वीरगंजका लायन्स क्लवले पठायो २४ लाख बराबरको राहत सामग्री, अझै पठाइने

वीरगंज, २० वैशाख/ वैशाख १२ गते नेपालमा आएको महाभूकम्प प्रभावितहरूलाई राहत जुटाउन वीरगंजका सबै लायन्सक्लवहरू सक्रियतापूर्वक लागिपरेको छ । “हामी लायन्स हौ र हामीले सेवा गर्छौं” भन्ने एकमात्र सिद्धान्त बोकेका विश्वकै सबैभन्दा बढी सदस्य भएको लायन्स क्लव भुकम्पका प्रभावितहरुलाई राहत सामग्री उपलब्ध गराउन दिनरात एक गरेर लागि परेका छन् । यसैबीच पर्साको वीरगंजमा रहेका लायन्स क्लव ३२५ बी २ को साथै सम्पूर्ण लायन्स तथा लियो क्लवले शनिवार राती फेरी पनि करिब आठ लाख मूल्य बराबरको राहत सामग्री भू–कम्प प्रभावित क्षेत्रमा पठाएको क्लवका डिस्ट्रिक्ट चेयर पर्सन उमेश साह कानुले जानकारी दिनुभएको छ ।

  डिस्ट्रिक्ट चेयर पर्सन कानुले दिनुभएको जानकारी अनुसार शनिवार पठाइएको राहत सामग्रीहरूमा १ हजार थान त्रिपाल, एक हजार थान कम्बल, तीन हजार किलो चामल, तीन सय किलो दाल, ८ सय किलो आलु, दुई सय किलो प्याज, ३०० मैनबत्ती, तीन सय सलाई, खानेतेल १५० लिटर, तीन सय किलो नुन, ६०० पिस साबुन, ३०० पिस जीवनजललगायतका अन्य सामग्री रहेका छन् ।
यस अघि पनि चार दिनमा करिब १६ लाख मूल्य बराबरको राहत सामग्री पठाइसकिएको भएपनि आगामी पीडितहरूलाई निरन्तर सहयोगको आवश्यकता महसुश गरि तत्काल राहतकोलागि लायन्स क्लवले प्रभावित क्षेत्रतर्फ राहत सामग्री पठाउन लागेको क्लवका डिस्ट्रिक्ट सेक्रेटरी डिएन अग्रवालले जानकारी दिनुभयो ।
प्रभावितहरुलाई हरसंभव सहयोग गर्ने लायन्सक्लवको सेवामुखि प्रतिवद्धताअनुरुप अहिले पनि वीरगंजस्थित सम्पूर्ण लायन्स क्लवहरू राहत सामग्री जुटाउनमा लागिपरेको क्लवका डिस्ट्रिक्ट चेयर पर्सन उमेश साह कानुले जानकारी गराउनु भएको छ ।
वीरगंजका आइडी इन्डोर्सी सन्जय खेतान, डिस्ट्रिक्ट गभर्नर रमेश अग्रवाल, डिस्ट्रिक्ट सेक्रेटरी डिएन अग्रवाल, रिजन चेयर पर्सन देव चौधरी, चिफ एरिया को आर्डिनेटर विजय गुप्ता, डिस्ट्रिक्ट चेयर पर्सन उमेश साह कानु, गणेश लाठ, वैजनाथ राम तथा विभिन्न लायन्स तथा लियो क्लवका सदस्यहरू संदीप केडिया, धिरज दारुका, मनिष सिस्का, मनोज बावरी, मुकेश खेतान, संजय मारु, गौरव अग्रवाल, राधेशश्याम खेतान, हरिन्द्र प्रसाद गुप्ता, चन्द्र शेखर पटेल, रामेश्वर प्रसाद गुप्ता, रामप्रवेश सिंह, दिपेन्द्र उपाध्याय, प्रजय हरलालाका, विनित जैयसवाल, गणेश बगारिया भवरलाल पारिक, मिनाक्षी गुप्ता, गुड्डी जोशी, ओमकार, केशव मारु, आलोक जैसवाल, गौरव केडिया, आदित्य सर्राफ, रोहित टेमानी, अनिता कयाल, नेहा कादमिया, सपना कयाल,
सरिता खड्गी, पूजा अग्रवाल, आशीष कयाल, रेखा खण्डेलवाल, रेखा वैद्य, अर्चना वरणवाल, सन्तोष पोदार, सोनल चौधरी लगायतका सदस्यहरूको सक्रिय सहभागितामा राहत सामग्री संकलन गरि प्रभावित क्षेत्रतर्फ पठाइएको समाचारमा जनाइएको छ ।
यससँगै क्लवले अन्य प्रभावित क्षेत्रमा फेरी पनि राहत सामग्री पठाउने योजना अनुरुप सदस्यहरु राहत सामग्री जुटाउने कार्यमा होमिएका छन् ।


SHARE THIS

Author:

Facebook Comment