क्राइमचेक प्रतिनिधि/वीरगंज/पर्सा जिल्लाको तुलसीवर्वा गाविसले खुल्ला स्थानमा दिशा गर्नेलाई कडा कार्वाही गर्ने निर्णय गरेको छ ।
तुलसीवर्वाका स्थानीयवासीलाई सचेत गराउदै गाविसलाई खुला दिसामुक्त बनाउने अभियानमा जुटेको तुलसीवर्वा गाविसको कार्यालयले कडा निर्णयका कारण अहिले सर्वत्र चर्चा पाएको छ । स्थानीय अगुवा खुला दिसामुक्त अभियानमा जुटे पनि गाउँ समाजका केही व्यक्ति अझै पनि खुला स्थानमा नै दिसा गर्ने हो कि भन्ने आशङका कारण गाविसको निर्णयबाटै खुला स्थानमा दिसा गर्नेलाई दण्डित गर्ने भएको छ । गाविसमा सम्पन्न भएको सर्वदलीय बैठकले नै खुला ठाउँमा दिसा गर्नेलाई पाँच हजार एक सय जरिवाना गर्ने निर्णय भएको गाविसका सचिव पारश प्रसाद कुर्मीले बताउनुभयो ।
प्रकाशित मितिः२०७१ माघ २९ गते बिहीवार
Nepalese Rupee Exchange Rate