- स्वयम्भुनाथ कार्की
साधारण तथा राजनैतिक दलहरुलाई समूह आधारित ‘मासवेस’ र कार्यकर्ता आधारित ‘क्याडरवेस’ भनेर वर्गिकरण गर्ने गरिन्छ । कुनै न कुनै आधारमा कुनै वर्गको प्रतिनिधित्व गरेको अनुभूती भएर त्यो दलको समर्थक समूदाय बन्ने तर वास्तविक कार्यकर्ताहरु भने कम नै हुने किसिमका दललाई समूह आधारित दल मानिन्छ । यसको विपरित केन्द्रिय नेतृत्वको सिद्धान्त तथा कार्य योजनामा जनतालाई आङ्खनो दलमा आवद्ध गराउदै लैजाने समाजको सानो एकाईसम्म कार्यकर्ता भएको दललाई कार्यकर्ता आधारित मानिन्छ । यी दुवै किसिमका दलहरुमा केन्द्रिय नेतृत्व वा शिर्षनेताहरुको महत्व हुने गर्दछन । सामान्यतया हरेक समयमा तल्लो स्तरको कार्यकर्ता वा जनताको पहँुच सिधै केन्द्रिय नेतासम्म हुँदैन । यसै कारणले आवधिकरुपमा हरेकस्तरमा बैठक, सम्मेलन गरेर राष्ट्रिय स्तरमा अधिवेशन गर्दै शिर्ष नेतृत्वले आफुलाई जमिनसम्म जोड्नु पर्दछ भन्ने सैद्धान्तिक मान्यता हुन्छ । शिर्ष नेतृत्व र तल्लोस्तरको कार्यकर्ता विच संवाद कायम गर्न यस्ता दुवै किसिमका दलहरुलाई ठूलो तैयारी गर्नु पर्ने हुन्छ ।
२०१७ सालमा प्रतिपादित दलविहिन राजनीतिलाई त्यसको सुधारको नाममा गर्न खोजिएको एक दलिय सादृष्य व्यवहारले २०४६मा समाप्त पार्यो । २०३२देखि सोह्र बर्ष यो पद्धतिमा काम गरेकाहरु मध्ये केहिे त्यसवेलाको परिवर्तनकारी शक्ति भएका नेपाली कांग्रेस र वाममोर्चामा समाहित भए भने निकै अब के गर्ने भन्ने अन्यौलमा रहे । महापञ्च भनिएकाहरुले आङ्खनो अस्तित्व रक्षाको निमित्त दल खोल्नुपर्ने आवश्यकता देखे । तर महापञ्च हुन वा पञ्च उनिहरु अन्य दलको जस्तो नेताको आदेश आँखा चिम्लेर पालन गर्ने आदत भएका थिएनन् । फलस्वरुप एकै दिन एउटै नामको दुई दल जन्मे राष्ट्रिय प्रजातन्त्र पार्टी (थापा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (चन्द) । तर यी दुई दलले पनि पञ्चहरु समेटन सकेन त्ररु धेरै निराश भए । यस्तो किन भयो भन्ने कुरा दलविहिनताको निमित्त कालकुट सरह भएको गुटका संचालकहरुलाई विवेचन गर्न आवश्यक लागेन । त्यसबेला मात्र हैन अहिलेसम्म पनि लागेको छैन ।
