
एमाले नेता भानुभक्त ढकालले पनि रामनाथ ढकालको निधन भएको जानकारी दिंदै उनको अन्त्येष्टिको लागि परिवारसँग सल्लाह गरिने बताए ।
एमाले सचिव योगेश भट्टराईले ढकालको अन्त्येष्टीको लागि पार्टीमा छलफल हुँदै गरेको जानकारी दिए ।
गत शुक्रबार आफैले गाडी चलाएर उपचारको लागि अस्पताल पुगेका ढकाललाई आइतबार दिल्लीको एपोलो अस्पताल लाने प्रयास गरिएको थियो । ढकाललाई लिन दिल्लीबाट बोलाइएको एयर एम्बुलेन्स मौसम प्रतिकुलताको कारण उड्न सकेन ।
उनी संसदको राज्य व्यवस्था समितिका सभापति समेत थिए । श्रोतः कान्तिपुर