सुरक्षामा प्रहरी र पत्रकारहरुको भूमिका विषय कार्यशाला गोष्ठी हुने

निरज पिठाकोठे मगर ।
वीरगंज ।
वीरगन्जमा नेपाल प्रहरी र पत्रकारहरुको सुरक्षामा भूमिका विषयमा कार्यशाला गोष्ठी हुने भएको छ । यूनेष्कोको सहयोग तथा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिजको केन्द्रीय समितिको संयोजनमा वीरगन्जको होटल मकालुमा पर्सि आईतबार कार्याशाला गोष्ठी  हुन लागेको हो ।

युनेस्को काठमाडौ कार्यलयले विगत एक वर्षदेखि पूर्वी पहाडका ११ वटा र मध्य तराईका ८ जिल्लामा पत्रकार सुरक्षा सम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको छ । माओवादी जनयुद्ध सकिएपछि पूर्वी पहाडमा विकसित भएको लिम्बुवान, खम्बुवान लगायतको जातीय आन्दोलन र तराई क्षेत्रमा विकसित भएको भूमिगत संगठनहरुको पत्रकार माथिको आक्रमणलाई ध्यानमा राखेर कार्यक्रम बनाईएको थियो ।

पत्रकारहरुले संगठनका गतिविधिबारे समाचार लेख्न त्यसका नेता कार्यकर्तासँग सम्पर्क राख्ने त्यसैलाई निहुँ बनाएर प्रहरीले पत्रकारलाई निशाना बनाउने । यस्ता कतिपय अवस्थामा प्रहरीलाई सूचना दिएको आरोपमा शसस्त्र समूहले पनि पत्रकार माथि आक्रमण गर्ने घट्ना बढेको थियो । मुख्यत यसलाई कम गर्न  कार्यक्रमले
सहयोग पुग्ने युनेस्कोका सञ्चार कोअर्डिनेटर लक्ष्मण दत्त पन्तले बताउनुभयो ।

पत्रकारहरुमाथि प्रहरी र राजनीतिक दल वा अन्य पक्षहरुबाट आक्रमण जारी रखेको तथ्यलाई ध्यानमा राख्दै पत्रकारहरुको सुरक्षामा नेपाल प्रहरीको भुमिका के हुनुपर्छ ? पत्रकारहरुले के गर्नुपर्छ ? कसरी समन्वय हुनुसक्छ ? यसमा खासगरी महिला पत्रकारको सुरक्षा चुनौति के छन् ? आदिवासी जनजाति, मधेशीलगायतका
समुदायका पत्रकार वा उनीहरुको मुद्दा के हो भन्नेबारे दुई वटा कार्यपत्र प्रस्तुत हुने नेपाल आदिवासी जनजाति पत्रकार महासंघका संस्थागत सचिव राजेश चाम्लिङ्ग राईले बताउनुभयो ।
कार्यक्रममा  कम्तिमा ३० जना प्रहरी निरीक्षक वा सो भन्दा माथिल्लो तहका प्रहरी अधिकारीहरु सहभागी हुनेछन् ।

फोनिजको तर्फबाट अध्यक्ष डण्ड गुरुङ, महासचिव गजुरधन राई, सचिव मनोज घर्तिमगर,  सँस्थागत सचिव
राजेश चाम्लिङ राई र मध्यमाञ्चल संयोजक कुमार नेगी सहभागी हुनुहुने्छ भने मध्य तराई अन्तर्गत, मकवानपुर, चितवन, पर्सा, बारा, धनुषा, सर्लाही, रौतहट र महोत्तरीका फोनिज जिल्ला समितिका एक एक जना प्रतिनिधि सहभागी हुने फोनिजका सचिव मनोज घर्ति मगरले जानकारी दिनुभयो ।

SHARE THIS

Author:

Facebook Comment