राष्ट्रियतामा धक्का लगाई रहँदा

– निशा खनाल अर्याल

" नेपाली शासकहरुको राष्ट्रियता पछिको चिन्तन भन्नु ,गैर राष्ट्रियताको चिन्तन नै नेपालका समस्याहरु हुन् कि ?"
परापूर्वकालदेखि नेपालका समस्याहरुलाई गहिरिएर चिन्तन गर्ने हो भने दुइ किसिमका समस्याहरु बाहिर जटिल रुपमा खडा भएको देखिन्छ ! ती दुइ अबस्था भन्नु नै नेपाली शासकहरु यदी राष्ट्रियता प्रति गम्भीर भएभने र अर्को अवस्था भनेको नेपाली शासकहरुको नेपाल राष्ट्रियता प्रति उदाशासिनता छाउनु जस्ता अबस्थाको समस्याहरु बाहिर देखा पर्ने गर्दछ !
यसरी मैले नेताहरुमा उदासिन; भएमा भन्नुको तात्पर्य नेपालको सामाजिक सुरक्षा,प्राकृतिक सम्पदा ,नेपालको अखण्डता,अर्थात् नेपाली भूमिको अतिक्रमण र नेपाली कानुनको उलंघन ,सुर्क्षाकर्मी र देश रक्षक आर्मी प्रतिको दबाव जस्ता कानुन उलंघन खण्डित हुँदा नेपालका नेताहरु,नेपाली शासकहरु त्यो अबस्थामा उदासिन हुने गर्दछन !
जनताहरुले यस्ताकुराको अहिले आएर देशमा नेपाली जनतामा भएको जटिल र दुखदायी अबस्थामा कसैको दबाव वा हस्तक्षेप प्रति चित्त बुझाउने छैनन !
यदी देशभित्र कुनैपनि खुरापाती वा कसैले दिने दबाव वा उनिहरुको व्यक्तित्वमा आँच आउने खालका अबस्था सिर्जना भएमा नेता र जनता दुइ पक्षमा विभाजित हुने कुरा निश्चित छ !
त्यस्तै जनताले राष्ट्रियता प्रति वेवास्ता गरेको पाएमा नेताहरुसंग हजारौ प्रश्न गर्नेछन अनि राष्ट्रिय जगर्नाको उपाय कौशल्य जनताले एकजुट भएर आफै सोच्न बाध्य हुनेछन साथै उनीहरु कोहिपनी चुप नलागी देशमा हुन् वा बिदेशमा छरिएका नेपाली हुन मातृभूमि रक्षाकोलागि प्रश्नहरु चट्टान पछिको असिना झैँ गरेर बर्साउनेछन !
१) पत्रपत्रिका बाट अनेकौ विरोध गर्दै उनीहरुको कर्तुतलाई झिल्ली उठाउदै सबै जनमानसको सामु ल्याउने छन !
२) नेपाली शासकहरु लगायत नेपालभूमिमा जगमगाउदै हुकुम गर्न खोज्ने विदेशीहरुको हस्त्क्षेप,जवर्जस्ती धर्म परिवर्तन गराउदै नेपालमै राज गर्न खोज्ने दलालहरुलाई गोर्खाली खुकुरीको धारले तेर्साउन बेर लाउनेछैन !
३)प्रचार ,पुस्तक ,पम्प्लेट,भिडियो प्रसारण आदिको प्रयोगबाट आफ्नो देशको भौतिक सम्पदाको खोजि गर्न ,बौद्धिक विचारको गोष्ठी,विरोध आन्दोलन,सभासन,विभिन्न जनमानसमाको सभाहरु,,जुलुस यारली, बन्द आन्दोलन जस्ता कार्यले तहस नहस गर्ने छन भने त्यस्ता अबस्थामा नागरिक अथवा देशवासीहरुको राष्ट्रियता प्रतिको जगरूप हुन्गए भने नेताहरु उदास र बैचनी हुने मात्र हैन उनीहरुलाई घरभित्रको खान वा वस्न धौ धौ निश्चित छ !
