काठमाडौं/राष्ट्रपति डा. रामवरण यादवले मुलुकमा व्याप्त भ्रष्टाचार नियन्त्रणका लागि अख्तियारले गरेको प्रयासप्रति जनतामा आशा जागेको भन्दै जनताको आशालाई निराशामा नबदल्न आग्रह गरेका छन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २४ औं स्थापना दिवस कार्यक्रममा बुधबार राष्ट्रपति यादवले भ्रष्टाचारीलाई समाउने नाममा व्यक्तिको मानवअधिकार र मौलिक हक हनन् हुन्छ कि भन्नेतर्फ सर्तक रहन आग्रह गरे ।
उनले “अख्तियारमा भ्रष्टाचारका मुद्दा बढेकै आधारमा सफलता प्राप्त भयो भन्नुको साटो अनुसन्धान र कारबाहीका क्रममा अदालतबाट दोषी ठहर भएकाहरुको सूचीलाई सफलता मान्न” अख्तियारलाई आग्रह गरे । राष्ट्रपति यादवले पछिल्ला दिनमा राजनीतिक दलहरु सहमतिको गर्नुको साटो अराजनीतिक तरिकाले आरोप–प्रत्यारोपमा उत्रनु दु:खद भएको बताए ।
विगतमा प्राप्त जनमतलाई मध्यनजर गरी सहमति गर्न र त्यसका लागि लचकता अपनाउन उनले सबै दललाई आग्रह पनि गरे । दलहरुबीच सहमतिको बिन्दूनजिकै रहेको भन्दै उनले तत्काल सहमति गर्न र राजनीतिक संक्रमणलाई अन्त्य गरी मुलुकलाई शान्ति र सुशासनको बाटोमा अघि बढाउन आग्रह गरे ।
प्रकाशित मितिः२०७१ माघ २९ गते बिहीवार
Nepalese Rupee Exchange Rate