सरकारको निर्णय विरुद्ध कलैया बजार ठप्प

क्राइमचेक प्रतिनिधि/
बारा/सरकारले बाराको २१ वटा गाबिसहरुको केन्द्र सिमरा तोकेको बिरोधमा उद्योग वाणिज्य संघ कलैयाद्वारा बुधबार घोषणा गरिएको आमहडतालको कारण कलैया बजार पूर्णतय ठप्प भएको छ ।
वारा उद्योग वाणिज्य संघ कलैयाले घोषणा गरेको आमहडतालका कारण सदरमुकाम कलैयामा आवत जावत गर्ने सार्वजनिक सवारी साधन, शैक्षिक संस्था, उद्योग कलकारखाना सबै ठप्प भयो । कलैया सदरमुकाम बचाउ संघर्ष समितिका संयोजक विनोद साहको नेतृत्वमा बुधबार कलैयामा आमहड्तालको घोषणा गरिएको थियो ।
संघर्ष समितिमा बारा उद्योग बाणिज्य संघ नेतृत्वमा लेखापढी ब्यवसायी संघ र तरकारी तथा फलफुल खुद्रा व्यवसायी संघको संयुक्त सहभागिता रहेको थियो । बन्दको क्रममा संघर्ष समितिले बुधबार विहानैदेखि कलैयाका विभिन्न स्थानमा प्रदर्शन गरेको थियो । प्रदर्शनकारीहरुले सिमरामा सेवा केन्द्र तोकेकोमा विरोध जनाउदै युवा तथा खेलकुद मन्त्री पुरुषोतम पौडेलको पुत्ला समेत दहन गरेका छन् । सिमरालाई केन्द्र बनाउने निर्णय तत्काल फिर्ता गर्न मांग गर्दै निकालिएको बिरोध र्‍याली नगरको विभिन्न भाग परिक्रमा गरि जिल्ला प्रशासन कार्यालय अगाडी पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै पुर्व सभासद प्रमोद गुप्ता, नेपाली कांग्रेंसका जिल्ला सदस्य एवं तरुण दलका वारा अध्यक्ष लुकेश सिंह, फोरम नेपालका रामकिशोर यादव, उद्योग वाणिज्य संका रामआषिस साह लगायतकाले सरकारले गरेको निर्णय सच्याउन माग गरेका थिए ।

प्रकाशित मितिः२०७१ माघ २९ गते विहीवार

SHARE THIS

Author:

Facebook Comment