१९ चैत, अछाम ।
अछामको भैरवस्थान प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक धनविर सिंह धामीले एक स्वास्थ्यकर्मी महिलाको बलात्कारपछि हत्या गरेको रहस्य सार्वजनिक भएको छ ।
अछामको भैरवस्थान प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक धनविर सिंह धामीले एक स्वास्थ्यकर्मी महिलाको बलात्कारपछि हत्या गरेको रहस्य सार्वजनिक भएको छ ।
जिल्लाको रानिवन उपस्वास्थ्य चौकीमा कार्यरत कलादेवी जैशीलाई उनले उनकै घरमा पसेर बलात्कारपछि हत्या गरेका थिए । उनले ४६ बर्षीया जैशी माथी बलात्कार गरी हत्या गरेको र शव कर्णाली नदीमा फ्याकिदिएको मृतक जैशीका छोरा धनन्जय न्यौपानेले बताए ।
गत फागुन २८ गतेदेखि बेपत्ता जैशीको शव १३ दिन पछि चैत ११ गते स्यालघाट भन्ने ठाउँमा भेटिएको थियो । गाउँमा किराना पसल गर्दै आएकी जैशीको पसलमा खाएको उधारो नतिरेपछि प्रहरी सहायक निरीक्षक धामीको जैशीसँग खटपट सुरु भएको बताइन्छ ।
बिगत १३ बर्षदेखि अनमि पदमा कार्यरत कलादेवीको हत्या भएको कुरा सार्वजनिक भए पछि धामीले रकमको प्रलोभन देखाएर घटना सामसुम पर्न खोजिरहेका छन् ।