वास्तवमा एक नयाँ आधारको दलको आवश्यकता थियो जो न ‘मासवेस’ होस न ‘क्याडरवेस’ । यो अवधारण आधारित ‘भिजनवेस’ दलको प्रार्दुभावको पदचाप थियो । आङ्खनो अवधारणाको विपरित शिर्ष नेताको जोर नचल्ने अनि कुनै कुराको गुण र दोषको आधारमा समर्थन वा विरोध गर्ने आङ्खनो नैसर्गिक अधिकारको उपयोग । दलको एकिकरण, राजेश्वर देवकोटाको अलग दल निर्माण लगायतका जतिपनि घटना भए त्यो रहेक स्तरको कार्यकर्ताको आङ्खनो यो अधिकार रक्षको निमित्त भएको थियो । कमल थापाले आङ्खनो यहि स्वतन्त्रताको उपयोग गर्दा त्यसवेला उनलाई ‘डुव्न लागेको जहाज छोड्ने मुसा ’ भनेर संवोधित गरियो । नेपाली राजनीतिले एउटा नयाँ शव्द पायो ‘मुसा प्रवृति’ , वास्तवमा यो कमल थापाको ‘मुसा प्रवृति’ थिएन नेतृत्वले धार छोडेर देखाउन लागेको ‘मुसा प्रवृति’को विरोध थियो ।
शुरु राप्रपा नफोड्ने भनेर आरम्भ गरिएको जनशक्ति पार्टी बन्नुमा नेतृत्व मोहले काम गरेको भए पनि साथ दिने धेरै यहि आङ्खनो धारणमा को नजिक छ को टाढा छ भन्ने आधारमा धु्रविकरण भएका थिए । राप्रपा टुटेर बनेको अहिले कमल थापाले नेतृत्व गरेको दल राप्रपा नेपालमा मान्छेहरुको आवद्धता पनि यसै आधारमा रहेको हो । संविधानसभाको पहिलो निर्वाचनमा कमल थापाको क्षमतामा भरोसा गरिएन , तर चार स्थान लिएर पनि आङ्खनो धारणा कायम राख्न गरेको प्रयत्नको केहि पुरस्कार भने दोश्रो निर्वाचनमा पाएकै हो । दुई अलग माउ पार्टीभन्दा तल रहेको राप्रपा नेपाल दुवै माउ पार्टी टाँसिएको अवस्थामा पनि त्यो भन्दा ठूलो नै भयो । राप्रपा नेपाललाई जसको धारणा बोकेको छ उनिहरु न समूह आधारित न कार्यकर्ता आधारित मान्छन , यसलाई धारणा आधारित भएको देख्न चाहान्छन ।
‘एक भोट .....लाई, एक भोट गाईलाई ’ भन्ने नारा मुलुक भर गुञ्जाउनेहरु राप्रपा नेपालका कार्यकर्ता थिएनन । उनिहरुले दुवै भोट गाईलाई नै माग्नु पर्ने थियो र मागे पनि । जनताले भोट नओइर्याएका पनि होईनन । एकै मतपत्रमा एक छाप गाईमा र अर्को छाप अर्कैमा लागेर वदर भएको मत कसको थियो भन्ने बताई रहनु पर्ने कुरा हैन । राप्रपा नेपालका कार्यकर्ताहरु त जनता समक्ष मतदान गर्ने तरिका सिकाउन पनि गएका थिएनन । केहि सुगम जस्ता स्थानमा कर्मकाण्डीरुपले प्रचार निमित्त पुगेका न्यून घटनामात्र छन यस्तोमा पनि मत आउनुले उसले बुझ्नु पर्ने थियो । प्रत्यक्षमा राप्रपा नेपालको उम्मेद्वार भएर अहिले चुपचाप बसेकाहरुले केवल सघाएको हो भन्ने भुलेर आज नेता तथा कार्यकर्तामा आएको घमण्ड र आफुलाई ठूलो बनाउन विनम कुनै आग्रह पुर्वाग्रह लाग्नेहरुलाई भार ठान्नु र नेतृत्वले जे गरे पनि अन्य दलका समर्थकहरुले गरे सरह यहाँ पनि समर्थन गर्नेछन भन्ने सोच आत्मघाती हुन्छ ।
