दिनेश ठाकुर
नेपालगंज २९ असार
नेपलागन्जको अति व्यस्त सुर्खेतरोडस्थित धम्बोझीको सोमबार दिउसो नेकपा एमालेका कार्यकर्तालाई. खुँडा प्रहार गरी हत्या गरिएको छ ।
एमाले निकट युवा सङ्घका नेपालगन्ज उप–महानगर कमिटि सदस्य चेतन मानन्धरलाई दिउसो ३ बजेतिर आक्रमण गरिएको हो । ५/६ जनाको सङ्ख्यामा रहेको समुहको आक्रमणपछि मानन्धरको दाया हात चुडिएको थियो । मानन्धरलाई तत्कालै उपचारका लागि शिक्षण अस्पतालमा पु¥याइएकोमा अस्पतालले राजधानी रिफर गरेको थियो ।
तर बिमानमा राजधानी लैजान नपाएपछि मानन्धरलाई फेरी शिक्षण अस्पतालमा ल्याएलगत्तै निधन भएको थियो । मानन्धरको निधनपछि उहाँको समर्थकहरुले नेपालगन्जको विपीचौकमा प्रदर्शन समेत गरेका थिए । स्रोतका अनुसार नेपाली काङग्रेसको संरक्षणमा रहेका रिगल ढकालको अगुवाईमा मानन्धरमाथी आक्रमण भएको हो । मानन्धर नेपाल वायु सेवा निगमको कार्यालय अगाडी रोकिरहेको अवस्थामा रिगलसहितको समुहले आक्रमण सुरु गरेको हो ।
त्यसपछि भाग्दै गएर ज्योती सिम्ताली होटल अगाडी मानन्धरलाई खाुँड प्रहार भएको प्रत्यक्षदर्शीले जनाएका छन् । अर्को स्रोतले जनाए अनुसार रिगल स्वयमले बोलाएपछि ५ जना युवाहरु त्यहाँ पुगेका थिए । तर रिगलले खुँडा देखाएपछि अरु भागेपनि नभागेका मानन्धरमाथि लखट्दै आक्रमण भएको हो ।
नेकपा एमाले सम्वद्ध युवा संघ नेपाल नेपालगन्ज उपमहानगर कमिटीका सदस्य मानन्धरलाईं नेपालगन्जको अतिव्यस्त सुर्खेतरोडको धम्बोझीनजिकै आक्रमण गरी हत्या गरिएको घटना प्रति नेकपा एमाले जिल्ला कमिटी बाँकेले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
एमाले बाँकेका सचिव रत्न खत्रीले विज्ञप्ती जारी गरी घटनामा संलग्न व्यक्ति र समुहलाई कुनैपनि राजनीतिक आस्था, रुप वा आवरणको आधारमा संरक्षण नगरी कडा भन्दा कडा कारवाहीको लागि स्थानीय प्रहरी र प्रशासन समक्ष माग गर्नुभएको छ । अन्यथा हत्यामा संलग्नलाई कडा भन्दा कडा कारवाहीका लागि आन्दोलनमा उत्रने चेतावनी एमाले बाँकेले दिएको छ ।