दिनेश ठाकुर
नेपालगंज ३० असार नेपालगन्जको अति व्यस्त सुर्खेतरोडस्थित धम्बोझीमा सोमबार दिउसो एकजनालाई खुँडा प्रहार गरी हत्या गरिएपछि नेपालगन्ज तनावग्रस्त भएको छ । एमाले निकट युवा सङ्घका नेपालगन्ज उप–महानगर कमिटी सदस्य चेतन मानन्धरलाई धम्बोझी नजिकै सुर्खेतरोडमा आक्रमण गरी हत्या गरेपछि हत्यामा संलग्नलाई तत्काल पक्राउको माग गर्दै मङ्गलबार मानन्धरका समर्थकहरुले नेपालगन्जका विभिन्न स्थानमा सडकमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । विपी चौक, धम्बोझी चौकमा टायर बालेर आवागमनमा समेत अवरुद्ध गरिएको छ ।
मानन्धरलाई खुँडा प्रहार गर्ने रिगल ढकाललाई तत्काल पक्राउ गरी कारवाही गर्न प्रदर्शनकारीले माग गरेका छन् ।
सोमबार दिउसो एक समुहको आक्रमणपछि मानन्धरको दाया हात चुडिएको
थियो । मानन्धरलाई तत्कालै उपचारका लागि शिक्षण अस्पतालमा पु¥याइएकोमा अस्पतालले राजधानी रिफर गरेको थियो । तर बिमानस्थल पु¥याउन नपाउदै मानन्धरको निधन भएको थियो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक बशन्त पन्तले मानन्धरको हत्यामा संलग्नमध्ये मुख्य अभियुक्त रिगल ढकाल फरार रहेको जानकारी दिनुभयो ।
घटनामा संलग्न सातजना पक्राउ परेका छन्, एसपी पन्तले भन्नुभयो,– तर मुख्य अभियुक्त ढकाल फरार भएकाले खोजी कार्यमा तिव्रता दिएका छौं, भारततर्फ भाग्न नदिन भारतीय सुरक्षा निकायसँग समन्वय गरिरहेका छौं ।
प्रहरीका अनुसार प्रशान्त गौतम, नवराज खत्री, विशाल बस्नेत, मोहन खड्का, केशब रोकाय, माधव नेपाली र प्रितम थापा पक्राउ परेका छन् ।
सोमबार हत्या गरिएको मानन्धरको शव शिक्षण अस्पतालमै राखिएको छ । रिगल पक्राउ नपरेसम्म शव नउठाउने अडान परिवार र समर्थकले लिएका छन् ।
यसैबीच नेकपा एमाले बाँकेको नेतृत्वले मङ्गलबार जिल्ला प्रहरी कार्यालय बाँकेमा पुगेर आप्mना कार्यकर्ता मानन्धरको हत्यामा संलग्न रिगललाई तत्काल पक्राउ गर्न माग गरेको
छ । मानन्धरको हत्यामा संलग्न भन्दै प्रहरीले खोजी गरिरहेका रिगल नेपाली काङ्ग्रेस निकट तरुण दल बाँके क्षेत्र नम्बर ३ का सभापति हुन् । यसैबीच नेपालगन्जमा खुँडा प्रहार गरी एकजनाको हत्या गरिएको भोलिपल्ट बाँकेको कोहलपुरमा धारिलो हतियार प्रहार गरी एकजनालाई गम्भिर घाइते बनाइएको छ । मङ्गलबार विहान शिक्षण अस्पताल कोहलपुर नजिकै कोहलपुर ११ का विकास श्रेष्ठलाई धारिलो हतियार प्रहार गरी घाइते बनाइएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक टिकाबहादुर केसीले जानकारी दिनुभयो । श्रेष्ठलाई सोही ठाउँका मनोज पौडेलले हतियार प्रहार गरी घाइते बनाएको प्रहरीले जनाएको छ । टाउको चोट लागेका श्रेष्ठलाई थप उपचारका लागि नेपालगन्ज शिक्षण अस्पतालमा ल्याइएको छ । प्रहरीले पुरानो बिवादमा हतियार प्रहारी गरिएको अनुमान गरेको छ ।
‘‘‘‘‘‘‘‘‘‘‘‘‘‘‘‘‘‘‘‘‘‘‘
