राष्ट्रियता जोगाउनको लागि जस्तो सुकै पनि बलिदान दिन तयार छु–अध्यक्ष थापा

- अशोकमान श्रेष्ठ
नेपाललाई टुक्रा टुक्रा पारेर नेपालको राष्ट्रियतालाई समाप्त पार्न जुन खेल भइरहेका छन । त्यसलाई अब क्षेत्री जातिहरु चुप लागेर न बस्ने क्षेत्री समाज नेपालका अध्यक्ष प्रा( डा. चन्द्रबहादुर थापाले दलहरुलाई चेतावनी दिनु भएको छ । नेपाल एक ढिक्का रहेको छ र आउँदो दिनमा पनि नेपाल एक भएर नेपालीहरु रहने छन भन्ने विश्वास आम जनताहरुलाई दिलाउनु भयो । नेपालीहरुलाई अल्पसंख्यामा पारेर नेपालीहरुको नै अस्तित्व समाप्त पार्न खोजेकाले आफु अब देश र जनताको लागि लडन जस्तो सुकै पनि बलिदान र त्याग गर्न पछि नपर्नैे र आइपरेको खण्डमा क्षेत्रीहरुले पुन हतियार उठाएर देशको रक्षाको लागि लडन तयार भएको छ । क्षेत्रिहरुलाई राष्ट्र विखण्डन.गनै शक्तिहरुले कमजोर न सम्झन बताए रिपोर्टस क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै समाजका अध्यक्ष थापाले अन्तरिम संविधानले क्षत्रि समुदायलाई जिउँदो मारेको आरोप लगाउँदै अब बन्ने संविधानमा आदिवासीमा सूचीकृत नगरेर पणिाम नराम्रो हुने चेतावनी दिए ।
समाजका अध्यक्ष डा. चन्द्रबहादुर थापाले अहिले पनि उक्त मागहरु पुरा गराउन आन्दोलनमै रहेको बताउँदै नयाँ संविधानमा मागहरु समेटिनुपर्छ । २०६३ सालमा जारी गरिएको अन्तरिम संविधानले क्षेत्रिलाई क्षेत्रिहरुको हक अधिकार खोसिएकाले आफु चुप लागेर नबस्ने क्षेत्रीहरुको अधिकारको लागि जस्तो सुकै पनि बेला बलिदान दिन तयार भएको बताए । उनले संघीयताका आधार जाती भाषा र धर्म नभएर भूगोललाई बनाउनुपर्नै र प्रदेशको नामाकरण गर्दौ नदीनाला तथा हिमश्रृङखलाबाट गरिनुपर्ने,पाँच विकास क्षेत्रलाई नै संघीय राज्य बनाउनुपर्नै लगायतका ६ बुँदे मागहरु अघि सारेको छ । उहाँले आईएलओ १६९ मा गरिएको परिभाषा अनुसार नै आदिवासी जातिमा खस क्षेत्रिलाई समावेश गर्नुपर्छ । तर अहिले सम्म त्यो हुन सकिरहेको छैन । क्षेत्रि जातिलाई आदिवासीमा सूचकिृत गरिन्दा अन्य जातिको अधिकार खोस्न नहुने । समाजले आफुहरुले अघि सारेको मागहरु सरकारले सम्बोधन नगरे बाध्य भएर ४४ लाख खसक्षेत्रिहरु सशक्त आन्दोलनमा उत्रने चेतावनी दिनुभयो । उनले नेपालमा जहिले पनि राष्ट्रियताको सवालमा खतरा आएको छ ।तब तब क्षेत्रिहरुले राष्ट्रियता जोगाउनको लागि आफनो रगत बगाएका छन । नेपालमा अहिले पनि क्षेत्रीहरुले राष्ट्र कमजोर पार्नै जोसुकै पनि विरुद्धमा आफनो लडाई लडन तयार भएर बसेका बताए ।
क्षेत्रि समाजका अध्यक्ष थापाले जुन साहस र आँट गरेर नेपाली जनताहरुको समर्थन पाउन सफल हुनु भएको छ । त्यसलाई कुनै पनि नेपालीहरुले विर्सन सक्दैन । नेपाललाई टुक्राउनको लागि जुन प्रयास दलहरुले गरिरहेका छन । ित्यसको विरोधमा उत्रन क्षेत्रिहरुलाई आहवान गर्नु भएकाले देशभरिका क्षेत्रीहरु अब समाजका अध्यक्ष थापाको नेतृत्वमा गोलबन्द भएर अगाडी बढने छन । क्षेत्रिहरुको हक अधिकारलाई लिएर छाडने छन । क्षेत्रिहरुको चेतावनीलाई दलहरुले वेवास्ता गरेर नयाँ संविधान निर्माण गरियो भने त्यहि दिन क्षेत्रिहरुले नयाँ संविधान जलाएर खरानी बनाएर खरानीको टिका लगाएर दलहरुलाई डाडा कटाउन सफल हुनेछ भनेर दलका नेताहरुले बुझी राखे हुन्छ । क्षेत्रिहरुले नेपालको राष्ट्रियताको लागि धेरै रगत बगाएका छन । अहिले पनि बगाउनको लागि नै ४४ लाख क्षेत्रिहरुलाई गोलबन्द गरि अध्यक्ष थापा अगाडी आउनु भएको छ । उहाँलाई आफनो व्यक्तिगत स्वार्थ केही छैनन । मुलुकको स्वार्थ रहेकोले अहिले आफनो दायित्वपूरा गर्न लागि परिरहनु भएको छ । क्षेत्रिहरुलाई अधिकार नदिएर राख्ने जुन सोच दलका नेताहरुले बनाएका थिए । अब क्षेत्रि समाजले नेताहरुलाई आफनो शक्तिको प्रदर्शनबाट नै आफनो अधिकार लिन पछि पर्नै छैन भनेर यो चेतावनी दिएका हुन ।
नेपालमा जति क्षेत्रिहरुको त्याग बलिदान रहेको छ । अरु जातिहरुको रहेको छैन । नेपालको राष्ट्रियतालाई बलियो बनाउनको लागि क्षेत्रिहरुको पुर्खाले धेरै रगत बगाएका छन । अब राष्ट्र जोगाउनको लागि क्षेत्रीहरुेले त्यस्तै रगत बगाउन तयार भएर अगाडी बढन लागेका छन । क्षेत्रि समाजले मुलुकको लागि लडन तयार भएर अगाडी बढन लागेकोले देशभरिका क्षेत्रिहरु एक भएर समाजले राखेको मागलाई पुरा गराउनको लागि कम्मर कसेर लाग्नुृ पनै बेला भएको छ । आफनो हक अधिकार मागेर होइन लडेर मात्रै प्राप्त हुने भएकाले अबको लडाई आफनो हक अधिकारको लागि भएकोले जस्तो सुकै पनि कठिन अवस्थामा पनि जुर्मराएर लाग्ने पनै बेला भएको छ ।अध्यक्ष थापाले मुलुकको लागि केही गर्ने भन्ने साहसीलो विचार लिएर  क्षेत्रिहरुको विचमा पूग्न थाल्नु भएकोले उहाँले लिएको नितीलाई सफल पार्न क्षेत्रीहरु अब चुप लागेर बस्ने बेला भएको छैनन । देशका कुनै पनि जिल्ला, शहरमा छरिएर बसेका क्षेत्रिहरु अध्यक्ष थापाको नेतृत्वमा अगाडी आउनु पर्ने बेला भएको छ । –अविचल साप्ताहिकबाट

SHARE THIS

Author:

Facebook Comment