पोसकान्त पोखरेल
बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको टिकुलीगढमा अवस्थित श्री टिकुलीगढ उच्च माध्यमिक विद्यालयले आफ्नो स्थापनाकालको ५३ औं वार्षिकउत्सव तथा अभिवाभक दिवस समारोह २०७१ सम्पन्न गरेको छ ।
५३ औं वार्षिक उत्सवको अवसरमा एक हप्ता लामो खेलकुद लगायत विभिन्न बौद्धिक कार्यक्रमहरु गरेको विद्यालयले हिजो बुधवार अन्तिम दिन विभिन्न औपचारिक कार्यक्रमहरु सहित सम्पन्न गरेको हो ।
विद्यालयले सो अवसरमा विद्यालय द्वारा खेलाईएका विभिन्न खेलकुदहरुमा उत्कृष्ट हुन सफल विद्यार्थी, २०७० सालको एसएलसी परीक्षामा उत्कृष्ट ंअंंक ल्याई विद्यालयको नाम रोशन गर्ने विद्यार्थी, कक्षा स्तरोन्ती हुँदा उत्कृष्ट भएका विद्यार्थी लगायत हरेक क्षेत्रमा उत्कृष्ट हुन सफल विद्यार्थीहरुलाई पुरस्कार वितरण तथा सम्मान कार्यक्रम गरी सम्पन्न गरेको छ ।
विहान ११ बजे बाट सुरु भएको उक्त कार्यक्रममा १६ पृष्ठ लामो वार्षिक शैक्षिक प्रतिवेदन प्रस्तुत गर्ने क्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक गोविन्द काराखेतीले विद्यालयको प्रगतिको लागि शिक्षक, विद्या
र्थी, अभिभावक लगायत सबै पक्षको समान भूमिका रहने हुँदा सबैले आ–आफ्नो स्थानबाट सक्दो सहयोग गर्नु पर्ने र सबैले विद्यालयमा गुणस्तरिय शिक्षा प्रदान गर्न सबै एक चित्त भएर लाग्नु पर्ने बताए । उनले विद्यार्थीहरु भनेका हाम्रै छोराछोरी हुन आजको हाम्रो सानो मेहनतले तिनीहरुको जिवन स्तर उकास्न महत्वपूर्ण भूमिका निर्वाह हुने हुँदा सबै आफ्ना छोराछोरीको पढाईमा विशेष ध्यान दिनु पर्ने बताए ।
त्यस्तै कार्यक्रम बोल्दै प्रमुख अतिथी जिल्ला शिक्षा अधिकारी टेकबहादुर थापाले विद्यालयले यस क्षेत्रमा शैक्षिक विकासमा पु¥याएको योगदान विशिष्ठ रहेको बताउँदै विद्यालयको शैक्षिक गुणस्तरमा अझ बृद्धि गर्न शिक्षक, विद्यार्थी, अभिभावक लगायत सबैले हातमा हात राखेर चल्नु पर्ने कुरामा जोड दिए ।
विभिन्न विद्यालयका प्राधानाध्यापक तथा शिक्षकहरु, अभिभावक, शिक्षक, विद्यार्थीहरु, स्थानिय बुद्धिजीवि, राजनीतिज्ञ, समाजसेवी, पत्रकार, सुरक्षाकर्मी लगायत विभिन्न क्षेत्रमा विशिष्ठ योगदान पु¥याउने व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।
५३ औं वार्षिक उत्सव कार्यक्रममा विद्यालयका पूर्व प्राधानाध्यापक रामराज पोखरेलको स्वागत मन्तव्य तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवी चरण केवटको सपापतित्व, रुपन्देही जिल्ला शिक्षा अधिकारी टेक बहादुर थापाको प्रमुख आतिथ्य र शिक्षक संकर पाण्डेको कार्यक्रम सञ्चालन रहेको थियो ।