एकपटक एेनामा अनुहार हेर त, प्रत्येक नेपालीभित्र पृथ्वी बसेका छन्ः प्रवीण अधिकारी

–प्रवीण अधिकारी
आधुनिक नेपालको जन्मदाता " पृथ्वी नारायण शाहको " नाउँमा गज्जबको टुना छ जसले प्रत्येक नेपालीलाई बिभोर पार्छ ! उनको दिव्योपदेशको वाक्य यती सजिला र सोझा छन् जसलाई बुझ्न गाह्रो छैन तर उनलाई बुझ्न सक्नु पर्छ ! यो दिव्योपदेश सजिलो र सोझो हुँदा हुँदै पनि अमर र मार्मिक छ ! उनका बाणीहरु फोस्रा र चिप्ला नभएर एक वीर योद्धाको मुखबाट बर्षौ पछिको संघर्षमय जीवन पछि निस्किएका उद्गार हुन् ! यी वाणीहरु त्यस अभिमानी नेपालीका उद्गार हुन् जसले २४२ बर्ष अघि ओकलेको नारा अहिले एक्काइसौँ शताब्दीमा पनि आत्मसात गर्नु जरुरी देखिएको छ ! यो नाराले नेपाललाई गन्तव्यमा पुर्याउन बत्तिको काम गर्नेछ ! यसले चार वर्ण छत्तिस जातलाई अलग अलग फूलवारी बनाएर होइन एउटै फूलवारी मा मिलिजुली काम गर्न आह्वान गरेको छ ! ती महा पुरुषले जे लाई फूलवारी भनेका छन् ठिक त्यसैलाई आज हामी हाम्रो संस्कृति भन्दै छौं ! पृथ्वीको दिव्यो पदेशले हामीलाई पेवा रीतिथिति , पेवा चालचलन छोडेर साझा चाड्वाड , साझा पूजा आजा , साझा भेष भूषा र साझा वोली भाषालाई महत्व दिएर संगठन रोज्ने पाठ पढाएको छ !

यस्ता पृथ्वीलाई चिन्न गल्ती नगरौं ! तीनलाई बिर्सिनुको अर्थ भीरमा आँखा चिम्लेर हिड्नु हो ! उनले बि.स. १८२७ तीर अभिमान सिंह बस्नेतलाई लेखेको चिट्ठीमा आफ्ना भाई महोद्दम किर्ति शाह प्रति सजग रहेको उल्लेख गरेका छन् ! उपत्यका विजय पछि उनका भाईहरु अम्मल भएका राज्यलाई फेरी अंश बन्दा गर्न चाहान्थ्ये जो पृथ्वीलाई मान्य भएन ! उनी आफुले आर्जेको मुलुकलाई फोर्फार गरेर विनाशको बाटोमा पुर्याउन चाहदैनथे ! बाइसे चौबिसेको गल्ती उनी गर्न चाहदैनथे ! पृथ्वीले आफ्नै हस्ताक्षरले लेखेका तथा लेख्न लाइएका सम्पूर्ण चिठी पत्र नेपाल र नेपालीहरुको अमूल्य नीधि हुन् ! नव नेपाल कसरी अर्जिएको हो भन्नेकुरा अध्ययन गर्ने सूत्र हुन् ! उनका चिठी पत्र हेर्न , बुझ्न जरुरी छ ! पृथ्वीलाई हत्यारा देख्नेको पनि उनी सम्पत्ती हुन् ! उनैले अर्जिदिएको नेपाललको नागरिक भएर ,राजनीतिकवादको आढ समाएर उसले पृथ्वीको बिरोधको स्वर उँचो गरेको हो ! उसले पृथ्वीलाई लाएको लाञ्छना नेपाली भएर लाएको हो ! नेपाल र नेपाली सोचेर होइन ! हो त्यै " नेपाली " भित्र कहिल्यै नमेटिने गरी पृथ्वी बसेका छन् एकपटक ऐनामा अनुहार त् हेर !

अधिकारीको फेसबुक वालबाट साभार

SHARE THIS

Author:

Facebook Comment