नेपाललाई श्रीलंका बनाउन चाहेका हुन ?

–अर्जुन थापा 
तराईका जिल्लालाई मधेस राज्य बनाउनको लागि मधेसवादी दलका नेताहरुले निकै उदण्डता मचाउँदै आइरहेका छन । उनीहरुले आफुलाई मात्रै सक्षम बलवान र चेतनीशील नागरिक सम्झेर नेपालको भुमिलाई टुक्राउन खोजीरहेका छन । मधेसवादी दलहरुको दलालको रुपमा रहेका एमाओवादी ,काग्रेस  र एमालेका राष्ट्रघाती नेताहरुको कारणले गर्दा नै तराईको भुमिलाई मधेसवादी दलहरुले आफनो प्रभृत्व कायम गर्न खोजेका छन । मधेस आन्दोलनको नाममा नेपाली मुलुकका नागरिकहरुलाई प्रताडित गरेर तराईबाट विस्थापीत गराउन सफल भएकाले मधेसी नेताहरुल े आफुलाई निकै शक्तिशाली र विरयौद्धाको रुपमा आफुलाई चिनाउँदै आइरहेका छन । मधेसवादी दलहरुले विश्वमा  घटेको  घटना र नेपाली विरहरुको इतिहासलाई पढन नसक्दा नै मधेसी नेताहरुले नेपाललाई श्रीलंका बनाउने तरखरमा लागेका छन । आउँदो दिनमा नेपाल श्रीलंका जस्तो हुन पुगेको खण्डमा बल्ल  मधेसी नेताहरुले आफनो गल्त महसुस  गरेको सम्झीन पुग्छन  । मधेसवादी दलका नेतालाई नयाँ संविधानमा मधेस राज्य चाहिएको छ । नेपालमा मधेसी समुदायहरुलाई निकै अपहेलना र शोषण गरिरहेको भन्दै आइरहेका नेताले अहिले भारतीय नेतालाई समम आफनो दुखोसो पोक्न पुगेका छन । मधेसी नेताले भारतीय नेतालाई आफनो माग परा गराउनको लागि नेपाल सरकारलाई दवाव दिएर नेपालमा हिंसा मचाउन खोजेका हुन भन्ने कुरा कसैको सामु लुकेको छेनन । मधेस राज्य र मधेस राष्ट्रको माग गरि  नेपालबाट तराईको भुमिलाई स्वतन्त्र बनाउन चाहेका छन ।  यसमा आफुलाई परिवर्तनकारी शक्तीको रुपमा देखाउने काग्रेस,एमाले र एमाओवादीको पनि साथ रहेकाले नै मधेसी नेताले आफनो मागलाई पुरा गराउनको लागि भारतीय लोकसभाका सांसद पप्पु यादव (राजेश रन्जन )ले संग गुहार माग्न पुगेका छन ।
तराईमा मधेस आन्दोलन गर्दै आएका मातृका यादव नेतृत्वको संयुक्त मधेसी राष्ट्रिय  आन्दोलन समितीको बारेमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सासद पप्पु यादवले लिखीत जानकारी गराएका छन ।    नेपालमा धमेसी उत्पीदनको सम्बन्धमा प्रधानमन्त्री मोदीलाई बुझाएको पत्रमा पहाडी शासकद्वारा मधेस र मधेसी शोषित भएको उल्लेख गर्दै त्यसको समाधानका लागि पहल गनृ प्रधानमन्त्री मोदीलाई आग्रह गरिएको छ । सांसद यादवले मधेसमा आत्मनिर्णयको अधिकारसहित एक मधेस एक स्वायत्त प्रदेश हुनुपर्नर्ै उल्लेख गर्दै नेपाल राज्यको हरेक निकासमा मधेसीको समानुपातिक समाजेशी प्रतिनिधत्वको माग समेत गरेका छन । मधेस हरेक प्रकारले सम्पन्न र आत्मनिभएर थियो तर आज त्यहि पहाडी शासकद्वारा गरिएको बर्बर, उपेक्षा,उत्पीडन,विभेद र दमनका कारण मधेस बर्बाद भइरहेको पत्रमा भनिएको छ । मधेसी विभेदमा  पर्नुको एउटै कारण हो, मधेसीहरु भारतीय जस्तो देखिनु,सांसद यादवले आफनो पत्रमा  मधेसीको रहन सहन भाषा ,संस्कृति ,अनुहार भारतीय जस्तो भएको कारण उनीहरु पछाडी शासकबाट शोषित भएको उल्लेख गरेका छन । मधेसी नेताहरु ले भारतीयसांसदसंग आफनो गुहार मागेर काग्रेस एमाले र एमाओवादीका नेताहरुलाई दवाव दिएर आफनो माग पुरा गराउन खोजेका हुन । भारत सरकारले अब मधेसी नेताहरुको मागलाई पुरा गराउनको लागि नेपाल स।