"स्कुलको चिठी"/ कविता .१
"क" को पछाडि जोडिएको अर्थहिन कपुरी क
पढ्दै गयो किराँती छोराले क्र म स...
पुछार भन्दा अलि माथि पालो आयो क्ष को
र तरवार सहितको तस्विर
क्षत्री "क्ष"
र पढ्यो मुन्टो हल्लाउँदै बुझेझैँ गरेर
अनि जब आयो त्र को
आँखै नहेरी बोल्यो ताममाङ "त्र"
मास्टर पण्डित परमेश्वर प्रशादले समाते कान र हाने झापड
अजिरको चिम्रे बच्चा चिम चिम गर्दै रिसाउँदै सोध्यो
अनि क्षेत्री क्ष हुदा किन हुन्न तामाङ "त"
"त" पछि तामाङ "त" नभए पनि
तर्साउने "त्र" भन्दा त राम्रो नि तामाङ "त्र"?
पण्डित मास्टर कराए
ए किरुवाको छोरा त्यो गाई खाने भोटेको नाम लिन्छस्??
संगै बसेको तामाङ साथी च्याङ्बालाई हेर्दै उस्को भन्यो
"अब देखि हामी कपुरी हैन किराँती क पढ्ने
या कामी क पढ्ने
गुरुङ ग नपढी नछाड्ने
क्षत्री क्ष पढे पछि
माझी म पढ्ने
तामाङ त पनि पढ्ने ।
सगर्व सार्की स पढ्ने
दम सहित दमै द पढ्ने
नत्र तिम्रो स्कुलै नपढ्ने" ।
बेलुकी राई घरमा चिठ्ठी आयो
"तिम्रा छोरा हाम्रा स्कुल पढ्न लायक छैनन् निकाला गरेका छौँ"
– उमेश राई