वीरगंज/
सर्वमान्य नेता गणेशमान सिंहको जन्म सताब्दी गणेश मान बलिदान अभियान चैत्र २० गते पर्सा आईपुग्ने कार्यक्रमलाई भव्य रुपमा सम्पन्न गर्न आज नेपाली कांग्रेस पर्साले ठोरीमा वृहत अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । नेपाली कांग्रेस पर्साका सभापति एवं क्षेत्र नं. ३ का सभासद सुरेन्द्र प्रसाद चौधरी, र क्षेत्र नं. १ का सभासद राजेन्द्र बहादुर अमात्यको नेतृत्वमा वीरगंजबाट पुगेको टोलीले ठोरीमा स्थानिय वासिन्दासंग वृहत अन्तरक्रिया गरेको हो । सो अवसरमा स्थानियवासिन्दाहरुको सक्रियतामा स्थानिय मुल समारोह समिति समेत गठन गरिएको छ । नेपाली कांग्रेस क्षेत्र नं. ५ का क्षेत्रिय सभापति रमेश पाण्डेको संयोजकत्वमा स्थानिय मुल समारोह समिति गठन गरिएको छ भने स्वागत समिति, आवास समिति लागायतका समितिहरु समेत गठन गरिएको छ । वैठकमा नेपाली कांग्ेरसका जिल्ला सचिव अशोक जैसवाल, नगरसभापति महम्मद सहाबुद्दिन, नेपाल महिला संघ पर्साकी अध्यक्ष विद्या श्रेष्ठ, नेपाली कांग्रेस जिल्ला सदस्य दिना गुप्ता, प्रेस युनियनका केन्द्रिय पार्षद श्रीराम रायमाझी लगायतका व्यक्तिहरुको सहभागिता रहेको थियो । सो अवसरमा २० गते ठोरीमा नेपाली कांग्रेसले वृहत आम सभा गर्ने कार्यक्रम समेत तय गरिएको छ । नेपाली कांग्रेस केन्द्रिय नीति तथा प्रशिक्षण प्रतिष्ठान द्वारा आयोजित बलिदान अभियानलाई चितवनको माडी हुदै ठोरीमा पुगेर नेपाली कांग्रेस चितवनले पर्सालाई २० गते नै हस्तान्तरण गर्ने कार्यक्रम समेत रहेको पर्सा क्षेत्र नं. १ का सभासद राजेन्द्र बहादुर अमात्यले बताउनु भयो । सो कार्यक्रममा नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलको सहभागिता रहने समेत अमात्यले जानकारी दिनुभयो ।
प्रकाशित मितिः२०७१ चैत्र १२ गते विहीवार