सेना बन्दुकको बलमा सविधान लागु हुन सक्दैन नेता सोनल

वीरगन्ज, ७ भदौ ।
 
 संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाद्वाराले सोमबार बिहान जितपुरमा लाठी जुलुस प्रदर्शन गरेको छ । जितपुरको भैसी बजारबाट सुरु भएको लाठि जुलुस नगरपरिक्रमा गरि पुन बजारमा पुगी कोण सभामा परिणत भएको थियो । कोणसभामा तराइ मधेस लोकतान्त्रिक पार्टीका सह महा मन्त्री जितोन्द्र सोनलले जनताको कुरा नसुनेर सरकार र एकाकि रुपमा दमनको बलमा सविधान लागु कुनै पनि हालतमा लागु नहुने दावि गरेका छन् । कोणसभामा नेता सोनलले मधेस र थरुहटको आन्दोलनलाइ नजर अन्दाज गरे त्यसको परिणम भ्यावह हुने चेतावनी समेत दिएका थिए । आफुलाइ ठुला भनाउने तिन दलले दमनकारी रुपमा सविधान लागु गर्न खोजे त्यसको मधेस थरुहटबाट कडा प्रतिवाद हुने समेत बताएका थिए ।कोणसभामा थारु कल्याण कारीका पिताम्बर चौधरी ,बिन्दु साह,घनश्याम गीरी लगायतका व्यक्तहरुले मन्तव्य व्यक्त गरेका थिए ।

SHARE THIS

Author:

Facebook Comment