त्रिलोचन कोइराला
आफूलाई चिनाउन कला क्षेत्रमा लाग्ने धेरै छन नाम कमाउने सजिलो बाटो बनेको छ कलाकारिता । यसैको पछिल्लो उदाहरण हुन माडल सबिता आचार्य । लगनसिलता मेहनत निरन्तरता अनि जिम्मेवारी भएर कुनै क्षेत्रमा लाग्दा सफलता अनि आत्मसन्तुष्टि मिल्दो रहेछ सबिता उत्साहित हुदै आफ्नो संघर्षको दिनहरु सम्झिन्छिन ।
बाल्यकालमा गुल्मीका गाउमा गरेका अभिनय , साथिभाईहरु गरिने नाचगान अनि सस्कृतिक कार्यक्रममा सहभागिता हुदाहुदै मोडलिङमा रम्ने उनले संकल्प गरिसकेकी थिन । ‘तीब्र इच्छा भएपछि कसैले पनि रोक्न सक्ने कुरानै भएन सबिताले भनिन ‘ दुइ बर्ष अगाडी युएईमा भेटिएका पत्रकार तथा मोडल एल बि ढेगासंग भेट भएपछि मोडलिङमा लागेँ । इच्छा भएकाले अभिनय गर्न गाह्रो पनि भएन । सबिता तिन बर्ष देखि युएईमा रोजगार गर्दै फुर्सदमा कलाकारिता तथा समाजसेवामा क्रियासिल छिन ।
पहिलो पटक २ बर्ष अगाडि मनिषा राईको “साथ साथ” गीतिएम्बमको “कसैलाई हसाउने कसैलाई रुवाउने”, गित बाट मोडलिङमा प्रवेश गरेकी सबिता लगतै बिन्दु राईको गीत “यस्तै भयो यो जुनिमा” म्युजिक भिडियोले युएईको मोडलिङमा परिचित बनायो । सावित्री गिरीको काठमाडौ जादा लगाएको माया र होमनाथ कूवरको लोकगीत अन्तै माया सरिसकिछेउ लगाएतमा म्युजिक भिडियोमा आफ्नु प्रतिभा देखाई सकेकी छिन । आफनै मेहनत बाट यस क्षेत्रमा अगाडी बढ्दै गरेको बताउने सबिता मोडलिङमा बिस्तारै सफलताको पाइरहेकी छिन ।सबिताले भनिन ‘बरु थोरै म्युजिक भिडियोमा खेल्छु तर गुणस्तरीय काम गर्छु ।’ अहिले सम्म सिक्दैमा बनेका भिडियो तथा प्राबिधिक समस्याले अल्झिएका म्युजिक भिडियोमा देखिएको बताउदै सविताले अब छानेर मात्र काम गर्ने बताइन ।’ अहिलेसम्म लभको चक्करमा नफसेको बताउँने सबिता झुटो नबोल्ने र नारीको सम्मान केटा मन पर्छ भन्छिन ।

Nepalese Rupee Exchange Rate