मधेस र मधेसीलाई धोका दिने चलखेल शुरु भएको माओवादी नेता कौशिकको आरोप

वीरगंज,भदौ ७
मधेसी राष्ट्रिय मुक्ति मोर्चा नेपाल क्रान्तिकारी एवं ए. नेकपा माओवादी जिल्ला कार्य समितीको  आज बसेको बैठकले प्रमुख तिन दल संघियता , पहिचान र मधेसलाई उपहास गरेको बैठकले निर्णय गरेको छ । ए.माओवादी पर्साका अध्यक्ष बाबुराम कौसिकको अध्यक्षतामा बसेको बैठकले देशको ठुलो तिन दलले गरेको सहमती मधेस बिरोधी रहेको ठहर गर्दै पृथ्वीनारायण साहले गोर्खा राज्य निर्माण गरे देखि नै मधेसी समुदाय प्रति अबिश्वास र मधेसको बिकास प्रति नियोजित उपेक्षा  गर्ने प्रयास गर्दै आएको ठहर बैठकले गरेको छ । माओवादीको बिभिन्न बैठक वा दस्तावेजमा उल्लेख छ कि मधेसको अर्को महत्वपुर्ण प्रश्न भनेको संघियता हो तथा पार्टीका मान्यता छ कि मधेसमा तिनवटा प्रदेश  हुनपर्छ । मिथिला, भोजपुरा प्रदेश र अवध प्रदेश यो मान्यतालाई हेर्ने दृष्टिकोण खोई भन्ने र बिज्ञप्ती मार्फत तिन दलसंग जवाफ माँगेका छन् । तथा तिन दलिय सहमतिमा तयार पारिएको प्रान्तीय सिमाँकन घोर संघियता बिरोधी भएकोले संघियताको सिद्धान्त अनुरुपको सिमांकन हुनुपर्ने माँग समेत बैठकले गरेको छ । बैठकले मधसको मुद्दालाई गम्भिर रुपमा नलिएको र  गृहमन्त्री बामदेव गौतम र प्रधानमन्त्री सुशिल कोईरालाले मधेसी का संतानलाई बली चढाउने खसी बाख्रा बुझनु अपराध हो नत्र सप्तरीको घटना सम्बन्धमा गम्भिर हुनुपर्दछ ।मधेस  र मधेसीलाई कमजोर ठान्नु राज्यको भुल भएको सम्झाउदै   प्रहरीलाई निहत्था मधेसी मार्ने  अभियान तुरन्त रोक्न सरकार संग जोडदार माँग गरेका ए. नेकपा माओवादी पर्साका अध्यक्ष एवं राष्ट्रिय मधेसी मुक्ति मोर्चाका केन्द्रिय सचिवालय सदस्य बाबुराम कौशिकले एक प्रेश बिज्ञप्ती मार्फता सरकारको ध्यानाकर्षण गराएका छन् ।  

SHARE THIS

Author:

Facebook Comment