त्यस्तै कुनै बेला ढाकछोप गरिएका नेपालभित्रको गतिबिधि जनताहरुको सामु देशभित्र भएको जटिल समस्याहरु जबसम्म उनीहरुको सामु आइ पुगेको हुँदैन वा आफ्नै आखाँले देख्न र कानले सुनेका हुँदैन् त्यो अबस्थामा छिमेकी राष्ट्र अथवा कुनै पनि विदेशी राष्ट्रहरुले नेपाल देशभित्र पसेर मुसाले भित्रभित्रै सुरुंग खनेर घरलाई भत्काउन थाल्दा घरभित्र कै मानिसले त्यो खनेको सुरुंगमा आगो लगाएर भित्रै सबै मुसाको नष्ट गरे झैँ गरि नेपाली जनतालाई बाहिरको राष्ट्रले आएर आफ्नो वशमा शासन र धम्कि दिने गर्दछन भने त्यो बेला उनीहरुको आखाँ अगाडी प्रत्येक्ष चलचित्र झैँ देखिने " देशकै सुलसुले चम्चा नेताहरुकै आडमा हक देखाउदै,धम्काउने,लत्याउने,तछाडमछाड गर्ने वा जवर्जस्ती गर्ने ,त को होस् हामीलाई रोक्ने भनेर देशभित्र कै आर्मी,पुलिस देशका सुरक्षाकर्मीलाई नै पावरको धम्कि दिने जस्ता क्रियाकलाप गरि आफ्नै वाउको सम्पति झैँ नेपाललाई पैसाको बलबुतामा निजि परिवर्तन गरिसकेपछी आफ्नो रवाफ,धाक,हुकुम जब देखाउन थाल्दछन त्यो जनतालाई अपच हुनुमात्र हैन विदेशी राष्ट्रबाट देशमा आएका नागरिकले गर्ने क्रियाकलापबाट असयीय भएपछी जब उनीहरुको र नेताको कलर तान्न थाल्छन अनि त्यो बेलामात्र नेपाली शासकहरु राष्ट्रियता प्रति गम्भीर हुन थाल्दछन !
हिजो आज बढी इण्डिया न्युजले हाइलेट गरेको समाचार चर्चाको विषय भएको छ कि नेपालले चीनलाई -:उत्तरी क्षेत्रबाट काठमाण्डौको पाच खाल सम्म रेलमार्ग निर्माण गर्न स्वीकृति दिनु , !
यसरी नेपाल र चिन बिचको सन्धिले इन्डियाका राजनीति कर्ताहरुलाई वेजोडको टाउको दुख्नु ,!
पत्रपत्रिका ,मिडियाहरुमा बिभिन्न अपवादका कुराहरु फैलाउदै प्रचार प्रसार गर्ने र उनीहरुको वाउको पैतृक सम्पति नै लुटिए झैँ गरि बख्यान गर्दै सबैभन्दा ठुलो चित्त दुखाइ समाचारहरुमा प्रसार गर्छन कि लौन नेपालको सगरमाथा विश्वकै सबै भन्दा ठुलो शिखर खण्ड गरि फोरेर बाटो ल्याउने भएपछी २०२० सम्म नेपालको राजधानी काठमान्डौलाई जोड्ने भएँ !
यस्तो किसिमको चाइनाले गरेको नेपाल प्रतिको सहयोगी प्रयासबाट विरामीले ग्रस्त भएको इण्डियाका खुरापाती नेताहरुलाई खापिसक्नु भएको छैन अहिले !
यो चाइना र नेपालको बाटो जोडिनु मात्र नभएर दुवै बिचको सम्बन्ध घनिष्ट हुने डरले र राष्ट्रद्रोही नेताहरुलाई आफ्नो पैसाको डलरले किनेर नेपालको सिमानालाई कब्जा गर्न पल्केको नेताहरुको सड्यन्त्र सायद नेपाललाई इण्डियाको बजार बनाउने उनीहरुको शक्तिमा धमिरा लाग्ने भयले हुनसक्छ इन्डियालाई ठुलो चोट परेको र धेरै क्षति हुने झैँ गरि टाउको दुखाई भएको देखिन्छ हिजो आज !