राष्ट्रवादी शक्तिको एकिकरणको नाममा हिजो मुलुकको पिठ्यूँमा छुरा रोप्नेहरुसंगको घाँटी जोडाई आङ्खना समर्थकहरुलाई पाच्य हुन्छ भन्ने सोच्नु नै राप्रपा नेपाल आत्महत्याको प्रयास गर्दैछ भन्ने उदाहरण हो । राष्ट्रवादको धार अन्य कतै कमजोर भएको छैन, बरु बलियो भएको छ । तर राणाजी, थापाकाजी अनि लावती मुखियाहरुको कारणले दलहरुमा भने कमजोर पर्दै गएको कुरा अत्यन्त तितो सत्य छ । न वौद्धिक क्षेत्र, न सामाजिक क्षेत्र, न जनस्तर, राजनैतिक क्षेत्र बाहेक कुनै क्षेत्रमा पनि राष्ट्रवादको भावना कमजोर भएको छैन । राष्ट्रवाद निरन्तर बलियो हुँदैछ । एकछात्र राजगरे जस्तो देखिएको अवस्थामा पनि विपक्षि विचारधारा परास्त हुँदै गएको छ । संविधानसभाको दोश्रो निर्वाचनको लगत्तै पछिदेखि जो लज्जाजनक व्यवहार राष्ट्रवाद बोकेका भनेका राजनैतिक शक्तिहरुले देखाउदैछन त्यसले दिक्क भने पारेको छ । राष्ट्रवादमा व्यक्तिपुजा कहिल्यै पनि हावि हुन सकेन, राष्ट्रवाद वार्तामा च्याँखे थाप्न वर्जित छ । यो कुरा भुलेर गएको अवस्थामा राम्रो हुँदैन भन्ने चेत राणाजी थापाकाजी र लावती मुखियाहरुमा पलाओस । धारणमा आधारित दलले हमेशा धारणा धारकहरुको सहकार्यमा काम गर्नु पर्दछ, दलका सदस्यहरुको मात्र , हेरौ कसले छिटो यो कुरा बुझ्छ ।
विराटनगर १
प्रकाशित मिति २०७१।१२।१२
साधारण तथा राजनैतिक दलहरुलाई समूह आधारित ‘मासवेस’ र कार्यकर्ता आधारित ‘क्याडरवेस’ भनेर वर्गिकरण गर्ने गरिन्छ । कुनै न कुनै आधारमा कुनै वर्गको प्रतिनिधित्व गरेको अनुभूती भएर त्यो दलको समर्थक समूदाय बन्ने तर वास्तविक कार्यकर्ताहरु भने कम नै हुने किसिमका दललाई समूह आधारित दल मानिन्छ । यसको विपरित केन्द्रिय नेतृत्वको सिद्धान्त तथा कार्य योजनामा जनतालाई आङ्खनो दलमा आवद्ध गराउदै लैजाने समाजको सानो एकाईसम्म कार्यकर्ता भएको दललाई कार्यकर्ता आधारित मानिन्छ । यी दुवै किसिमका दलहरुमा केन्द्रिय नेतृत्व वा शिर्षनेताहरुको महत्व हुने गर्दछन । सामान्यतया हरेक समयमा तल्लो स्तरको कार्यकर्ता वा जनताको पहँुच सिधै केन्द्रिय नेतासम्म हुँदैन । यसै कारणले आवधिकरुपमा हरेकस्तरमा बैठक, सम्मेलन गरेर राष्ट्रिय स्तरमा अधिवेशन गर्दै शिर्ष नेतृत्वले आफुलाई जमिनसम्म जोड्नु पर्दछ भन्ने सैद्धान्तिक मान्यता हुन्छ । शिर्ष नेतृत्व र तल्लोस्तरको कार्यकर्ता विच संवाद कायम गर्न यस्ता दुवै किसिमका दलहरुलाई ठूलो तैयारी गर्नु पर्ने हुन्छ ।