डा.जगत प्रसाद दिपद्वारा Single Port Gynecologic Laparoscopy सफल शल्यक्रिया

नेशनल मेडिकल क्लेज तथा शिक्षण अस्पताल वीरगंजमा Single Port Gynecologic Laparoscopy सफल शल्यक्रिया सम्पन्न भएको हो । सो शल्यक्रिया संभवतः नेपालमै पहिलो पटक भएको अस्पतालले जनाएको छ ।

पर्साको गाबिस बागवाना निवासी १६ बर्षिय भुमिका आर्चायको दिशा पिसाव सम्बन्धि समस्या देखेको र हाल सम्म महिनावारी नभएको समस्या देखा परेपछि अस्पताल भर्ना भएकी आर्चायको सफल शल्यक्रिया तथा उहाँको स्वास्थ्य अवस्थामा सुधार रहेको उपचारमा संलग्न प्रमुख चिकित्सक डा. दिपले बताए ।
हाल आर्चायको नेशनल मेडिकल क्लेजको गाइने वार्डमा उपचार भइरहेको छ । शल्यक्रियामा डा. दिपसंगै डा. श्रद्धा राणा, डा. कुमार दिगम्बर र नर्स नसिमा खातुनले महत्वपुर्ण भुमिका निर्वाह गरेको अस्पताल प्रशासनले जनाएको छ ।