हुन् त भूकम्प आउनु अघि नेपालमा इन्डियाको प्रधानमन्त्री आएर नेपालको महत्वपूर्ण ठाउहरु अबलोकन गरि देशभित्रको महत्वपूर्ण बिशेषताहरुको जानकारी लिदै सौन्दर्य,प्रख्यात मन्दिर पशुपति नाथ,लुम्बिनी सिद्धार्थ गौतम ,जनकपुरको जानकी मन्दिर ,विश्व मै नाम कमाएको उच्च शिखर सगरमाथा उनीहरुको आखाँमा धपधपी बलेकोले ,हाउभाउ कटाक्छ्य गरि मोहमा नेताहरुलाई लटपटाउदै मिठो भाषण दिदै "हम नेपाल के लिए कुछ भी करंगे "भन्दा नेपालका गिदी बिहिन नेताहरुले पटट ताली पड्काएको देख्दा म राजनीतिको र सम्म नजान्ने पनि नेपाल देशको नेपाली छोरी भएको कारण उसको खुरापाती नेपालका प्रसिद्ध मनमन्दिरहरु प्रतिको तृष्णा हाम्रो आखाँमा झल्झली हुन्थ्यो भने देशका छवी राष्ट्रका गौरव पद र कुर्शीमा राजगर्ने नेताहरुले नपत्याउदो गरि देशलाई नै गरिबको संकेत दिदै कुकुरलाई मासु दिए झैँ गरि हड्डी फ्याक्दै उसलाई अल्झाएको हुन्छ न कुकुरको पेट भर्छ न उसले हड्डीलाई छोड्न सक्छ हो ठिक त्यस्तै गरि उनीहरुको मर्यादा,शान,र इज्जतको झिल्ली उठाएको सम्म नबुझ्ने नेताहरुको विवेक कहाँ पुगेको थियो होला ? आखाँ छैन भनौ भने पावरका चस्मा लगाएर पनि हेर्न छोड्दैनन गिदी छैन भानु भने राष्ट्र कै जिम्मेवारी काधमा लिन्छन तर अरु राष्ट्रका नेताले आफ्नो देशको भेषभूषा,संस्कृति ,देवी देवताको पवित्र स्थल नेपालको परिचय दिदा रतिभर पनि लाज नमानी देशभित्रका बहुमुल्य कुराहरु अन्य राष्ट्रका भने पछी ताली पड्काए,टाउको हल्लाए,मालिकलाई कुकुरले देखेर हल्लाए झैँ गरी !
जति जति टाउको हलल्याए,ताली पड्काए त्यो बेला उसले "आगोमा धिउ हाल्ने मौका र कुकुरलाई मासुको चोक्टा दिएर लोभ्याई सधै घरको ढोकामा आउने वातावरण बनाउन सजिलो देख्यो र भाषण दिदै भन्यो
" हर नेपालीका आशुँ पोछेंगे " हर किसिमका सहयोग करने पर पिछे नही हटेंगे" ! नेपाल हमारा है हम दुख मे साथ रहेंगे " तर यो कुरालाई न कुनै नेताले गम्भीर रुपमा लिए न कुनै बुद्धिजीवीले प्रश्न चिन्ह उठाए ..!
आज आएर चाइना र नेपालको सिधै सम्बन्ध हुने कुरामा इन्डियाको मगज खलबलिनुको कारण के हुन् सक्छ त ?
अहिलेको अबस्थामा सर्व साधारण नेपाली जनताले समेत आखाँ चिम्म गरेर बुझ्न सक्ने भएकाछन भने नेताहरुको नजर,विवेक ,सोच त्यहा सम्म किन पुग्न सकी रहेको छैन ?