२०१७ सालमा प्रतिपादित दलविहिन राजनीतिलाई त्यसको सुधारको नाममा गर्न खोजिएको एक दलिय सादृष्य व्यवहारले २०४६मा समाप्त पार्यो । २०३२देखि सोह्र बर्ष यो पद्धतिमा काम गरेकाहरु मध्ये केहिे त्यसवेलाको परिवर्तनकारी शक्ति भएका नेपाली कांग्रेस र वाममोर्चामा समाहित भए भने निकै अब के गर्ने भन्ने अन्यौलमा रहे । महापञ्च भनिएकाहरुले आङ्खनो अस्तित्व रक्षाको निमित्त दल खोल्नुपर्ने आवश्यकता देखे । तर महापञ्च हुन वा पञ्च उनिहरु अन्य दलको जस्तो नेताको आदेश आँखा चिम्लेर पालन गर्ने आदत भएका थिएनन् । फलस्वरुप एकै दिन एउटै नामको दुई दल जन्मे राष्ट्रिय प्रजातन्त्र पार्टी (थापा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (चन्द) । तर यी दुई दलले पनि पञ्चहरु समेटन सकेन त्ररु धेरै निराश भए । यस्तो किन भयो भन्ने कुरा दलविहिनताको निमित्त कालकुट सरह भएको गुटका संचालकहरुलाई विवेचन गर्न आवश्यक लागेन । त्यसबेला मात्र हैन अहिलेसम्म पनि लागेको छैन ।
वास्तवमा एक नयाँ आधारको दलको आवश्यकता थियो जो न ‘मासवेस’ होस न ‘क्याडरवेस’ । यो अवधारण आधारित ‘भिजनवेस’ दलको प्रार्दुभावको पदचाप थियो । आङ्खनो अवधारणाको विपरित शिर्ष नेताको जोर नचल्ने अनि कुनै कुराको गुण र दोषको आधारमा समर्थन वा विरोध गर्ने आङ्खनो नैसर्गिक अधिकारको उपयोग । दलको एकिकरण, राजेश्वर देवकोटाको अलग दल निर्माण लगायतका जतिपनि घटना भए त्यो रहेक स्तरको कार्यकर्ताको आङ्खनो यो अधिकार रक्षको निमित्त भएको थियो । कमल थापाले आङ्खनो यहि स्वतन्त्रताको उपयोग गर्दा त्यसवेला उनलाई ‘डुव्न लागेको जहाज छोड्ने मुसा ’ भनेर संवोधित गरियो । नेपाली राजनीतिले एउटा नयाँ शव्द पायो ‘मुसा प्रवृति’ , वास्तवमा यो कमल थापाको ‘मुसा प्रवृति’ थिएन नेतृत्वले धार छोडेर देखाउन लागेको ‘मुसा प्रवृति’को विरोध थियो ।
शुरु राप्रपा नफोड्ने भनेर आरम्भ गरिएको जनशक्ति पार्टी बन्नुमा नेतृत्व मोहले काम गरेको भए पनि साथ दिने धेरै यहि आङ्खनो धारणमा को नजिक छ को टाढा छ भन्ने आधारमा धु्रविकरण भएका थिए । राप्रपा टुटेर बनेको अहिले कमल थापाले नेतृत्व गरेको दल राप्रपा नेपालमा मान्छेहरुको आवद्धता पनि यसै आधारमा रहेको हो । संविधानसभाको पहिलो निर्वाचनमा कमल थापाको क्षमतामा भरोसा गरिएन , तर चार स्थान लिएर पनि आङ्खनो धारणा कायम राख्न गरेको प्रयत्नको केहि पुरस्कार भने दोश्रो निर्वाचनमा पाएकै हो । दुई अलग माउ पार्टीभन्दा तल रहेको राप्रपा नेपाल दुवै माउ पार्टी टाँसिएको अवस्थामा पनि त्यो भन्दा ठूलो नै भयो । राप्रपा नेपाललाई जसको धारणा बोकेको छ उनिहरु न समूह आधारित न कार्यकर्ता आधारित मान्छन , यसलाई धारणा आधारित भएको देख्न चाहान्छन ।