रकारलाई कतिको दवाव दिने हुन, यो चाहि आउँदो दिनले देखाउने छन । मधेसी नेताले भारतीय सांसदसंग जुन सहयोगको उपेक्षा गरेका छन । यो तराईलाई नेपालबाट टुक्राएर स्वतन्त्र मधेस राज्य बनाउने चाहना नै राखेका छन । नेपालको तराई भुमिलाई मधेसी नेताहरुले आफनो विर्ता सम्झैर राखेका छन । उनीहरुले जे गरेता पनि हुने भएका छन । मधेसको नाममा पहाडियाहरुको घर जगा कब्जा गरेर मधेस आन्दोलन सफल भएको देखाउन मधेसी नेताले यति ठुलो आँट  कसरी गर्‍यो ? मधेसी नेताहरुले तराईलाई मधेस राज्य बनाउन खोज्नृुमा  काग्रेस एमाले र एमाओवादीका नेताहरुको कायर मानसिकताबाट नै यो हुन पुगेको छ । तिन दलकामा मधेसी नेताहरुलाई समर्थन गर्नै नेताहरुरहेको छ । तिन दलमा आवद्ध भएता पनि मधेसको मुद्दालाई लिएर उनीहरु आफनै पार्टीको विरोध गर्न पछि परेका छैनन ।
नेपाली काग्रेसका सभासद अमरेश सिंहले  काग्रेसलाई मधेस विरोधी भएको भनेका छन । उनले काग्रेसले मधेसी जनतालाई आफनो अधिकार दिन नचाहेको र मधेसीहरुलाई अधिकार दिएन भने आफनै प्रधानमन्त्री सुशिल कोइरालाको हालतमा पनि लिवियाको गद्दावी जस्तो हुने चेतावनी समेत दिएका थिए । काग्रेसका सभासद र काग्रेसकै विरोधमा आगो ओकलने गरेको अवस्थामा समेत प्रधानमन्त्री कोइरालाले र काग्रेसपार्टीले सभासद सिंहलाई अनुशासन विपरीत हिडेकोमा कारवाही गर्न सकेका छैनन । मधेसी नेताले पनि नेपालको बारेमा बोल्न सफल भएका छन । यो सबै तिन दलका राष्ट्रघाती नेताहरुको कारणले नै हो । उनीहरुले नेपाल भन्दा आफनो राजनीतिक स्वार्थ चाहिएको छ ।आफनो राजनीतिक स्वार्थको लागि मधेसी नेताले जस्तो सुकै विखण्डनवादी सोच लिएर राजनीतिक गर्न सफल भएता पनि मौन भएर बसिरहेकाले नै अहिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसम्म आफनो माग पुरा गराउन दवावको स्थिती सृजना गर्न खोजेका छन । मधेसी नेताले यस्तै प्रकारको निती लिएर गइरहेमा एक दिन नेपालमा हुने दंगालाई कसैले पनि रोकन सक्दैन । मधेसी नेताहरुको दलाल पहाडी नेताहरुमात्रै रहेका छन । नेपाली जनताहरु रहेको छैनन । नेपाली जनताहरुले आफनो भुमि टुक्रीन लाग्दा हात बाँधेर बस्न सक्दैन । त्यसबेला जस्तो सुर्कै पनि लडाई लडन नेपालीहरु तयार हुनेछन भनेर मधेसी नेता र पहाडिया नेताहरुले समयमा नै बुझन सक्नु पर्छ । मधेसी नेताहरुले नेपाललाई पनि श्रीलंका जस्तो बनाउन खोजेका छन  भने यो उनीहरुको लागि सबै भन्दा ठुलो भुल नै हुनेछन । श्रीलंकामा जातियताको आधारमा राज्य  मागेका थिए ।तर श्रीलंका सरकारले तालिम जातिहरुलाई राज्य दिएन । टाइगर्स लिवरेशन फ्रन्टका नेता  प्रभाकरलाई पक्राउ गरि उनको टाउँमा  गोली हानी हत्या गरेका थिए भने सिंहालीहरुले आफनो भुमी  टुक्राउन खोज्ने  तामिलहरुको विरोधमा हतियार लिएर लडेका  थिए । नेपाललाई श्रीलका नै बनाउन मधेसी नेताले भारतको सहयोग खोजेका हुन । नेपाल अहिले श्रीलंकामा भएको तालिम विद्रोह जस्तो हुने अवस्थामामा पुगेका छन । मधेसी नेताले नेपाललाई श्रींलंका नै बनाउने सोचमा लागेका छन भने अब त्यो दिन पनि नेपालीहरुले हेर्न बाँकी रहेको छ ।
– अविचल साप्ताहिक

SHARE THIS

Author:

Facebook Comment