,अहिलेको अबस्थामा नेपाललाई आफ्नो अघिन बनाउने खुरापाती इण्डियन राष्ट्रका नेताहरुले नेपाल देशभित्रै तयार पारेका मधेसका पृथकतावादी नेता नामले डा.पेसा ,तर व्यवहार आंतक मचाउने नेता सिके राउत,सदभावनाकि महिला नेता सरिता गिरी जस्ताले नेपालमा भएका चौध अंचल पच्छ्त्तर जिल्लाभरी जहापनि जुनसुकै बेला बसोबास सराइ बसाई गर्न सक्ने नेपाल देशका नेपालीलाई झनै अहिलेको अबस्थाले ग्रसित भुकम्प पीडित नेपालीलाई आफ्नै देशभित्रको तराईमा बसोबास गराए गृहयुद्ध हुने चेतावनी दिनुले के पुस्टि गर्छ त इण्डियालाई ?
सिके राउत भनेको एउटा ब्यक्ति हो उसको नशामा नेपाल प्रतिको गद्दारी खुन बगेकोछ ,जहाँ खायो,बस्यो त्यही थालमा छेद गर्यो,जहाँ सुत्यो त्यही घरमा आगो लगायो" तर नेपाल देश नेपाली जनताको हो भन्नेकुरा उसले कसरी बिर्सियो ? नेपाल देशभित्र नेपालीको अधिकार खोस्न आउने सिके राउत र सरिता गिरी को हुन्?
नेपाली गएर जहाँ सुकै बसोबास गरुन के नेपाल देशको तराई उनीहरुको वाउको पैतृक सम्पत्ति हो र?
यदी कुनै ब्यक्ति इन्डियाबाट आएर नेपालमा बसोबास गर्छ वा नेपाली नागरिकता केहि लालची कर्मचारीहरुबाट खरिद गरि घर बनाउदैमा ऊ नेपालको सच्चा नेपाली नागरीक बन्न सक्दैन किन कि उसको नशामा आफ्नै देशको संस्कार,व्यवहार र उ जस्तो वातावरणमा हुर्किएको हुन्छ त्यस्तै हुने भएकोले उसको हरेक गतिबिधि ,क्रियाकलाप र सिकाएर पठाएको इण्डियाको पालिएको छाडा कुकुर झैँ अरुलाई झम्टिनु हो भन्ने उसलाई बुझाइन्छ भने नेपालमै बसोबास गर्ने तर नेपालकै विरोध र आतंक फैलाउने यस्ता चेतावनीले भूकम्पको पीडामा छट्पटीएका नेपालीकालागि चिरिएको पाखुरामा नुन–चुकको मलम लगाउनु झैँ भएको छ अहिले यो कुरामा राष्ट्रका नेताहरु किन गुपचुप छन् ? सिके राउतले नेपालकै नारीहरु र देश रक्षकहरु माथि प्रश्न उठाउदा किन सरकार मौन छ ?
,भने देशभित्रै आएर यस्ता किसिमका अपवाद र देशद्रोही गतिविधि सञ्चालन गर्ने र समाजद्रोही अभिव्यक्ति दिने छुट् दिनुको कारण के हो ?
नेपाल देशमा गरिमामय कुर्शीमा बसेर देशको हित र रक्षाको लागि हामी मारी मेट्ने छौ भनेर सपथ खाने नेताहरुलाई हामी सम्पूर्ण नेपाली जनताको यो गम्भीर प्रश्न रहेको छ !
यस्ता नेपाली पन र मानवता नभएका इन्डियाको बख्यान गर्ने इन्डियन नागरिकलाई नेपालमा नेपालीकै बिरोधमा बोल्ने अधिकार कसले दियो ?
नेपाली जनता नेपालका हुन नकि इन्डियाको दलाल तसर्थ नेपाली जनतालाई जहाँपनि ब्यबस्थापन गरेर राख्न सक्ने अधिकार छ राज्यलाई तर राज्य मै प्रश्न चिन्ह उठाउने सरिता गिरी र सिके राउत यी कस्ता नेपाली हुन ?
