बुहारीले घरबाट निकाल गरेपछि वृद्ध दम्पत्ती सडकमा

दिनेश ठाकुर
नेपालगंज / बुहारीले घरबाट निकाला गरेपछि बाँकेको नेपालगन्ज उपमहानगरपालिका २३ इन्द्रपुर कर्मोनाका एक वृद्ध दम्पत्ती सडकमा पुगेका छन् । बुहारीले घरबाट निकाला गरिदिएपछि बाँकेको रनियापुरस्थित छोरी ज्वाईको घरमा बस्दै आएका उनीहरुलाई बुहारीले ज्वाईलाई झुटो मुद्धामा फसाएको भन्दै बसिरहेको घरबाट समेत निकाला गरिएपछि वृद्ध दम्पत्ती सडकमा पुगेका हुन् ।
  कर्मोनका  घुरो जरवट र कोइली जरवटको नाममा सात कठ्ठा जग्गा र घर थियो । सोही जग्गा र घर पाउनका लागि बुहारी र गाउँकै केही व्यक्तिले षड्यन्त्र गरी छोराको हत्या गराएको र सम्पत्ति पनि लिएको करवट दम्पत्तीको दावी छ । करवटको नाममा भएको मध्ये तीन कठ्ठा जग्गा गाउँकै शम्भु अहिरको नाममा नामसारी भएको छ ।
एक कठ्ठा जग्गा पास गर्ने भनेको तीन कठ्ठा जग्गा पास गरेछन् , बिहिवार नेपालगन्जमा पत्रकारहरुसँग करवट दम्पत्तीले भन्नुभयो,– तर हामीलाई एक पैशा पनि दिएका छैनन् । करवट दम्पत्तीले छोरी जवन्तीलाई चार कठ्ठा जग्गा बकस गरेका थिए । तर बुहारीले ललाईफकाई र धम्काई सो जग्गा दुई बर्षिय नाबालक छोरा नन्दकिशोरको नाममा  नामसारी गराएको करवट दम्पत्तीले बताउनुभयो । तर घर भने एकजना गुप्ता थरका व्यक्तिलाई विक्रि गरेको उहाँहरुले बताउनुभयो ।
बुढेसकालमा बस्ने घरबास नभएपछि पीडित बाँके इन्द्रपुरका वृद्ध दम्पत्ती । तस्बीर दिनेश ठाकुर्
कोइली र घुरेका एकमात्र छोरा खेमराज करवट  बैदेशिक रोजगारीको सिलसिलामा रहेको समयमा करवट दम्पत्तीको बुहारी सुशिलसँग विवाद झनै बढेको थियो । बुहारीले कुटपिट समेत गर्ने गरेको उहाँहरुले बताउनुभयो ।
 पछिल्लो समय करवट दम्पत्ती छोरीको घरमा बस्दै आएकोमा छोरीका सासुससुराले  छोरा शोभारामलाई फसाएको भन्दै त्यहाँ बस्न नदिएपछि वृह दम्पत्ती छोरीका नाबालक दुई सन्तानसहित न्याय माग्दै नेपालगन्ज सम्म पुगेका हुन् ।
 गएको असार ३२ गते करवट दम्पत्तीका एकमात्र छोरा  खेमराजको विषादी सेवनका कारण मृत्यु भएको छ । करवट दम्पत्तीले बुहारी सुशीलाले जबरजस्ती बिष सेवन गराई  हत्या गरेको भन्दै जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दिएका छन् । बुहारी सुशीलाले पनि पति खेमराजको जबरजस्ती हत्या गरेको भन्दै खेमराजका बहिनी ज्वाई शोभाराम लगायत विरुद्ध किटानी जाहेरी दिएकी छन् । प्रहरीले शोभारामसहित दुईजनालाई नियन्त्रणमा लिएको छ । 

SHARE THIS

Author:

Facebook Comment