सरकारी जागीर खाने सरकारी कर्मचारी लाइ कालो कोट वाला भनेर चिनीए पनि वास्तबीक कालो कोटको पहीचान त्यसले बोकेको हुन्छ जो अन्यायमा पर्ने हरुको लागी न्याय दीलाउन सक्छ । अर्थात वकील , न्यायधीस जस्ता मुलुक भित्र रहेका अभीन्न पद बहाली गर्ने ब्यक्तीलाइ कालो कोट वाला भनेर सर्वसाधारण ले सजीलै चिन्ने गर्दछन् । छरछीमेक टोल ,गाँउ घर देखी देश देश बिचको को झगडा वा मुद्धा मामीला समेत यिनै कालो कोटे ले हेर्ने गर्दछन् । घटनाको प्रकार हेरी न्याय अन्याय छुट्ट्याइ अन्यायमा पर्नेलाइ न्याय दिने र अन्याय गर्नेलाइ सजाय दिने सम्म अधिकार यिनिहरुलाइनै हुने गर्दछ । त्यती मात्र नभै यिनिहरुलाइ राज्यले इज्यत , मान , प्रतीष्ठान समेत दिएको हुन्छ । राज्य मा बनेको कानुन वा संबिधान मा बाँधिएर देश र जनताको पक्षमा स्वोतन्त्र फैसला गर्ने सपथ खाएर त्यो ओहोदा सम्हालेका न्यायधीस वा वोकील हरुले यदि गल्ती गर्छ भने आफ्नै छोरा , बाबु , आमा अर्थाता अत्यन्तै नजीक को नाता छन भने पनि कानुनको दायरामा ल्याएर कार्वाहीको भागीदार गराउदछन् । त्यसैले पनि यी सरकारी ओहोदाको राज्य तथा जनताले उच्च सम्मान गर्ने गरेका हुन्छन् ।
हाल नेपालमा दिनप्रतिदिन बलात्कार , हत्या , अपहरण जस्ता गम्भीर अपराधका घटनाहरु दिन प्रतिदिन तिब्र बन्दै गइरहेको छ । मुलुकमा बढ्दै गैरहेको यस्ता क्रुर अपराध का घटना हरुका कारण दिनप्रतिदीन जनताहरु असुरक्षीत बन्दै गैरहेका छन् । पछिल्लो समयमा अबोधबालीका बलात्कार, आफ्नै बाबुबाट छोरीको बलात्कार , सामुहीक बलात्कार जस्ता जघन्य अपराध हरु निक्कै नै बढ्दै गैरहेको छ । भन्न त बलात्कारका घटनाहरुमा केटी पक्षको पनि दोष हुन्छ भन्ने गरिन्छ तर यदि त्यसो हो भने अबोध बालीका बलात्कृत हुनुमा दोषी को हो त ? सामुहीक बलात्कार पछि हत्या गरिनुमा बलात्कार को हो त ? हो यस्ता अपराध सम्बन्धी राज्यका कानुनी मालीक अर्थात कालो कोटे हरुले स्वतन्त्र रुपमा पिडीत लाइ न्याय दिन सक्नु पर्दछ । मुलुकमा केही महिना अगाडी घटेको बस भित्रै गरिएको सामुहिक बलात्कार , हाट बजार गयर फर्कदा गरिएको सामुहीक बलात्कार जस्ता अमानबिय घटना सेलाउन नपाउदै भर्खरै मात्र बारा जील्ला को कलैया नगर पालीका भित्रै अबोध बालीका माथि क्रुरतापुर्वक बलात्कारको घटना भयको छ र हिजो मात्र लमजुंग मा त्यस्तै अबोध बालीका माथि त्यस्तै बलात्कार को घटना भयको छ । यो घटनाले बिभीन्न पत्रपत्रीका तथा समाजीक सञ्जालमा निक्कै चर्चा पाइरहेको छ । तर पिडीतले राज्यबाट कुनै कीसीमको न्याय पाउन सकिरहेका छैनन् । यस्ता असामान्य र डरलाग्दा घटनाको कारण आज नेपाल र नेपालीको समाज टुहुरो र बिबस बन्दै गैरहेको छ । आफ्नै आमाको काखमा समेत सन्तान हरु सुरक्षीत हुन छोडिसकेका छन् । स्वतन्त्र पुर्वक बाँच्न पाउने नैर्सगिँक अधिकार बाट समेत नगरीक हरु बञ्चीत बन्दै गैरहेका छन् । यस्ता अपराधिलाइ कानुनी कठघरामा उभ्याउने र कानुन बमोजीमको सजाय दिएर पीडीत हरुलाइ राहत दिने कानुनी दाइत्व सरकारको र तिनै कालोकोटे हरूको हो । तर नेपालमा