नेपालको आफ्नो इच्छामा राज्यले देशको हितकोलागी जस्तो सुकै कार्य गरेपनि जोसंग सम्बन्ध राखेपनि इण्डियाको चित्त र टाउको दुखाई ,ज्यादा किन देखिन्छ ?
के नेपालका नेताहरु सबै इण्डियाको दलाली हुन् र ? उनीहरुकै अधिनमा सबै छन् त ?
कतै नेपालभित्र केहि भाग कब्जा गरे झैँ गरि केहि नेताको आडमा देश नै आफ्नो कब्जामा लिने इण्डियाको नियत त हैन?
किन आवश्यक भन्दा बढी भारतलाई नेपालको राष्ट्रियता प्रति चासो र टाउको दुख्छ ?
यस्तै इण्डियाले "प्यारा डाइज लष्ट " नेपाल "इज अ फेलिएर इस्टेट"भन्ने पुस्तक अमेरिकाबाट लेखायो हुन् सक्छ प्रयोगशाला पनि इण्डिया कै तर्फबाट न्यूजित लेखाइएको र जसबाट नेपालको तेजोसद्ध होस् र नेपालीहरुमा देशप्रतिको विश्वाश,भरोशा कम होस् भन्ने मनसाय थियो होला भन्ने आज जो सुकैले त्यो पुस्तक पढे बहने अनुमान गर्न सक्छन !
त्यस्तै गरि भारतका विद्धान मानिने राजनीति,दार्शनिक शास्त्री,एस डी मुनिले पनि धेरै नलेखेका होइन् अहिले सिके राउत,र सरिता गिरी,जस्ता कुपात्रहरु लगायत कतिपय पहाड र तराइमा पनि अपवाद फैलाउदै काम गर्दै होलान भने कोहि पहाडी अनुहारमा त कोहि शासक र उच्च पदस्त पदाधिकारीको अनुहारमा त्यति मात्र नभएर नेपाली दार्शनिकहरू,राजनीति शास्त्रको विद्धानहरुको नामहरु "प्यारा डाइज लस्ट "र "एस डी मुनिका "पुस्तक प्राय विद्धानहरु ,राज्यको हितमा काम गर्छु भन्ने नेताहरुले तथा पढे लेखेका नेपाली दाजुभाई दिदीबैनीहरुलाई थाहै नै होला भन्ने लाग्छ त्यो पुस्तक भित्रका कुराहरु पढन ,बुझ्न पाउदा आश्चर्य,खुशी,दुख,पिडा,मिश्रित भएर आयो र मेरो आखाँमा त्यो बेला आशुँका भेल बग्न थाल्यो !
ती हुन तत्कालिन विषय वस्तु जसबाट नेपालको राष्ट्रियताको वारेमा नेपाललाई भन्दा विदेशीलाई बढी नेपालको वारेमा चासो रहेको पाइन्छ भन्ने जो सुकैले पनि अनुमान गर्न सक्छन !
वास्तबमै भन्नु पर्दा नेपाललीले नेपालको हितका लागि संसारको जुन सुकै देशसंग पनि सम्बन्ध राखे हुन्छ त्यस्तै सहकार्य र विकाश निर्माणका लागि देशको अखण्डताका लागि पारस्परिक सहयोग गरे हुन्छ भने एउटा रेल मात्र किन ?
सत्र वटा दुर्गम पहाडी जिल्लाबाट सत्रै वटा व्यवस्थित पिच बाटाभए नेपाललाई दक्षिण तिरबाट भन्दा उत्तरबाट नेपालको वृद्धि गर्न सजिलो हुनुको साथै हिमाली क्षेत्र र दुर्गम पहाडी क्षेत्र समेतको विकाश हुन्थ्यो यसमा अरु राष्ट्रले भाजो हाल्ने,गुनासो गर्ने किन ?
