![]() |
(स्व.लि क्वान यिउ 3 June 1959 - 23 march 2015) |
२३ तारिख २०१५ सोमवार बिहान ०३:१८ बजे सिंगापुरे पिता तथा पुर्व प्रधान मन्त्रि लि क्वानले अन्तिम स्वास लिए । उनि अब यस सुन्दर धर्तीमा रहेनन । स्व.लि क्वानले सिंगापुरलाई स्वर्ग जस्तो बनाए भनेर नेपालका सबै पत्रिकाहरुले मुक्त कण्ठले प्रसंसा गर्दै प्रसस्ती लेखे । स्व.लिको बारेमा नेपालको नेताहरु देखि संघ संस्थाहरुले प्रसस्ती गाउँदै समवेदना पठाउलान तर सिंगापुर कसरी आज स्वर्ग जस्तो बन्यो र त्यो बनाउन स्व.लि ले के कस्तो हथकण्डा अपनाय त्यो चैँ बर्णन गरेको देखिएन भने बर्णन गर्न पनि सक्दैनन र गर्न पनि चाहदैनन ।
देश भाषण गरेर मात्र बन्दैन भने वाक स्वतन्त्रता दिंदैमा देश स्वर्ग जस्तो हुन्न । स्व.लिक्वानले हाल नेपालमा जस्तरी वाक स्वतन्त्रता दिएको भए सिंगापुरको हालत पनि नेपालकै झैँ हुन्थ्यो यसमा कुनै दुईमत छैन ।
पार्टीले बहुमतको साथ चुनाव जितेर सत्ता हाँकेको भए नेपालमा दोश्रो पटक स्थापना भएको प्रजातन्त्र पछिको २०४८ सालको प्रथमा आम निर्वाचनमा नेपाली कांग्रेसले नेपाललाई किन सिंगापुर बनाएन ? जनताले नेपाली कांग्रेसलाई अत्याधिक बहुमत दिएकै थिए तर सत्ताको मदले चुर भएर मध्यावधि घोषणा गर्न पछी नहट्ने नेपाली कांग्रेसका नेताहरुले सिंगापुर जस्तै बनाउछु भनेर पटक पटक के नभनेका हुन र ?
अहिले पनि नेपालका ठुला पार्टीका नेताहरुले देसलाई सिंगापुर जस्तै बनाउछु भनेर भन्न छोडेका छैनन । देस सिंगापुर बनाउनु कुनै ठुलो कुरा हैन तर देस सिंगापुर जस्तै बनाउने हो भने स्व.लिक्वान जस्तै कठोर बन्न सिक्नु पर्छ नेताज्यूहरु तबमात्र देस सिंगापुर जस्तै बन्न सक्छ ।
नेपालको मिडियाहरु वाक स्वतन्त्रताको नाउँमा अहिले जे जस्तो गरि चलेका छन त्यस्तै गरि लिक्वानको पालामा पनि चलेको भए सिंगापुरले बिकासको छलांग मार्न सक्दैन थियो नपत्याय स्व.लिक्वानको सासनकालमा स्व.लिक्वानले मिडियाहरु माथि के कस्तो हथकण्डा अपनाएका थिए त्यो समयको ईति वृतान्त कोट्याएर हेरे हुन्छ ।
नेपालमा जस्तो दिनहु हुने बन्द हड्ताल चक्काजाम देखि चित्त नबुझ्ना साथ सरकारी तथा ब्यक्तिहरुको सम्पतिमा तोडफोड देखि आगजनीमा उत्रिने बानि जब सम्म त्याग्न सकिन्न तब सम्म देसको उन्नति र प्रगति हुन सक्दैन त्यसैले सिंगापुरको उदाहरण दिने नेताहरुले यस्ता कुराहरुलाई हृदय देखिने आत्मसाथ गरुन पैला ।
सिंगापुरे पिता स्व.लिक्वानको आत्माले शान्ति पाउन भन्दै हार्दिक श्रद्धान्जली साथ स्व. लिका सुपुत्र वर्तमान प्रधानमन्त्री सिएन लूंग लगायत शक सन्तप्त परिवारजनमा क्राईम चेक साप्ताहिक परिवारको तर्फ बाट हार्दिक समवेदना प्रकट गर्दछौ ।
प्रकाशित मितिः२०७१ चैत्र १२ गते बिहीवार