भावनात्मक एकीकरणको खाँचोः सन्दर्भ एकता दिवस

सन्तोष मिश्र
राष्ट्र निर्माता पृथ्वी नारायण शाहलाई जसले उपेक्षा गर्छ उ किरा परेर मर्छ । विदेशी दलाल नेपालीले बाहेक सबै नेपालीको मनमा पृथ्वी नारायण शाह अमर छन् । यो पृथ्वीमा नेपाल देश रहेसम्म पृथ्वी नारायण शाह अमर रहनेछन्  । नेपालका राष्ट्रघाती गद्दार दलका नेताहरूले नेपाललाई असफल र कमजोर राष्ट्र बनाउन चाहँदैमा पृथ्वी नारायण शाह र नेपालीको पूर्खाले आर्जेको नेपाल सुन्दर शान्त, विशाल भन्ने भावना र चन्द्र सूर्य अंकीत राष्ट्रिय झण्डा हराउन सक्दैन । संकट र चुनौती आइपर्छ । तर देशभक्त नेपाली जस्तोसुकै चुनौतीतिर संकटसँग मुकाबिला गरेर आफ्नो राष्ट्रिय स्वाधिनता र नेपाली स्वाभिमानको रक्षा गर्न सक्षम छन् । प्रत्येक वर्ष राष्ट्रिय एकता दिवस र पृथ्वी नारायण शाहको जन्मजयन्ती मनाएर नेपाल र नेपालीको रक्षा गर्ने शक्ति र बरदान थापिरहेका छन् । जय–जय–जय गोरखाली, जय जय नेपाल भन्दै नेपालीहरू राष्ट्र बचाउने अभियानमा जुटिरहेका छन् । नेपालीहरूको एकता नै शक्ती हो । राष्ट्रभक्त नै शक्ति हो । भारतीय विस्तारवादको नेपालप्रतिको गिद्धे दृष्टि ध्वस्त पार्ने समय र नेपालका दलका दलाल नेताहरूलाई समाप्त पार्ने  दिन आउँदैछ । राष्ट्रिय एकता दिवसलाई उपेक्षा गर्नेहरू राष्ट्रिय अपराधी हुन् । उनीहरूले ढिलो र चाँडो कठोर सजाय पाउने नै छन् । राष्ट्रप्रति बेइमानी गर्नेले खुबै सास्ती खाएर मर्नुपर्दछ । उसलाई मर्ने बेलामा ठूलो ग्लानी र पश्चाताप हुनेछ । अब नेपाली माटोमा वीर सपूत भीमसेन थापा सेरिएर मरेझैं अन्य नेपाली सेरिनुपर्दैन । सतीले सरापेको देश भनेर दु:ख मान्नु पर्दैन । क्रान्तिकारी देशभक्त नेपाली जनताहरू रक्तबीज रुपी भएर विदेशी हस्तक्षेप र दलाल नेताहरूका विरुद्ध कठोर संघर्ष र बलिदान गर्न तत्पर छन् ।

पृथ्वी जयन्ती र एकता दिवस पुस २७ गते हो । सम्पूर्ण सच्चा नेपालीहरूलाई एकजुट भएर देशभक्ति आन्दोलन गर्न र सफलता प्रदान गर्न बरदान दिएको छ । समयभन्दा अघि र मागभन्दा बढी पाउन सकिंदैन । अत्ति भएपछि खति हुन्छ । आइलाग्नेमाथि जाइलाग्नु नेपालीले जाने बुझेको कुरा हो । यो नेपालीको राष्ट्रप्रति निर्वाह गर्नुपर्ने धर्म नै हो । नेपाली माटो विदेशी हस्तक्षेपलाई समाप्त पार्न उर्वर छ । कसैको काल आएको छ भने उसले नेपालप्रति धावा बोले पुग्छ । उसको अन्त्य निश्चित छ । पृथ्वी नारायण शाहले एकीकरण गरेको विशाल नेपाल एउटा प्रचीन देश हो । नेपाल सभ्यता र विरता विश्व प्रख्यात छ । विश्वमान चित्रमा नेपाल गौरवशाली देशका रुपमा अंकीत छ । नेपाली जनताको वीर गाथालाई विश्वले विर्सन सुक्दैन । पृथ्वी नारायण शाहको आधुनिक नेपाल बनाउने योगदानलाई उपेक्षा गर्ने पापीहरूलाई नेपालीहरूले नेपाली माटोले अवस्य बहिष्कार गर्नेछ । बास्तवमा नेपालको भौगोलिक स्थिति सामाजिक एवं आर्थिक यथार्थतालाई दृष्टिगत गर्ने हो भने पृथ्वीनारायण शाहको दिव्योपदेश नै नेपालको दीर्घकालीन राष्ट्रिय नीतिको आधारशीला हो । १२८ जातजाती, १२३ भाषाभाषी, ९ वटा धर्म सम्प्रदायको दुई करोड ६५ लाख नेपालीको साझा फुलबारी नेपालमा भावनात्मक एकीकरणको खाँचो छ । यो पूरा भएपछि सुन्दर, शान्त, विशाल शक्तिशाली र समृद्धशाली हुने छन् । जय नेपालको नारा सबै नेपालीको सहारा हो । विछिन्न हुने प्रवृत्ति नेपालीको होइन ।


SHARE THIS

Author:

Facebook Comment