संविधानमा कसैलाई काखा–पाखा नगरियोस:पूर्वराजा

क्राइमचेक प्रनिनिधि/
काठमाण्डौ/पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाहदेवले अब बन्न लागेको संविधानमा कसैलाई काखा र कसैलाई पाखा गर्न नहुने धारणा राखेका छन् ।

संसदबाट हालै जारी संविधानको मस्यौदा जनतासामु लगेर सभासदहरूले सुझाव संकलन गरेको भोलिपल्ट अर्थात बुधवार पूर्व राजा शाहले त्यस्तो सुझाव दिएको हुन् । राजधानी काठमाण्डौको हनुमानढोकास्थित महादेवस्थानमा क्षमापूजाकालागि गएका पूर्वराजा शाहले संविधानमा कसैलाई काखा र पाखा गर्न नमिल्ने भन्दै आम जनताको चाहना पनि यही रहेको दाबी गरे ।

संविधानको प्रारम्भिक मस्यौदा जनता र देशहितमा नभएको भन्दै पूर्व राजा शाहले त्यसको संशोधन गर्न सुझाव समेत दिए ।

झण्डै एक घण्टासम्म क्षमापूजामा सहभागी गरेपश्चात पूर्व राजा शाहले गत वैशाख १२ को भूकम्प र त्यसपछिका पराकम्पनले क्षति पुर्‍याएका हनुमानढोकाका परम्परागत धरोहरको अवलोकन गरेका थिए । सो क्रममा लाखौंको संख्यामा उपस्थित जनसाधारण नेपालीहरूले राजा आउ देश बचाउ, हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ लगायतका विभिन्न गगनभेदी नारा लगाएका थिए । जनताले पूर्वराजा शाहलाई राजसंस्थाको झझल्को दिनेगरी रातो कार्पेट बिछ्याएर स्वागत गर्दै फूलमाला बर्साएर स्वागत गरेका थिए । सो क्रममा उपस्थित जनसाधारणको भीडलाई व्यवस्थापन गर्न सुरक्षाकर्मी र स्वयंसेवकहरूलाई निकै गाह्रो परेको थियो ।


प्रकाशित मिति:२०७२ साउन ७ गते बिहीवार

SHARE THIS

Author:

Facebook Comment