छपकैया छठघाट समितीको आन्दोलन तेस्रो दिन पनि जारी

 वीरगंज,३०,असार
बर्षौदेखि सार्वजनिक पोखरीको रुपमा भोगचलन गर्दै आएको छपकैया स्थित छठघाट  पोखरी सर्वोच्च अदालतको निर्णय पछि व्यक्तिको हकदावी भएको भन्दै सो को बिरोधमा छपकैयाका स्थानिय बासिन्दाले तिन दिन देखि प्रर्दशन गरिरहेका छन् ।
आज  नेपाल पत्रकार महासंघ पर्सा शाखाको ज्योतिसभाहलमा आज पत्रकार सम्मेलन समेत गरेका छन् । संसारीमाई तथा छठपुजा संचालक समिती छपकैयाका अध्यक्ष प्रदिप राउतको नेतृत्वमा  रहेको पत्रकार सम्मेलनमा स्थानिय अगुवाहरु सत्यनारायण ठाकुर,दिनानाथ साह सोनार,मुन्ना साह सोनार,जितेन्द्र पटेल,धुव्रसाह सोनार,भिम सर्राफ, जगदिश साह,मुकुन्दनारायण अचार्य, महम्द साहबुदिन, मनोज चौधरी, मनोज राउत, रितेश शर्मा, जुगुल किसोर ठाठुर ,बिन्दा साह कुर्मी, राधेश्याम सोनी,हिन्दुवादी नेताद्वव ज्योतिलाल कलवार र बिनय यादव लगायतको सहभागिता रहेको थियो ।
सम्मेलनमा बोल्दै स्थानिय अगुवाहरुले २०२१ सालको नाप नक्सामा सार्वजनिक कायम गरेको छठघाट पोखरी प्रमोद बिक्रम साहले २०४६ सालको नयाँ नापीमा आफनो नाममा दर्ता कायम गरेपछि बिवाद भएको हो । बर्षौदेखि सार्वजनिक पोखरीको रुपमा भोगचलन गर्दै आएको र हिन्दु रितीरिवाज अनुसार धुमधामका साथ छठपुजा सदियो देखि हुदै आएको बताउदै केही भु माफिया तथा जग्गाका दलालहरुले हाम्रो आस्था माथी खेलवाड गरेको प्रति कडा आपती जनाएका छन् । सो जग्गा फिर्ता नभएसम्म कडा आन्दोलन गर्ने  पत्रकार सम्मेलनमा अगुवाहरुले बताए । आर्थिक चलखेल गरि छठघाटको ईतिहास एवं हिन्दुत्वलाई समाप्त पार्ने चलखेल गरिरहेको हुनाले आन्दोलनबाट जस्तोसुकै शक्तिलाई परास्त गर्न सकिने बताए ।
छपकैया स्थित छठघाट  पोखरी सर्वोच्च अदालतको निर्णय पछि व्यक्तिको हकदावी भएको भन्दै सो को बिरोधमा छपकैयाका स्थानिय बासिन्दाले तिन दिन देखि प्रर्दशन गरिरहेका छन्तिन बिगहामा रहेको सार्वजनिक छठघाट पोखरीलाई सार्वजनिक गर्न माग गदै बिरोध कार्यक्रम निरन्तर जारी राखने समितीका अध्यक्ष राउतले बताए । स्थानिय हिन्दुहरु पुस्तौ देखि छठघाट पोखरी सार्वजनिक रहेकोमा नयाँ नापीबाट व्यक्ति बिशेषको नाममा नामकारण गर्ने निर्णय गर्नु सर्वोच्चका न्यानधिशहरुको गलत निर्णय भएको भन्दै आक्रोस व्यक्त गरेका थिए । छपकैया पोखरीबाट निकालिएको बिरोध रयाली नगर परिक्रममा गरी हिजो  पर्साका प्रजिअलाई ज्ञापन पत्र समेत बुझाएका थिए ।  

SHARE THIS

Author:

Facebook Comment