– स्वयम्भुनाथ कार्की
नेपालीमा एउटा उखान छ ‘कागले आङ्खनै नाम काढ्छ’ । यो उखान नेपाली नेताहरु, तिनका भरौटे चाकर बुद्धिजीवि अनि नेताहरुका भजने संचारकर्मीहरुका ठ्याम्मै लागु हुने रहेछ । हुनत भाषशास्त्री श्रद्धेय बालकृष्ण पोखरेलले पनि नेपाली शव्दकोष संपादन गर्ने क्रममा मंडले शब्दको अर्थ आफुखुशी राखेर आफुले आस्था राखेको राजनैतिक दलको सानो भए पनि चाकरी गर्नु भएकै हो । यो किन गर्नु भयो भन्ने प्रश्नको उत्तर गोलमटोल पाउनेहरु पनि हुनुहुन्छ । तर, यस्तो प्रश्न सोध्नेहरु भने सारै कम हुन्छन । वहाँले पनि निरंकुशको अर्थ फलानाले गरेको कुनै काम चाही निरंकुश अन्यले गरेको त्यही काम चै निरंकुश हैन भनेर शव्दकोषमा लेख्नु भएको छैन । यो बुड्यौलीमा अब संभबत त्यसो गर्नु पनि हुन्न होला । तसर्थ अहिलेलाई निरंकुशको अर्थ कुनै किसिमको अंकुश नभएको वा नमान्ने नै हो भन्ने मान्न पर्छ ।
नेताहरुले आफुलाई गर्न मन लागेको जे पायो त्यही काम गर्न रोक्ने कसैलाई पनि निरंकुशको नाम दिएर त्यसको विरोध गर्ने काम गरे । विभिन्न क्षेत्रमा भएका तीनका भरौटे चाकरहरुले त्यसलाई उत्कर्षमा पुर्याए । अहिले उनीहरुले निरंकुश भन्ने गरेको राजसंस्था मुलुकमा किनारा लागेको अबस्था छ । जनताले आङ्खनो निमित्त आफै संविधान बनाउने भनेर देखाईएको चारो बेकार रहेछ भन्ने कुरा अहिले सावित भएको छ । संविधान निर्माणमा सर्वसाधारणको सहभागिता त परै जाओस त्यहि संविधना बनाउन भनेर जनताले चुनेर (?) पठाएका सभासदहरुले पनि संविधान निर्माण हैन त्यस काममा के हुदैछ त्यो थाहा लगाउने काम गरे भने तीनका नेताहरुले ठाडै खान्छन । जनताका प्रतिनिधि भनिएका यी जोकरहरुको काम भने आङ्खनो आत्मा बेचेर आङ्खना नेताको चरणमा चिल्लो घस्नु मात्र रहेको छ । यही काम गरे वापत जनताको रगत निचेर जम्मा गरेको पैसाबाट तलव पाउछन ।
मुखै कानुन भएको कालखण्डमा पनि हुन नसकेको सत्ताधारीको मनमौजी उत्कर्षमा छ । प्रधानमन्त्रीले आफैले आफुलाई बरखास्त गरेर फेरी आफैले आफैलाई नियुक्ति गरेको कुरा पनि नेपालीले देख्न पाएका छन । आफैले आङ्खनो अनुकुल हुने गरेर बनाएको र थप अनुकुल बनाउन दर्जनौ पटक संसोन गरिसकेको अन्तरिम संविधानको अक्षर, भावना, कल्पना सबैले निषेध गरेको कुरालाई अध्यादेशले काटेर प्रधान न्यायधिशलाई कार्यकारिणी प्रमुख पनि बनाई सकिएको छ । नेपालीले कम्पूटर जान्दैनन, अंग्रेजी जान्दैनन त्यसैले यो काम विदेशीको जिम्मा लगाइयो भन्ने मन्त्रीको खुट्टामा तेल लगाउदै बसेको कम्पूटर एसोसियसन अफ नेपाल, अनेकौ शिक्षाविज्ञ र तिनले खोलेका शैक्षिक संस्था सरकारले आङ्खनो अनुहार मात्र होईन सर्वाङ्गमा दलिदिएको मोसोलाई चन्दनलेपन ठानेर बसेका छन । सरकारको जनविरोधी कामको विरोध राष्ट्रघात घोषित भएको छ ।
निरंकुश नेताहरुको गोजीका दल, तीनका चाकर बुद्धिजीवि तथा संचारकर्मीहरुको आतंकबाट जनतालाई त्राण दिने शक्ति हाललाई देखिएको छैन । आर्थिक उपार्जन शुन्य सरह भएको नेपाली समाजमा कसरी नयाँ नयाँ तरिकाले जनता निचोर्न सकिन्छ त्यसैमा सरकार भनिएको संरचना व्यस्त छ । संचारमाध्यमहरु यो अन्याय भयो भन्न होईन बरु अझ जनता कसरी निचोरिन्छन, पुन निचोरिनबाट बचे तिनिहरुलाई पनि निचोर्न मद्धत गर्न लागि परेका छन । खेतीको समयमा आबश्यक सामग्रीहरुको अभाव पार्नु किसानले जेनतेन प्रबन्ध गरेको सामग्रीहरुलाई अवैध घोषणा गर्नु र त्यसलाई खोस्नु सरकारको काम भएको छ भने त्यसमा सघाउनु संचार जगतको काम । हिजो कालो कानून भन्नेहरुको निमित्त जनता निसास्सिने आजको कानुनलाई संसारको उत्कृष्ट कानून भन्न लागेका छन । आङ्खनो सम्पत्ति रक्षा गर्ने काम विकास विरोधि भएको छ ।
नेताहरुको निरंकुश कामको पक्षपोषण गर्ने काममा लागेका यस्ता जनताका अपराधी बुद्धिजीवि, संचारकर्मीहरुले सम्पूर्ण क्षेत्रलाई नै घृणाको पात्र बनाउनु भन्दा पहिले मानविय सम्बेदनाहिन आङ्खना यस्ता सदस्यहरुलाई रोक लगाउन जरुरी छ , नत्र भोली बालकृष्ण गुरुले जसरी मण्डले शव्दको अर्थ गर्नुभएको थियो त्यसै गरेर बुद्धिजीवि तथा संचारकर्मी शव्दको पनि अर्थ गर्न नपरोस । आफै निरंकुश भएर अरुलाई निरंकुश भनेर भन्ने कागले नाम काढ्ने काम पनि अब बन्द हुन पर्छ । जुन कानून जनताको हितमा छैन त्यो कानून कालो कानून हो । कि कालो कानून कालो कागजमा लेखिएको हुन्छ ? कालो कानून र नेताहरुको निरंकुशताको विरुद्ध आन्दोलन आबश्यक भईसकेको छ । हिजो निरंकुश आरोप मात्रको पनि त्यत्रो विरोध भएको थियो भने आजका निरंकुश जनताचुसाहाको दिन गन्ति शुरु भईसकेको छ । बुद्धिज्ीवि संचारकर्मी होसियार गहूँसंग घुन सरह बन्नबाट बच्ने हो कि ?
विराटनगर १
प्रकाशन मितिः २०७१।१२।१९ गते विहीवार