वीरगंज,श्रावण ७
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा द्वारा मधेस अधिकारको बिरुध नेपालको संबिधान
प्रारिम्भ मस्यौदा सम्बन्धमा आज वीरगंजमा बिरोध सभा गरको छ । तमसपाका केन्द्रिय सह
अध्यक्ष रामचन्द्र कुशवाहाको सभापतित्वमा सम्पन्न बिरोध सभामा प्रमुख अतिथीको आसनबाट
बोल्दै तमसपाका राष्ट्रिय अध्यक्ष एवं पूर्व सिचाई मन्त्री महेन्द्राराय यादवले ठुला
दलले मधेसवादी शक्तिहरु संग भएको सम्झौता ईमनदारीपुर्वक लागु नगरे
आन्दोलनको आँधीबेरही ल्याउने चेतावनी दिएका थिए । यसपालिका निर्णायक
आन्दोलनमा मधेसी ,आदिवासी ,जनजाती, मुस्लिम,पिछडावर्ग लगायत परिर्वतनकारी
शक्तिहरुले मधेसबाट मधेस बिरोधी गतिबिधी गर्ने राजनितीक दललाई बहिष्कार गर्ने
बेला आएको बताउदै मधेसवादी दलहरुको एकीकरणमा आफनो कुनै दावी वा बिरोध
नरहेको प्रष्ट पारेका थिए । मधेसको नाम लिनबाट हिच्किचाउने ठुला दलका नेताहरुलाई
मधेसीहरुले पहिचान गरिसकेको र नक्कली मधेसीको नाममा ठग्नेलाई अब कुनै हालतमा
नछाडने स्मरण गराउदै काँग्रेस , एमाले र माओवादी भित्रको मधेसी नेताहरुले समेत
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आन्दोलनमा एकवद्धता जनाई सकेको बताउदै
मधेसको लागि निर्णायक आन्दोलनमा सम्पुर्ण जिम्मेवार व्यक्तिहरुले आ आफनो
भुमिका निर्वाह गर्ने बेला आएको बताए ।एक फरक प्रंसगमा सहमतिमा नै संबिधान
सभाबाट नै संबिधान बनोस भन्ने आफनो चाहना रहेको प्रष्ट पारेका थिए । बिरोध
सभालाई सम्बोधन गर्दै सदभावना पार्टीका सह अध्यक्ष एवं सभासद लक्ष्मणलाल कर्णले
मधेसको पक्षमा संबिधान न आए सम्पुर्ण मधेसी सभासदहरुले राजिनामा दिई मधेसको
राजधानी वीरगंजबाटै मधेसको अन्तरिम संबिधान सभा गठन गरी आफनो संबिधान
आफै लेख्ने चेतावनी दिएका थिए । काँग्रेस , एमाले ,माओवादी र फोरम
लोकतान्त्रिकले गरेको १६ बुदें सम्झौताको कुनै अर्थ नरहेको बताउदै स्वार्थ र सत्ताका
लागि मात्र सम्झौता भएको प्रष्ट पारेका थिए । मधेसी मुलका प्रधानन्याधिसले गरेको
फैसला न मान्ने तर पहाडि मुलका न्याधिसले गरेको फैसला मान्ने नेपालको ठुला
भनाउदा दलका नेताहरुले यसपालि देखाएको गाई यात्राले राजनितीक चरित्र र मधेस प्रतिको
प्रेम प्रष्ट झल्किएको छ । जनमत संकलनको नाममा मधेसमा सरकारले गरेको दमन र
शान्तिपुर्ण बिरोधको कार्यक्रममा कायरता पराकाष्ट हुनुको साथै मधेसको लागि मधेसी
सभासदहरुले संबिधान सभा त्यागनुको साथै कुनै कुर्वानी दिन तयार रहेको प्रष्ट पारे ।
मधेसको पक्षमा संबिधान नआए आफुहरु बाध्य भएर स्वतन्त्रता र अधिकारको लागि छुटै
राष्ट्र बनाउने चेतावनी दिदै सरकारले एक जातीको भाषा र भेष लादेर मधेसको सम्पर्क भाषा
हिन्दीलाई समाप्त पार्नुको साथै मधेसको संस्कृतिलाई लोप गर्ने कार्य गरिरहेको
आरोप लागाए । तराई मधेस सदभावना पार्टी पर्साको आयोजनामा बिरोध सभामा संघिय
समाजवादी फोरमका केन्द्रिय उपाध्यक्ष एवं सभासद लालबाबु राउत,तराई मधेस
लोकतान्त्रिक पार्टी सह महामन्त्री जितेन्द्र सोनल,सभासद रमेश कुर्मी,फोरम नेपालका
केन्द्रिय सदस्य बिरेन्द्र यादव,तराई मधेस सदभावना पार्टीका केन्द्रिय सदस्य रामनाथ
बैठा,सदभावना पार्टीका केन्द्रिय सदस्य देवेन्द्र मिश्रा,निजामुदिन समानी,सभासद बिमल
केडिया लगायतका मोर्चाका अगुवा नेताहरुले वीरगंजमा आयोजित बिरोध सभालाई सम्बोधन
गरेका थिए । संघिय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष प्रदिप यादवले स्वागत मन्तव्य
एवं तमसपाका केन्द्रिय सदस्य दिपेन्द्र चौवेले सहजीकरण गरेका थिए ।

Nepalese Rupee Exchange Rate