हिमालका हुन वा पहाडका,तराइका हुन मधेशका वा जुनसुकै धर्म,जातिलिंगका नेपाली जनता हुन,आफ्नो स्वतन्त्र पुर्वक हिँडडुल गर्न र आफू खुसी नेपाल अधिराज्य भरि जतिबेला पनि बसाइँ सर्न पाउँछन् भन्नेकुरा किन बुझेका छैनन ?
नेपालीलाई नेपाल अधिराज्यको कुनै पनि स्थानमा हिँड्न र बसाइँ सर्न राणाकाल देखि हिजोको निरङ्कुस राजतन्त्रले त रोकछेक गरेन भने लोकतान्त्रीक गणतन्त्रमा अझ यस बिपतीको घडीमा यस्ता समाजद्रोही अभिव्यक्ति सार्वजनिक गर्दा नेपाल सरकार किन मौन देखिन्छ ? त्यस्ता देशाद्रोहिलाई कारवाही गरि कडा सजाय दिन किन नेपाल सरकार मौन छ भन्ने गम्भीर प्रश्न जनताको अगाडी उभिएको छ !
इण्डिया सरकारले मुखले त नेपाल नै को पुनर्निर्माण गरिदिन्छु भन्ने गर्छ तर त्यसको सट्टा भारतले दक्षिण क्षेत्रबाट नेपालका नेपालीलाई पिडा नदिए हुन्थ्यो नि ,"नेपालका नेपालीको आशुँ पुछेंगे "भन्ने भाषण एकतिर छ भने अर्को तिर हामीलाई हुने पिडा भनेको नेपालको सिमा क्षेत्रहरुको अतिक्रमण हुनु बर्दि धारी एस एस पी द्धारा नेपालीहरुका घर र व्यक्तिहरुमा हमला गर्नु,नेपालको सम्पदा माथि भारतको आखाँ गाडिनु ,१९५० मा समानसन्धि बाट नेपाल र नेपालीलाई दुख दिई रहनु,साथै ज्यादै महत्वपूर्ण कुरा भनेको "सुगौलीको सन्धिमा" नेपाललाई गुमाउन वाध्य गरिने वाताबरण बाट "पूर्वमा टिष्टा" देखि पश्चिममा किल्ला काँगडा सम्मका क्षेत्रको र ती क्षेत्र संगको नेपालको सामाजिक ,धार्मिक,संस्कृतिक आदि समबन्ध विखण्डको चिन्ता र पीडाले आजपनि नेपालीको छट्पटी रहेका छन !
आज आएर देश पुनर्निर्माणको अबस्थामा तेर्सियो विश्व सामु र नेपाली शासकहरु सहयोग आउला भन्नेमा टुलु टुलु अवोध बालक झैँ हेर्दै बसेका छन तर उनीहरुले नेपालको सिमानाहरू गुमेको क्षेत्र बारे कुनै नेता लगायत बुद्धिजीवीहरुले के कस्तो चासो लिएका छन् त अहिलेको भारत सरकारले नेपाल प्रति देखाएको सहयोगी हात र उसले गरेको वचनका सन्धिहरुमा ? हिजोको अबस्थामा कसैको चासो नभएपनि बरु राज्य विधाता पृथिवी नारायण शाह पछी देश र जनताको हितका लागि सधै तत्पर रहने गोर्खाली कर्मठ जंग बहादुर राणाले आफ्नो खुकुरी र पाखुराको तागतको वलमा वाँके,बर्दिया,कैलाली,र कंचनपुर फिर्ता ल्याएका थिए भन्ने कुरा अहिले पनि इतिहास साझी छ !
हिजोको अबस्थामा राप्ती पारीको बाँके,वर्दिया,कैलाली,कंचनपुर फिर्ता गर्न मिल्छ भने टिष्टा सम्म फिर्ता गर्न किन नमिल्ने ? त्यस्तै पूर्वमा रहेको नेपाली वस्ती दार्जलिंग किन नेपालको नहुने ? जुन वल जवर्जस्ती भारतले खोसेर आफ्नो कब्जामा लिएको छ ,जसलाई नेपाल सरकारको पहलमा देशका बुद्धिजीवी लागेर जुनसुकै हालतमा पनि दार्जलिङलाई फिर्ता गराई भारतको कब्जाबाट मुक्त गर्नु पर्छ भन्ने मलाई लाग्छ अनि मात्र त्यहाका नेपालीहरुले शान्तिको शास फेर्ने छन !
