मधेश आन्दोलन आझै सशक्त बनाउछौंः सोनल

वीरगन्ज ५ भदौ ।
तराई मधेश लोकतान्त्रिक पार्टीका सहमहा मन्त्री जितेन्द्र सोनलले सरकारी यन्त्रको सहयोगमा बन्दको कुनै पनि प्रतिकारको कोसिसलाइ सशक्त प्रतिवाद गरिने चेतानी दिएका छन् ।साथै उनले भैरहवामा आन्दोलनकारीहरुको जनधनको छति सरकारले अबिलम्ब व्यस्था नगरे त्यसको वदला बारा ,पर्साले लिने वीरगन्जका सचांकर्मिहरुलाइ बताएका छन् । वीरगंजको कुमु प्यालेस होटलमा अयोजित पत्रकार सम्मलेनमा सह मान्त्री सोनलले  मधेशका जनताको अधिकार खतरामा रहेकोले अधिकार प्राप्तिका लागी  भएको आन्दोलनमा सहभागि भएर सहयोग गर्न आम जनसमुदायलाइ आग्रह गरेका छन् । विगतमा भएको सहमति कार्यन्वयनको मांग गर्दै आन्दोलन गर्दै आएका संयुक्त मधेशी मोर्चाले आहवान गरेको मोर्चाका आन्दोलनलाई शिखरमा पुर्याउन सबैलाइ आग्रह समेत नेता सोनलको रहेको थियो । बर्तमान सरकारले हैकमबादी तरिकाले सिमांकन गरेकोले  यस्तो सिमांकन सहितको सविधान कुनै हालतमा आफुहरुलाइमान्य नहुने सह महामन्त्री सोनलले बताए ।
           पत्रकार सम्मेलनमा बोल्दै संघीय लोकतान्त्रिक फोरमका सभासद लालबाबु राउत गद्दिले विगतमा भएको मधेश आन्दोलन पछि भएको सम्झौतालाई राज्य पक्षले सम्बोधन नगरे सम्म आन्दोलन तठस्थ रुपमा अघि बढने बताए । सीमाकंनको विषयमा प्रमुख राजनैतिक दलहरु बीच हिजो भएको सहमति अस्विकार्य रहेको बताउदै फोरम नेपालका पर्सा जिल्ला अध्यक्ष प्रदिप यादवले पर्साको ठोरी गाविसलाइ क्षेत्र नम्बर ३ मा गाभिएको तीन दलको निर्णयको बिरोध गर्दौ पर्सालाइ अखन्ड जिल्लाको रुपमा राख्न मौक परे सथियार समेत उठाउने चेतावनी समेत दिएका थिए । यादवले वीरगंज बजार खुलाउने नाममा नेकपा एमाले र कांग्रेसका कार्यकर्ताहरु भिडन्तको स्थिति ल्याउन खोजेको आरोप समेत लगाए । पत्रकार सम्मेलनमा तमलोपाका सभासद रमेश पटेल, जिल्ला अध्यक्ष पुरुषोत्मलाल झा,सदभावना पार्टीका केन्द्रिय सदस्य नेजामुदिन समानी,   लगायतका व्यक्तिहरुको उपस्थिीती रहेको थियो । 

SHARE THIS

Author:

Facebook Comment