‘एक भोट .....लाई, एक भोट गाईलाई ’ भन्ने नारा मुलुक भर गुञ्जाउनेहरु राप्रपा नेपालका कार्यकर्ता थिएनन । उनिहरुले दुवै भोट गाईलाई नै माग्नु पर्ने थियो र मागे पनि । जनताले भोट नओइर्याएका पनि होईनन । एकै मतपत्रमा एक छाप गाईमा र अर्को छाप अर्कैमा लागेर वदर भएको मत कसको थियो भन्ने बताई रहनु पर्ने कुरा हैन । राप्रपा नेपालका कार्यकर्ताहरु त जनता समक्ष मतदान गर्ने तरिका सिकाउन पनि गएका थिएनन । केहि सुगम जस्ता स्थानमा कर्मकाण्डीरुपले प्रचार निमित्त पुगेका न्यून घटनामात्र छन यस्तोमा पनि मत आउनुले उसले बुझ्नु पर्ने थियो । प्रत्यक्षमा राप्रपा नेपालको उम्मेद्वार भएर अहिले चुपचाप बसेकाहरुले केवल सघाएको हो भन्ने भुलेर आज नेता तथा कार्यकर्तामा आएको घमण्ड र आफुलाई ठूलो बनाउन विनम कुनै आग्रह पुर्वाग्रह लाग्नेहरुलाई भार ठान्नु र नेतृत्वले जे गरे पनि अन्य दलका समर्थकहरुले गरे सरह यहाँ पनि समर्थन गर्नेछन भन्ने सोच आत्मघाती हुन्छ ।
राष्ट्रवादी शक्तिको एकिकरणको नाममा हिजो मुलुकको पिठ्यूँमा छुरा रोप्नेहरुसंगको घाँटी जोडाई आङ्खना समर्थकहरुलाई पाच्य हुन्छ भन्ने सोच्नु नै राप्रपा नेपाल आत्महत्याको प्रयास गर्दैछ भन्ने उदाहरण हो । राष्ट्रवादको धार अन्य कतै कमजोर भएको छैन, बरु बलियो भएको छ । तर राणाजी, थापाकाजी अनि लावती मुखियाहरुको कारणले दलहरुमा भने कमजोर पर्दै गएको कुरा अत्यन्त तितो सत्य छ । न वौद्धिक क्षेत्र, न सामाजिक क्षेत्र, न जनस्तर, राजनैतिक क्षेत्र बाहेक कुनै क्षेत्रमा पनि राष्ट्रवादको भावना कमजोर भएको छैन । राष्ट्रवाद निरन्तर बलियो हुँदैछ । एकछात्र राजगरे जस्तो देखिएको अवस्थामा पनि विपक्षि विचारधारा परास्त हुँदै गएको छ । संविधानसभाको दोश्रो निर्वाचनको लगत्तै पछिदेखि जो लज्जाजनक व्यवहार राष्ट्रवाद बोकेका भनेका राजनैतिक शक्तिहरुले देखाउदैछन त्यसले दिक्क भने पारेको छ । राष्ट्रवादमा व्यक्तिपुजा कहिल्यै पनि हावि हुन सकेन, राष्ट्रवाद वार्तामा च्याँखे थाप्न वर्जित छ । यो कुरा भुलेर गएको अवस्थामा राम्रो हुँदैन भन्ने चेत राणाजी थापाकाजी र लावती मुखियाहरुमा पलाओस । धारणमा आधारित दलले हमेशा धारणा धारकहरुको सहकार्यमा काम गर्नु पर्दछ, दलका सदस्यहरुको मात्र , हेरौ कसले छिटो यो कुरा बुझ्छ ।
विराटनगर १
प्रकाशित मिति २०७१।१२।१२
Nepalese Rupee Exchange Rate