वीरगन्ज ७ साउन
श्रीमानले विदेशबाट पठाएको रकम नपाएको निहुमा पर्साको निर्मलवस्ती ५ निवासी एक बुहारीले आफनै सासु ससुरालाई फसाउन षडयन्त्र गरेको खुलासा भएको छ । निर्मलवस्ती ५ निवासी कुमारी स्याङ्गताङ्ग र उनकी छोरी सम्झना रुम्बा, नन्द मित्रा देवी स्याङ्गताङ्गले आज नेपाल पत्रकार महासंघको सभाकक्षमा पत्रकार सम्मेलन गरी बुहारी कविता भोलनले आफनै ससुरो र सासुलाई फसाउने षडयन्त्र गरेको खुलासा गरेकी छिन ।
छोरा विनोद डेढ बर्ष अगाडी बैदेशिक रोजगारको क्रममा मलेसिया जादा २ लाख जति ऋण लिएको र छोराले बुबाको नाममा ऋण तिर्नको लागि विदेशबाट रकम पठाउने गरेको र हामीले पनि ऋण तिर्दै आएको उनले बताईन । छोराले पठाएको रकम बुहारीले चलाउन खोज्दा ऋण तिर्ने रकम उसलाई नदिएको निहुमा बुहारीले स्थानिय महिला गोमा उपाध्याय संग मिलेर हामीलाई झुठो आरोप लगाई फसाएको कुमारी स्याङ्गताङ्गले पत्रकारहरु समक्ष आफनो दुखेसो पोखिन । उनले भनिन, मेरो बुहारीलाई चढाई बढाई गरी गोमा उपाध्यायले प्रहरी समक्ष र्पुयाएको र पछि गोमाले विजयबस्ती चौकीमा म मुद्दा मिलाई दिन्छु भनि २० हजार रुपैया माग गरेको थियो ।
गोमा उपाध्याय स्थानिय परालिगल महिला कमिटी संग आवद्ध छिन । माग गरेको रकम आफूहरुले तिर्न नसक्दा बुहारीलाई उचालेर गोमाले प्रहरीमा मेरो श्रीमान विरुद्ध जबरजस्ती करणीको प्रयास गरेको भन्दै झुटो मुद्दा दर्ता गराई हामीलाई फसाएको कुमारी स्याङ्गताङ्गले बताईन ।
श्रीमान विदेश गएपछि चार बर्षिय छोरीको आमा कविताले श्रीमानले पठाएको रकमबाट आफनो माईतीमा सम्पती जोड्ने ईच्छा व्यक्त गरेको र ऋण सधान भएपछि रकम दिने बताउदै आएपनि उसले नपरखेर सुनियोजित ढंगले आफनो ससुरोलाई फसाउन षडयन्त्र गरेको सम्झना स्याङ्गताङ्गले बताईन । निर्मलवस्ती ५ मा कुखुराको मासु बेच्ने व्यवसाय गरेका ५० बर्षिय पदम बहादुर स्याङ्गताङ्गले आफूलाई यौनदुव्र्यहारको प्रयास गरेको भन्दै उनकी बुहारीले दिएको निवेदनको आधारमा विजयवस्ती प्रहरी चौकीले असार १४ गते पक्राउ गरेको थियो ।
प्रहरीले स्थानियको रोहबरमा छलफल गराई पदम बहादुरलाई सोहि दिन छाडेको थियो । यस प्रकरणमा प्रहरीको भुमिका पनि शंकास्पद देखिएको छ । यदी पदम बहादुर बहादुरले यौन दुव्र्यहारको प्रयास जस्तो जघन्य अपराध गरेकै थिए भने प्रहरीले त्यती बेला उनलाई किन छाड्यो ? कुनैपनि महिलालाई दुव्र्यहार गर्नु वा सोको प्रयास गरेको घटनामा मिलापत्र गरि नछाडिने कडा कानुन प्रहरी संग हुदा हुदै पनि मिलापत्र किन भयो त ?
बुहारी कविता र उसको सहयोगि गोमा उपाध्यायले सासुसंग मुद्दा मिलाई दिने भन्दै माग गरेको २० हजार रुपैया नपाएपछि उनीहरुले जिल्ला प्रहरी कार्यालय संमक्ष पुगे । जिल्ला प्रहरी कार्यालयले बुहारी कविता र आफूलाई महिलाअधिकारवादी भन्ने गोमा उपाध्यायको कुरोमा आएर घटनाको सुक्ष्म अनुसन्धान नै नगरी पदम बहादुर माथि मुद्दा दर्ता गरी उनलाई पक्राउ गरेको छ । यसअघि पनि बुहार कविताले रकमकै विषयलाई लिएर बारम्बार झै झगडा गरी स्थानिय भद्रभलादमीका रोहबरमा प्रहरीले मिलापत्र गराएको स्थानियको भनाई रहेको छ ।