राजनिति पार्टीमा दलित महिला कम

दिनेश  ठाकुर
नेपालगन्ज/ पार्टीभित्र उत्पीडित समुदायको समानुपातिक प्रतिनिधित्वको ग्यारेन्टी गर्दै जनसंख्या प्रतिशतको आधारमा सहभागीता गराउने विधान र घोषणापत्रमा उल्लेख गरेका राजजैतिक पार्टीले जिल्लामा दलित समुदाय प्रतिनिधित्व नगराएको पाएको छ ।

 निर्वाचन प्रणाली अन्तर्गत दलितको जनसंख्याको अनुपात १३ प्रतिशतका दरले उपस्थिति गराउनुपर्ने पार्टीले दलित महिला र पुरुषको न्यून उपस्थिती गराएको देखिएको छ । दलित महिला संघ बाँकेले मंगलबार सञ्चारकर्मीसंग गरेको अन्तरक्रियमा उक्त तथ्याक सावर्जनिक गरिएको हो । ठुलो पार्टी नेपाली कांग्रेस ५२ सदस्यी कार्यसमितिमा एक दलित महिला र दुई पुरुष सहभागीता छ ।

 महिला भातृ संगठन नेपाल महिला संघ २५ सदस्यीमा दलित महिला तीन जना रहेका छन् । यस्तै नेकपा एमालेमा ६७ सदस्यीय कार्यसमितिमा एक दलित महिला र तीन जना पुरुष सहभागीता छ । अखिल नेपाल महिला संघ जिल्ला कार्यसमिति २६ सदस्यीमा चार जना दलित सहभागीता रहेको छ । एमाओवादी कार्यसमिति ३८ सदस्यीमा तीन जना दलित महिला र दुई जना पुरुष सहभागीता छ । ५५ सदस्यीय अखिल नेपाल महिला संघ (क्रान्तिकारी) मा सात दलित महिला छन् । मधेशी जनअधिका र फोरम लोकतान्त्रिक पार्टीजिल्ला कार्यससमिति २३ सदस्यीमा दलित महिला दुई र पुरुष ३ जना रहेका छन् । मधेशी महिला फोरम नेपाल लोकतान्त्रिक १७ सदस्यीमा  दलित महिला सात जना रहेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल २९ सदस्यीय कार्यसमितिमा एक जना दलित महिला र दुई जना पुरुष छन् ।

 राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन नेपाल जिल्लामा २७ सदस्यीयमा दलित महिला सात जना छन् । मधेशी जनअधिकार फोरम गणतान्त्रिक पार्टी जिल्ला कार्यसमिति २१ सदस्यीमा तीन जना दलित महिला र एक जना पुरुष छन् । राष्ट्रिय जनमोर्चा पार्टी १५ सदस्यीमा एक दलित पुरुष रहेका छन् । तराई मधेश लोकतान्त्रिक पार्टीमा ३१ सदस्यीमा दुई दलित महिला र दुई पुरुष छन् ।  नेकपा माओवादी वैद्य समूहमा १६५ सदस्यी जिल्ला कार्यसमितिमा दलित महिला ४५ र पुरुष ३० जना रहेका छन् ।

 नेपाल कम्नियुष्ट पार्टी संयुक्त २१ सदस्यीमा दलित महिला दुई र पुरुष तीन जना छन् । दलित महिला संघ अध्यक्ष निर्मला सुनारले राजनैतिक पार्टीले १३ प्रतिशत दलित आरक्षण र ३३ प्रतिशत महिला आरक्षणमा दलित महिलाको आठ प्रतिशत माग गरिएपनि सहभागीता नगन्य रहेको बताईन् । सहभागीत एमाओवादी जिल्ला उपाध्यक्ष उषा पुन गहतराजले राजनितिमा दलित महिला सहभागीता बढाउन शैक्षिक, आर्थिक र सामाजिक रुपमा सक्षम हुनुपर्ने सुझाव दिईन् ।

SHARE THIS

Author:

Facebook Comment