निशा खनाल अर्याल
त्रेतायुग अयोध्याका रघुबशीं राजा दशरथका जेष्ठ पुत्र मर्यादापुरूषोत्तम श्रीरामको जन्म दिन चैत्र शुल्क पक्ष नवमी, पुनर्वसु नक्षत्र कर्कट लग्न, सूर्य मेष राशी रहेको बेला मध्याङ्ग बार्ह बजे रानी कौसल्याको कोखबाट भएको थियो। भगवान श्री बिष्णुको अबतारको रूपमा पृथ्वीमा अवतरण भएको मानिएका राजा श्रीरामबाट अन्याय अत्याचारको पराकाष्ट नाघी रहेको लंकाका राजा मानिने राक्षसी प्रवृतीको रावणलाइ वध गरी धर्म, शान्ती र सु-शासनको पाठ समस्त पृथ्वी मानव जातीलाइ दिएका थिए। यसर्थ युगौ देखी श्रीरामको जन्म जयन्ती सारा हिन्दुधर्मावलम्वी लगायत ॐकार परिवार अन्तरगत सबैले मनाउदै आइरहेका छौ। मर्यादा पुरूषको रूपमा परिचित श्रीरामको शासनकाल न्याय, शान्ती, समृर्द्धी र मानव बिकाशको पराकाष्ट उपमा रामराज्यको रूपमा लिने गरिन्छ।
रामनवमी को दिन हिन्दुहरूको आराध्य देव श्रीरामचन्द्रको जन्म दिन नेपाल, भारत, बंगलादेश, बर्मा लगायका हिन्दुहरू रहेको ठाउमा बढो धुमधामले मनाउने गरिन्छ। भारतको अयोध्या नगरीमा श्रर्द्धालु भक्तजन भेला भइ बिशेष रूपले बिधीबिधान अनुसार सरयु नदीको तटमा प्रातःकालबाट स्नान गरी राम मन्दिरको दर्शन गरी पुजा मनाउने चलन रहेको छ। भारतिय भूगोलमा नवौ दशौ शताब्दी पछि एसियामा मध्यपूर्वबाट आगो झै फैलिएको मुसलमान धर्म सस्कृतीले तत्कालिन अयोध्या मन्दिरलाइ भत्काइ बाबरी मज्जिद बनाएको थियो। यसै बाहनामा भारतमा हिन्दु मुस्लिमको सामाजिक दन्द चर्केको थियो। यसको प्रभाव नेपाल सम्म पुगेको थियो। त्यस समयमा केही मुस्लिम उग्र ग्रुपले पुरानो पशुपतीनाथको मन्दिरलाइ भत्काउने चेष्टा गरेका थिए। पछि बृषव भानुदेवले पुनर्निमार्ण गरी तामाको छाना हाल्न लगाएको सुन्नमा पाइन्छ।
श्रीरामपुजाको ब्रतकथा प्रसङ्ग बनबास समयको अबधीमा घटेको घटना लिएर बनाइएको छ। एक सुत कात्ने बृद महिला र मोताको मालाको साथै लोभी राजाको बारेमा बताइएको छ। गरिबीबाट उन्मुक्तीको लागी बृद महिलालाइ श्रीराम द्वारा प्रदान गरिएको मोतीको बृक्ष लोभी राजाले आफ्नो दरबारमा लगी सार्दछन। लोभी राजालाइ श्रीरामको करुणा रहेन र मोताको बृक्षमा मोती फलेन। मोती नफली वापस त्यस बृद महिलाकोमा फर्काउदा श्रीरामको करुणा र दयाले पुन मोती फलेको र बृद महिलाको उपकार भएको कथा राम नवमी ब्रत कथामा गरिएको छ। श्री रामनवमी का व्रत गर्नेको ज्ञान, बुद्धि, श्रर्द्धा, भक्ती र पवित्रतामा बृद्धी हुने बिश्वास गरिन्छ।
आजको यस पबित्र दिनको महान उपलक्ष्यमा समस्त इष्टमित्र, सगीसाथी र आफन्तमा श्रीरामको आशिर्वादको कामना गर्दछु।शुभदिन।।