पृथ्वी एकचोटी फेरी आऊ

शुभकानमा
फेरि अर्को जन्म लिएर आऊ

तिमी फूलहरुको माली
हामी तिनै फूलहरु
सदभाव, आस्था र विश्वासमा
रमाइरहेका हामी सबै नेपाली,
तिम्रो योगदानको कदर गर्न छोडेर यता
विदेशी शासकका जन्मदिन मनाइन्छ ।
विदेशी संस्कृति जगेर्नाकालागि
राज्यले लगानी गरिदिन्छ र
उनीहरुको जन्मदिनको उपहार स्वरुप
तिमीले लगाएका एक एक किल्ला दिन्छ ।
भाषण छाँटिन्छ सोझा जनतालाई भुलाउन,
देशलाई स्वीट्जरल्याण बनाउने आशामा
बगाइन्छ रगतको खोली कुर्सीसम्म नपुगुञ्जेल,
म आत्ति सकेँ म हारि सकें यो युगमा जन्म लिएर ।
मलाई तिम्रो शासनकाल हेर्न मन छ,
तिम्रै छत्रछायाँमा रमाउन मन छ,
म वीर नेपाली, वीर गोर्खाली बनेर
बिन्ती, फेरी अर्को जन्म लिएर आऊ ।
पृथ्वी तिम्रै...आशामा छु म केवल  तिम्रै आशामा.....

सूचना आचार्य
गोरखा, हाल काठमाण्डौ


SHARE THIS

Author:

Facebook Comment