दिनेश ठाकुर
नेपालगन्ज , साउन ७ गते – नगर क्षेत्रमा हुन सक्ने सम्भावित डुवानलाई
मध्यनजर गर्दै भेरी वातावरण्ीय विशिष्ठता समूह (वि गु्रुप)ले नेपालगञ्ज
उपमहानगरपालिकालाई ४६ हजार बराबरको सामाग्री प्रदान गरेको छ ।
अक्सफामसँगको साझेदारीमा सञ्चालित शहरी जोखीम व्यवस्थापन
परियोजना अन्तगर्त डुवानको सम्भावित खोज तथा उद्धार कार्यका लागि वि
ग्रुपद्धारा सो सामाग्री आज उपमहानगरपालिकालाई प्रदान गरिएको हो ।
परियोजनाका संयोजक शेर बहादुर रेउलेले एक समारोहवीच
उपमहानगरपालिकाका कार्यकारी प्रमुख विष्णु प्रसाद भुषाललाई सो सामाग्री
हस्तान्त्रण गर्नु भयो ।
लाइफ ज्याकेट १० वटा, टयूव १० वटा,नाइलन डोरी ४ सय मिटर गरि ४६
जार १ सय २० रुपैयाको सामाग्री रहेको वि ग्रुपका कार्यकारी निर्देशक
गोपालनाथ योगीले जानकारी दिनु भयो । यसैवीच विपद व्यवस्थापनका
विषयमा सरोकारवाला र राजनीतिक दलका प्रतिनधीवीच सर्वपक्षिय छलफल समेत
गरिएको थियो ।
सहभागि अधिकांसले नगरमा हुन सक्ने विपद व्यस्थापनका लागि दिर्घकालिन
पुर्व तयारीको आवश्यक्तामा जोड दिएका थिए ।
,,,,,,,,,,,,,,,,,,,,,,
विपन्न बालबालिकालाई शैक्षिक सामाग्री
बितरण
दिनेश ठाकुर
नेपालगन्ज, ७ साउन ः नेपालगन्ज उपमहानगरपालिकाका बिभिन्न
बिद्यालय र मदरसाहरुमा अध्ययनरत विपन्न वर्गका सय जना बालबालिकालाई
बाँके युनेस्को क्लबले शैक्षिक सामाग्री बितरण गरेको छ ।
शहरी बाल शिक्षा कार्यक्रमबाट १० महिना पढेर उपमहानगरपालिकाका ६ वटा
बिद्यालय र ४ वटा मदरसामा भर्ना गराइएका बालबालिकालाई बिद्यालयमा
टिकाइ राख्नका लागि बालबालिका लक्षित कार्यक्रम अन्तर्गत सो शैक्षिक
सामाग्री बितरण गरिएको क्लबले जनाएको छ । नेपालगन्ज
उपमहानगरपालिकाको सहयोगमा बाँके युनेस्को क्लबले विहिबार यहाँ
आयोजित एक कार्यक्रमका विच ४५ जना बालक र ५५ जना बालिकालाई सो
शैक्षिक सामाग्री बितरण गरिएको हो ।
बाँके युनेस्को क्लबका सल्लाहकार निरज गौतम, क्लबका अध्यक्ष प्रवेज
अली सिद्दिकी, नेपालगन्ज उपमहानगरपालिाका प्रेस सल्लाहकार शुक्रऋिषि
चौलागाई, क्लबका वरिष्ठ उपाध्यक्ष सिराज खान, कार्यकारी निर्देशक रवि
तुलाधर र नगरस्तरीय बाल क्लब संजालका अध्यक्ष साहिल अन्सारीले
बालबालिकालाई शैक्षिक सामाग्री हस्तान्तरण गर्नु भयो । बितरण गरिएको
शैक्षिक सामाग्रीहरुमा एक थान ब्याग, कपिहरु, बिद्यालय पोशाक र पेन्सिल
सेटहरु रहेका छन् ।
सो अवसरमा बोल्दै क्लबका सल्लाहकार निरज गौतमले शहरी बाल शिक्षा पढेर
आएका बालबालिकालाई बिद्यालयमा टिकाई राख्नका लागि गरिएको
सहयोगले शिक्षा प्राप्त गर्न उत्प्रेरित गर्ने बताउनु भयो । क्लबका अध्यक्ष
प्रवेज अली सिद्दिकीले विपन्न बालबालिकालाई पढाईमा सहज होस भन्ने
उदेशयले यो सहयोग बितरण गरिएको जनाउदै सहयोगको सदुपयोग गर्न
आग्रह गर्नु भयो । नेपालगन्ज उपमहानगरपालिकाका प्रेस सल्लाहकार
शुक्रऋिषि चौलागाईले बालबालिकाको शिक्षाका लागि नगरपालिकाले अझै
सहयोग गर्ने बताउनु भयो ।
क्लबका कार्यक्रम अधिकृतहरु आशिष बर्मा र सुनिल चौधरीले पनि
आफ्नो मन्तब्य राख्नु भएको थियो । सो अवसरमा नेरानिमावि सल्यानीवाग,
नेरानिमावि घरबारी टोल, नेराप्रावि बागेश्वरी टोल, धम्बोझी उच्च मावि,
फुलटेक्रा मावि, महेन्द्र उच्चमावि, अनाथालय गौसिया, मदरसा बरकातिया,
मदरसा अहयाउल उलुम र मदरसा दारुल उलुम गुलशने मदिनाका
बालबालिकालाई शैक्षिक सामाग्री बितरण गरिएको थियो ।
सोही अवसरमा नगरस्तरीय बाल क्लब संजाललाई संजालको कार्यालय
संचालनका लागि बिभिन्न कार्यालय सामाग्रीहरु पनि प्रदान गरिएको थियो ।
उक्त सामाग्री संजालका अध्यक्ष साहिल अन्सारीलाई हस्तान्तरण गरिएको