निर्वाचनको कार्यक्रम असफल बनाउन गाविस/वडा सचिवहरु सक्रिय

वीरगंज, ११ चैत्र । निर्वाचन आयोगको निर्देशनबमोजिम जिल्ला निर्वाचन कार्यालय पर्साले जारी गरेको अभियान “फोटो सहितको मतदाता नामावली संकलन तथा अद्यावधिक कार्यक्रम” लाई असफल तुल्याउन पर्सा जिल्लाका विभिन्न गाउँ विकास समिति र वीरगंज उप महानगरपालिकाकाका विभिन्न वडाका सचिवहरू सक्रिय रुपमा लागेको समाचारहरु प्रमाणित हुन थालेको छ ।
जिल्ला निर्वाचन कार्यालय पर्साले गाविस सचिव र वडा समितिका सचिवहरुलार्ई आफू कार्यरत गाविस र वडामा प्रचार प्रसार गरी फोटो सहितको मतदाता नामावलीमा आप्mनो नाम समावेश गराउन बाँकी अर्थात छुटको सूचीमा रहेका नागरिकता प्राप्त हरेक नेपालीलाई गाविस भवन र वडा समितिको कार्यालयमा गएर मतदाता नामावलीमा आप्mनो नाम समावेश गराउन उचित व्यवस्थापन गरिदिन अनुरोध सहितको पत्र पठाएको थियो ।
पत्रसँगै निर्वाचन कार्यालयले कार्यक्रम व्यवस्थापन, प्रचार प्रसारलगायतकालागि गाविस सचिवहरुलाई शुरुमा दुई हजार रुपैयाँ नगद र पछी १ हजार र अद्यावधिक तथा त्रुटी सच्याउने कार्यक्रमकोलागि गरी करिब पाँच हजार रुपैयाँ दिने भएपनि सचिवहरुले ती सबै रकम आफू खुशी व्यक्तिगत रुपमा प्रयोग गरी कुनै पनि प्रचार प्रसार नगरेका कारण गाविसको तुलनामा वीरगंज नगरपालिका क्षेत्रमा संचालित कार्यक्रम असफलप्रायः भएको छ ।
वीरगंजको वडा नं. ९, १०, ११ लगायत ७ वटा वडामा बुधवार संचालित कार्यक्रममा प्रत्येक वडा समिति कार्यालयमा प्रति वडा १० जनाको नाम समावेश गर्न निर्वाचन कार्यालयबाट खटिएका कम्प्युटर अपरेटरहरुलाई धौ–धौ परेको थियो ।
वडा नं. ९ मा १५ जनाले फोटो खिचाए भने वडा नं. १० मा जम्मा ४ जनाले मात्र मतदाता नामावलीमा आप्mनो नाम दर्ता गराए । सबभन्दा त अचम्मको कुरा के भने दुई हजार रुपैयाँलगाएर प्रचार प्रसार गर्दा समेत वडा नं. ११ मा एकजनाले पनि फोटो खिचाउन आएनन् । सो वडामा कोही नआएपछि जिल्ला निर्वाचन कार्यालयबाट खटिएका कम्प्युटर अपरेटर घोक्रिएर बसेका थिए भने वडा समिति कार्यालयका कर्मचारीहरु लुडो खेलेर मनोरन्जन गरिरहेका थिए । विहान १० बजे घरबाट खाना खाएर गएका निर्वाचन कार्यालयका कम्प्युटर अपरेटरलाई सो वडा समिति कार्यालयका सचिवले खाजा वा पानी समेत खुवाएनन् । तर आफूहरु भने कार्यालयमा पान पराग गुट्खा चपाएर बसिरहेका थिए ।
मान्छेनै नआएपछि हामीले कसको फोटो खिच्ने ? निर्वाचन कार्यालयबाट खटिएका एकजना अपरेटरले भने, “विहान १० बजे आएको हामी अहिले तीन बजिसक्दा जम्मा २ जनाले मात्र फोटो खिचाउन आएका छन् ।” यसतो अवस्थामा हामी आफैंले मान्छेको घर घरमा गएर फोटो खिचाउन आउनुस भन्ने कुरै आएन, चारबजेसम्म बस्छौं र फर्किन्छौं ।
यता वडामा फोटो खिच्न निर्वाचन कार्यालयबाट टोली खटिएकोबारे आफूहरुलाई थाहा नभएको र जन्मदर्ता गराउन आउँदा थाहा पाएर फोटो खिच्न लागेको एक जना स्थानीयवासीले यस पत्रिकालाई बताए ।
उता वडासचिवहरु भने आफूले टोलको हरेक गल्ली र घरमा प्रचार प्रसार गराएको दाबी गर्छन, “हामीले हरेक घर र वडाको टोल टोलमा व्यापक प्रचार प्रसार गरेका छौं, कोही फोटो खिचाउन नै नआएपछि मैले के गर्नु ?” वडा सचिवको दाबी र संकलित फोटो सहितको मतदाता नामावलीको रेकर्ड हेर्दा वडा सचिवहरुको प्रचार प्रसार बोलीमा मात्र समिति रहेको प्रष्ट हुन्छ ।
आफूले पाएको पदीय दायित्व र जिम्मेवारी पूरा गर्नुको सट्टा सो कोलागि आउने भत्तामा बढी चासो राख्ने वडा सचिवहरुको कार्यगत शैली यस्तै रहने हो भने भोलीको दिनमा राज्यले लिएको लक्ष्य पूरा गर्ने कसले ? भन्ने चौतर्फि प्रश्न उब्जिरहेको समयमा जवाफ अझै पनि अन्यौल नै छ ।
कार्यक्रम संचालन अवधिभर गाविस÷वडा सचिवहरु कार्यस्थलमै बसेर कार्यक्रम सफल तुल्याउन र व्यवस्थापनकोलागि बस्नुपर्नेमा १ घण्टा बसेर आफू हिंडिदिने र २ घण्टा बसेर पियन हिंडिदिएको कारण निर्वाचन कार्यालयबाट खटिएका कर्मचारीहरु भोक÷प्यासै बस्न परेका गुनासाहरु पनि आएको पाइयो ।
राज्यको ढुकुटीलाई दुहुनो गाई सरह मात्र प्रयोग गर्ने र त्यो गाइलाई चारा पनि नखुआउने सचिवहरुलाई भ्रष्टाचार निवारण निकाय अख्तियार दुरुपयोगको सक्रियताले पनि फरक नपारेकै हो त ? कौतुहलताको विषय बनेको छ ।

प्रकाशित मितिः२०७१ चैत्र १२ गते विहीवार


SHARE THIS

Author:

Facebook Comment