इजरायलको कृषि प्रविधिबाट नेपालले धेरै फाइदा लिन सक्छ
दिनेश ठाकुर
नेपालगंज २९ असार नेपालका लागि इजरायली राजदुत एरोन मेयर (थ्बचयल ःबथभच) ले इजरायली प्रविधिबाट नेपालले कृषि विकासमा राम्रो प्रगति गर्न सक्ने बताउनुभएको छ । नेपालगन्जमा मङ्गलबार आयोजित पत्रकार भेटघाटमा राजदुत मेयरले नेपालबाट इजरायल पुगेका प्रशिक्षार्थी युवाले राम्रो काम गरिरहेको बताउनुभयो । यस कार्यक्रमबाट नेपाल र इजरायल दुबैले लाभ पाएको उहाँको भनाई छ । कृषि प्रशिक्षार्थीले सिक्नेक्रममा नेपाल सहाउदो बनाउन लागिपरेको उहाँले बताउनुभयो ।
राजदुत मेयरका अनुसार इजरायलमा सिकेर आउने युवा युवतीले नेपालमा व्यावसायिक कृषिमा राम्रो गरिरहेको उहाँले बताउनुभयो । नेपाली युवा युवतीले इजरायलबाट माटो, सिँचाई, फर्म व्यवस्थापन, बजारीकरण लगायतका विषयमा सिकेर आउने र नेपालमा प्रयोग गर्ने गरेका छन् ।
साना किसान विकास बैङ्का अध्यक्ष खेमबहादुर पाठकले इजरायलमा पछिल्लो पटक तीनबर्षअघि प्रशिक्षार्थी कामदारका रुपमा नेपाली युवायुवती जान थालेको बताउनुभयो । सुरु बर्षमा २०४ जना इजरायल गएकोमा बर्षेनी यो सङ्ख्या बढ्दोक्रममा रहेको छ । इजरायलमा सिप सिकेर आएका युवायुवतीले व्यावसायिक रुपमा राम्रो काम गरिरहेका
छन् । अध्यक्ष पाठकले भन्नुभयो,– व्यावसायिक कृषिका लागि बैङ्कले पुँजीको अभाव हुन दिदैन् ।
बैङ्का प्रमुख कार्यकारी अधिकृत जनककुमार शर्माका अनुसार, यसबर्ष मध्य र सुदुरपश्चिमका जिल्लाबाट ११० जनासहित मुलुकभरबाट ६४५ जना युवायुवती प्रशिक्षार्थीका रुपमा इजरायल जादैछन् । इजरायल गएका युवायुवतीहरुले करिब १० देखि ११ महिनासम्म पढ्ने सिक्ने र काम गरेर आम्दानी पनि गर्न पाउँछन्, प्रमुख कार्यकारी अधिकृत शर्माले भन्नुभयो,– एकै व्यक्तिले एकपटकमा पाँच देखि १० लाख रुपैयासम्म बचाएर ल्याउने गरेका छन् ।
नेपालमा युवाहरुलाई कृषि पेशामा आकर्षित गर्नका लागि इजरायली दुतावास र बैङ्कले सिक र कमाउ कार्यक्रम ल्याएको हो । सन २००२ देखि यो कार्यक्रम सुरु भएकोमा प्रशिक्षार्थीहरु इजरायलमा लुकेर बसेपछि धेरैबर्ष बन्द भएको थियो । तर पछि बैङ्कले प्रशिक्षार्थी इजरायलमा लुक्न नसक्ने गरी कार्यक्रम बनाएपछि तीनबर्षअघिदेखि फेरी सुरु भएको हो । प्रशिक्षार्थीका रुपमा जाने युवा साना किसानका छोराछोरी २२ देखि ३० बर्ष उमेरको हुनुपर्ने र कम्तीमा १२ कक्षा उत्तिर्ण गरेको हुनुपर्छ । यसैगरी प्रशिक्षार्थी नभागुन भनेर अभिभावकले १० लाख रुपैयाको जमानत गर्नुपर्छ भने साना किसान सहकारीलाई पनि जवाफदेही बनाइएको हुन्छ । सुरुमा २०४ जना प्रशिक्षार्थी इजरायल गएकोमा गतबर्ष ५१५ जना इजरायल पुगे । उनीहरु फर्कनेक्रम जारी छ । यो बर्ष छनौटमा परेका युवायुवती अगस्तपछि इजरायल जान सुरु हुनेछ । यसैबीच नेपालगन्जमा भएको प्रशिक्षार्थी छनौटमा राजदुत मेयर स्वयम सहभागी हुनुभएको थियो ।