भने अपराधीले सजाय पाउनुको साटो सम्मान पाउने गर्दछ । यस्ता घटना नेपालमा अधिकांस घटने गरेका छन् । जनमानसबाट ब्यापक दबाब को लागी धर्ना जुलुस हुँदा सम्म पनि अपराधीले संरक्षण नै पाउने गरेको छ । त्यस्ता ब्यक्तीहरुला राज्यकै राजनितीक दल हरु संरक्षण दिने गरेका छन् । पार्टिको बिस्वासीला कार्यकर्ता को बील्ला तिनै अपराधी हरु ले पाउने गरेका छन । केही गरि जनमानसको दबाब वा कुनै कारण बस अपराधीले सजाय पाउने भय पनि नेपाल सरकार संग अपराधीले अपराध अनुसारको पाउनु पर्ने सजाय समेतको ब्यबस्था छैन । सरकारको फीतलो कानुन को कारणले पनि मुलुकमा यस्ता जघन्य अपराधका घटनाहरु दिनप्रतिदिन बढ्दै गैरहेका हुन ।
अन्यायमा पर्ने नागरीकलाइ न्याय दिलाउनको लागी राखिएका नेपालका न्याय पालीका हरुसमेत राजनीतीक चपेटामा परि रहेका छन । स्वतन्त्र रुपले काम गर्ने बातावरण बन्न नसक्दा कानुन मालीक हरुले जनतालाइ स्वतन्त्र पुर्वक न्याय दिन सकेको छैन । मुलुक भित्र रहेको न्याय पालीका भनेको मुलुक चलाउने प्रमुख अगँ भित्र पर्दछ भने उनीहरुलाइ राजनीतीक दलले वा ब्यक्तीले अंकुश लगाउछ भने कसरु जनताले शान्ती पाँउलान र ? अपराधीले जस्तो सुकै गंम्भीर अपराध गरेपनि संम्बन्धित निकाय ले कानुन बमोजीम कार्वाही गर्न सक्दैन भने राज्य नै एक अपांग साबित हुन जान्छ ।अनि अपांग मुलुक भित्र रहने हामी जनता हरु कुपोषण युक्त जीवन यापन गर्न बाध्य हुनु पर्दछ ।
बहुदल आए पछि जनता स्वतन्त्र हुने छन , अधीकार सम्पन्न हुनेछन भन्ने झुटा आश्ळासनमा लागेर जनताहरुले आफ्नो ज्यानको आहुती दिएर बहुदलीय ब्यबस्था को हाबि गराएका हुन । मुलुकमा सवतन्त्र त आयो तर गरीब नीमुखा को लागी हैन पंहुच वाला र अपराध गर्नेको लागी मात्र स्वतन्त्रता आएको रहेछ । गरीब जनताको लागी भेदभाव पुर्ण निती नियम को हावी भयको रहेछ । सर्वसाधारण लाइ अन्याय परेर कानुनको ढोका ढक्ढक्याउदा समेत पैसा र शक्तीको आडमा अपराधीकै पक्षमा फैसला हुने गर्दछन । त्यसको प्रभाव भने सर्वसाधारणमा मज्जैले परिरहेको छ । याँहा अपराधीले सँजाय पाउनुको साटो पिडीत ले नै सँजाय भोग्न बाध्य हुनुपर्दछ । समाजीक तिरस्कार , अपहेलना , राज्य बाट गरिने अन्याय पुर्ण ब्यबहार जस्ताको कारण बाट पिडीत माथी झनै पिडा थपिने गरेको छ ।
कतिपय कालो कोटे हरु निडर , कर्मठ र इमान्दार नभयका पनि होइनन् । त्यस्ता ब्यक्ती पनि नेपाल न्याय पालीकाभित्र प्रशस्तै छन , पुलीस प्रशासनमा समेत छन् । तर त्यस्ता ब्यक्ती हरुको राज्यले कदर र सम्मान गर्दैन । ति निकाय समेत राजनीतीक शिकार बन्न पुग्दछन। त्यसैले पनि स्वतन्त्र पुर्वक न्यायको महसुस जनतालामा न्याय दिलाउन सकिरहेको छैन । देशमा कानुन छ , अपराध गर्ने लाइ अपराध अनुसारको कार्वाही पनि गर्न सक्छ तर याँहा त्यस्तो हुन सक्दैन किनकी मुलुको न्याय पलिका नै राजनीतीक लगाममा बाँधीएको छ । यस्ता पक्षबाट न्या पालीका जब सम्म स्वतन्त्र हुन सक्दैनन तब सम्म जनता कहील्यै सुरक्षीत रहन सक्दैनन ।
प्रकाशित मितिः२०७१ चैत्र ५ गते विहीवार