको पाठ भने मुलुकले कहिले सम्झला ?
विराटनगर १
२०७२।९।१८
साभारः जनआवाज
२०७२।९।१८
साभारः जनआवाज