त्यस्तै किल्ला ,काँगडा सम्मको भू-भाग नेपाल कै हो र हुनु पर्छ भनेर नेपाली आत्मा सधै रोएको छ ! यो कहिलै दान दिएको भू-भाग होइन !,न थियो नै ! यसलाई जवर्जस्ती भारतले कब्जा गरेको हो ! वीर सपुत गोर्खाली नेपालीहरुले खुकुरी र स्थानीय हतियारको भरमा आर्जन गरेको भूमि यो ! काइते रकमी सन्धिका माध्यमबाट जादैमा नेपाली आत्माले आज सम्मपनि चित्त बुझाएका छैनन् ! र कहिलै बुझाउने छैनन ! त्यो कुरालाई किन गम्भीर रुपले लिन सकी रहेका छैन राज्यका नेताहरु,बुद्धिजीवीहरुले ? किन अन्तर्राष्ट्रिय हेगमा मुद्दा हाल्न हिच्किचाई रहेका छन सरकार बादी नेताहरु ?देशका बुद्धिजीवीहरु ?
अव नेपाली जनताले नै गम्भीर भएर सोच्ने बेला आएको छ ! आफ्नो राज्यभित्रका पृथिवी नारायण शाहले संधर्षको भरमा अंग्रेजसंगको लडाईमा खुकुरीको वलमा बनाएका नेपाल अधिराज्यभित्रका सिमानाहरूलाई फिर्ता लिन अब चुप लागेर बस्ने बेला छैन ! यसको बारेमा नेपालमा कुर्शी ओगटेर राजनीति गर्ने नेताहरु,उच्च पदस्त कर्मचारीहरु,नेपाल सरकार, बुद्धिजीवी लगायत सम्पूर्ण विदेशमा संधर्ष गरिरहेका नेपालीहरुलाई म एउटा नेपाल देशको नेपालीभएको नाताले अनुरोध गर्न गर्दै आव्हान गर्न चाहन्छु कि अन्तर्राष्ट्रिय अदालतबाट नेपाल र इस्ट इन्डिया कम्पनीका पाला देखि अहिले सम्म भारतसंग गरिएका सन्धिहरुका आधारमा नेपालको भूमि माथिको नेपाली दावीको न्यायोचित मागका लागि सबैमिली एकजुट भएर अन्तर्राष्ट्रिय अदालतमा मुद्दा हाल्न मानशिकता तयार गरौ अनि देशका रक्षकहरु पुलिस,आर्मीसंग हामी नेपाली सबैको अनुरोध छ कि राष्ट्रिययताको सवालमा सदा एकरूप ,एकता र संबेदनशील हौ ! उदाशीन र संबेदनशील अवस्थाको कारणले विदेशी राष्ट्रले गर्ने मनपरी , खरिद बिक्री हुने बाख्रा पाठा झैँ नेताहरुको डलरको मोलको लहरलाई रोकथाम गर्दै भ्रष्टाचारी ,आंतककारी देशभित्रका नेताहरु र कर्मचारीहरुका कारण देशमा भएको उथलपुथललाई अब रोकेर खबर दारी गर्ने बेला आएको छ !
आउनुहोस् सबै नेपालका नेपाली मिली अँ हाम्रो देशमा नयाँ नेपालको पुनर्निर्माण गरौ र राज्य विधाता पृथिवी नारायण शाहको इच्छालाई पुरा गर्दै नेपाललाई विश्वकै सुन्दर राष्ट्रको नामले गुन्जयमान गराउ !
इजरायल
प्रकाशन मितिः२०७२ असार २४ गते बिहिवार

SHARE THIS

Author:

Facebook Comment