वीरगंज, ०५ भदौ ।
आज नेकपा एमाले पर्साले पत्रकार सम्मेलनको आयोजना गरी ठोरी गाविसलाई काटेर प्रादेशिक सिमांकन संख्या नं. ३ मा मिलाएकोमा आपत्ति प्रकट गरेको छ ।
पत्रकार महासंघ पर्सा शाखाको हलमा आयोजित पत्रकार सम्मेलनमा निर्वाचन क्षेत्र नं. ३ बाट निर्वाचित माननीय सभासद् राजकुमार गुप्ताले माथिल्लो तहमा बारम्बार नेताहरुलाई आग्रह गर्दा गर्दै पर्सा र समस्त मधेशी समुदायको हित विपरित काम गरेकोले सिमांकनमा अविलम्ब सच्चयाउन माग गर्नुभएको छ ।
उहाले अखण्ड पर्साको अवधारणा प्रस्तुत गर्नुहुदै यस भित्र उदयपुर, मकवानपुर र सिन्धुली एवं नवलपरासी, रुपन्देही, सर्लाही लगायतलाई मिलाएर सामथ्य वा प्रदेश निर्मँण गर्नुपर्ने धारणा समेत राख्नुभयो । सभासद् गुप्ताले जल, जमिन र जंगलमा सबै पक्षको साझेदारी हुनुपर्ने धारणा राख्नुहुदै मठ मन्दिरको भेटीमात्र प्रदेश नं. २ नचल्ने हुनाले यो खाका समयानुकुल र जनहित विपरित भएको बताउनुभयो ।
उहाले आफु अन्य दलहरुले उठाएका मागहरुको भन्दा पनि एमालेको अलग दृष्टिकोणका साथ प्रस्तुत हुन लागेको र यसरी मधेशी, जनताको हितको पक्षमा आवाज उठाउदा पार्टी विधि र पद्धति भित्र रहेर लडि रहने धारणा समेत राख्नुभयो । पत्रकार सम्मेलनमा बाबुजान अलि, बालगोपाल थापा, डा. विश्वम्भर शर्मा, सुन्दर कुर्मी, नवराज शर्मा, मनोज चौधरी, प्रभु हजरा, गंगा खड्का लगायतको सहभागिता रहेको थियो ।
यस अघि एमाले पार्टी कार्यालयमा आयोजित अगुवा कार्यकर्ता भेलामा पनि ती नेताहरुले ठोरीलाई अन्यत्र मिलाएकोमा आपत्ति प्रकट गर्दै यसबाट गम्भिर परिस्थितिको सृजना हुने चेतावनी दिएका थिए । त्यहा नेपाल बार एसोशिएसनका अध्यक्ष प्रमोद साह, युवा संघका मन्जुर आलम लगायत दर्जनौंले आ–आप्mनो धारणा राखेका थिए ।
यसै बीच आजै एमाले पर्साका संयोजक चिरंजिवी आचार्यले एक विज्ञप्ती मार्पmत ठोरीलाई काटेर प्रदेश नं. ३ मा मिलाएकोमा पार्टीलाई गम्भिर आपत्ति भएको जनाउनुहुदै अविलम्ब पर्सावासीको भावनालाई समेटेर प्रदेशको सिमांकन गर्न आग्रहगर्नुभएको छ ।